ट्रेंडिंग:

>> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने !
टुडे वार्ता

‘मतदाताले जिल्ला नफर्केने विगतलाई सम्झाएका छन्’

३० कार्तिक २०७९, बुधबार
३० कार्तिक २०७९, बुधबार

मोफसलबाट उदाएका राजनीतिज्ञ हुन अमरसिंह पुन । नेपाली काँग्रेसको क्षेत्रीय सचिव पदमा निर्वाचित भएर काँग्रेसको औपचारिक जिम्मेवारीको सुरुवात गरेका पुन नेपाली कांग्रेसको ११ औँ राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए । उनी २०६२ सालमा भएको नेपाली कांग्रेस रोल्पाको ११ औं जिल्ला अधिवेशनवाट कोषाध्यक्ष र २०७२ सालमा सम्पन्न १३ औं जिल्ला अधिवेशनबाट सभापति निर्वाचित भएका थिए । २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा सदस्य निर्वाचनमा संविधान सभा सदस्यमा निर्वाचित भएका पुन कोईराला परिवारसँग निकट मानिन्थे । संविधान निर्माणको क्रममा संविधान सभा सार्वजानिक सुनुवाई विशेष समितिको सदस्य तथा प्रतिनिधि सभा विकास समितिको सदस्य भएर पनि काम गरेका थिए । हाल उनी लुम्विनी प्रदेशको नेपाली काँग्रेसको सभापति छन । २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उर्जा जलश्रोत तथा सिंचाई राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका पुन सधै नेतृत्वको प्रतिपक्ष भूमिकामा रहने नेताको रुपमा चिनिन्छन् । प्रस्तुत छः अमरसिंह पुनसंग गरिएको कुराकानीको सारसंक्षेप ।

तपाईको उम्मेदवारी के का लागि ?

रोल्पाली जनताको प्रतिनिधि भएर लुम्विनी प्रदेश सभामा प्रवेश गरेसँगै यहाँका जनताको आर्थिक र सामाजिक परिवर्तन गर्नु मेरो मुख्य मिसन हुने छ । यसका लागि रोजगारीका अवसर सिर्जना गर्ने क्रियाकलाप मेरो प्राथमिकतामा पर्नेछन् ।

रोल्पाको प्रतिनिधि हुनुका साथै नेपाली काँग्रेस लुम्विनी प्रदेशको समेत जिम्मेवारीमा रहेका कारण मैले समग्र लुम्विनी प्रदेशको विकास र समृद्धिका लागि पनि धेरै काम गर्नु पर्ने हुन्छ । लुम्विनी प्रदेश सभामा जनमुखी कानून निर्माणका साथै यहाँका जनताको शिक्षा, स्वास्थ्य, भौतिक विकास, रोजगारी लगायतका क्षेत्रमा परिवर्तन गर्न मैले उम्मेदवारी दिएको हँु । भगवान गौतम वुद्धको जन्मभूमी लुम्विनीलाई थप उचाईमा पु¥याउँदै यहाँको विकास र समृद्धिलाई विश्वसामु चिनाउन मैले आधार तयार गर्ने छु । आर्थिक, सामाजिक, सांस्कृतिक, मानवीय तथा वातावरणीय विकासलाई सन्तुलित ढंगले विकास गर्दै लुम्विनी प्रदेशलाई देशका अन्य विकसित प्रदेशको समकक्षमा पु¥याउने मेरो लक्ष्य हो ।

मतदाताले तपाईलाई के प्रश्न गरिरहेका छन ?

मतदाताले म संग केही प्रश्न, केही गुनासा, केही भोगाइ र केही सुझावहरु दिईरहेका छन् । प्रश्नको रुपमा पछाडी पारिएको रोल्पा कहिले विकास हुन्छ । राजनैतिक अस्थिरताको वाधक को हो जस्ता प्रश्न गरिरहेका छन् । मतदाताले गर्ने कतिपय प्रश्न राष्ट्रिय राजनीतिसँग पनि जोडिएका हुन्छन् त कतिपय सम्वन्धित क्षेत्र र कतिपय जिल्ला स्तरका हुन्छन् । गुनासाको रुपमा जितेर जिल्ला नफर्केने विगतलाई सम्झाई रहेका छन् । भोगाईको रुपमा सशस्त्र युद्धको दश वर्ष दुःख कष्ट भोगेका उनीहरु अव मेलमिलाप गरेर विकासलाई मुल मुद्दा बनाएर अघि बढ्न सुझाव दिने गर्दछन् । प्रजातान्त्रिक पार्टीको ईमान्दार सिपाही हुनुको नाताले मैले जनताका ती प्रश्न, गुनासा, भोगाइ र सुझावहरुलाई संवेदनशील भएर टिपोट गरेको छु । मतदाताका ती प्रश्न र गुनासाहरु म प्रदेश सभा सदस्य भएपछि कार्यान्वयन गर्ने सम्पत्ति हुन भन्ने महसुस भएको छ ।

चुनाव जित्न त व्यापक रुपमा जनतालाई आकर्षित गर्ने एजेण्डा चाहिएला नि ? त्यस्तो के छ तपाई संग ?

एजेण्डाबिना निर्वाचनमा जाने त कुरै भएन । नेपाली काँग्रेस यो देशको विकास र समृद्धिको नेता पार्टी हो । विकासप्रेमी यसका नेता कार्यकर्ताको भिजन र जनताको सुझाव सल्लाहका आधारमा हामीले चूनावी प्रतिवद्धता पत्र तयार गरेका छौ । नेपाली काँग्रेस केन्द्र र लुम्विनी प्रदेशले प्रतिवद्धता पत्र सार्वजनिक गरिसकेको छ । रोल्पा जिल्लाको हकमा लोकतान्त्रिक वाम गठवन्धनमा आवद्ध दलको तर्फबाट प्रतिवद्धता पत्र सार्वजनिक गरेका छौ । काँग्रेस केन्द्र, लुम्विनी प्रदेश र लोकतान्त्रिक वाम गठवन्धन रोल्पाले जारी गरेको प्रतिवद्धता पत्रमा उल्लेख गरिएका कुरा हाम्रा योजना र प्रतिवद्धता हुन । लोकतान्त्रिक वाम गठवन्धनले जारी गरेको सार्वजनिक प्रतिवद्धता पत्रमा रोल्पाको समग्र विकासको कुरा गरेका छौ । ५ वर्ष भित्र गर्न सकिने काम, त्यसपछिको लागि आधार तयार गर्ने योजना समावेश गरेर सुखी रोल्पाली समृद्ध रोल्पा बनाउने कार्यक्रम सहित जनतालाई आकर्षण गर्ने योजनाहरु मतदाता समक्ष ल्याएका छौ । पुरा गर्न नसकिने सपना हैन पुरा गरिने योजनाहरु जनता समक्ष ल्याएका कारण हामी प्रति मतदाताको व्यापक आकर्षण समेत बढिरहेको छ ।

पानी, खानी, पर्यटन, वनपैदावर र कृषिले रोल्पालाई समृद्ध बनाउन सकिन्छ भन्ने हाम्रो पूर्ण विश्वास छ । रोजगारीको अभावमा विदेश जान वाध्य नौजवानहरुलाई स्वदेशमै रोजगारीको सिर्जना गर्न माथि मैले उल्लेख गरेका क्षेत्रको विकास गर्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?