ट्रेंडिंग:

>> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी

भूमि फिर्ता चुनावी एजेण्डा मात्रै नबनोस्

२८ कार्तिक २०७९, सोमबार
२८ कार्तिक २०७९, सोमबार

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको क्रममा विभिन्न राजनैतिक दलहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई निर्वाचन जित्ने आधारका रुपमा प्रस्तुत गर्दै ती भू–भाग फिर्ता गर्ने प्रतिवद्धता गरेका छन । दलहरुका प्रतिवद्धतापत्रमा ती कुरालाई महत्वका साथ प्रस्तुत गरिएको छ । भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भू–भागलाई भारतीय नक्सामा राखेर नक्सा सार्वजनिक गरेपछिको त्यसयताका करिव चार बर्षको बीचमा यो विषयले नेपालका दलहरुको ध्यानाकर्षण भएको छ । दलहरु विज्ञप्तीमै सीमित हुँदै गर्दा कुनैपनि राजनैतिक दलले यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने हिम्मत गरेनन् । भारतले जारी गरेको नयाँ नक्सालाई सच्याउनुपर्ने आवाज त उठ्यो तर ठोस पहल अझैपनि हुन सकेको छैन । दलहरुको चुनावी प्रतिवद्धतामा यो विषयले प्राथमिकता पाएपनि कसरी समाधान गर्ने वा कुटनैतिक पहलको सन्दर्भ पर्दा पछाडी पारिएको छ । यद्यपि भारतले त्यो नक्सा छापिने बित्तिकै नेपाल सरकारले भारतलाई पत्र लेखेर इतिहासमा पहिलोपटक कालीनदीको उद्गमस्थल लिम्पियाधुरा हो भनेर औपचारिक जानकारी गराउने काम भएको थियो । अर्कोतर्फ राष्ट्रिय मुद्दा बनेको यो विषयमा दलहरुको अलग अलग धारणा आउनु राम्रो होइन । यसमा दलहरुको सामूहिक प्रतिवद्धता आउनुपथ्र्यो । यस विषयमा दलहरु चुकेका छन । यो मुद्दामा सामूहिक र ठोस राष्ट्रिय अडानले मात्रै भारतमाथि दवाव पर्छ भन्ने हो ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको क्षेत्र नेपालको हो भनेर इतिहासका प्रमाणले पुष्टि गर्छन् । विगतमा यो विषयलाई विवाद भन्दा पनि समाधान गर्ने भन्दै दुई देशले सम्वादको क्रम सुरु गरेका थिए तर त्यो सम्वाद सुरु हुनै नसकी इतिहासको गर्भमा सीमित बन्यो । निश्चित रुपमा यो गंभीर विषय हो र नेपालको धारणा संवादबाटै समस्याको समाधान गर्ने हो । भारतले धेरै अगाडिदेखि कालापानीमा चेकपोस्ट राखेको थियो । लिम्पियाधुरा उसले धेरै अगाडिदेखि आफ्नो बनाउने प्रक्रिया प्रारम्भ गरेको थियो । तैपनि, नेपालले तिरो उठाउने काम गरिराखेको थियो । बिस्तारैबिस्तारै त्यसलाई भारतले आफ्नो बनाइराखेको थियो । त्यतिबेलाका सरकार चुपचाप बसे । अहिले यो समस्या टाउको दुखाईको विषय भएको छ । त्यतिमात्रै होइन, करिव चार बर्षदेखि बहसका रुपमा उठेको यो विषयको समाधानमा कुनै दलको सकृय नेतृत्व देखिएको छैन । नेपालले आफ्नो भूमि फिर्ता लिएर छाड्ने अठोट धेरै पहिलेदेखि गर्दै आएको छ । निश्चितरुपमा हाम्रो देशको स्वतन्त्रता र स्वाधीनताप्रति हामी एकदमै सजग हुनुपर्दछ । भारतले किन आफ्नो नक्सामा नेपालको भूमिलाई समावेश ग¥यो ? यो गंभीर प्रश्न हो । चार बर्षदेखि सुरु भएको यो सिमा विवादको विषय समाधानमा नेपालले पहल गर्न ढिलाई गर्नु हुँदैन । नेपाल अहिले आम निर्वाचनको संघारमा छ । निर्वाचनकै क्रममा दलहरुका प्रतिवद्धतापत्रमा नेपालको सिमा भारतबाट फिर्ता ल्याउने कुरा प्राथमिकतासाथ उल्लेख गरिएको छ । सिमा मुद्दा गंभीर विषय हो । तसर्थ प्रतिवद्धतामा यो विषय समावेश गर्दैगर्दा दलहरु अझै एक कदम अघि बढ्नु जरुरी छ । यो राष्ट्रिय मुद्दा हो । तसर्थ यसलाई दलीय स्वार्थमा बझाउने काम गरिनु हुँदैन । यो दलहरुको मात्र होइन सवै नेपालीको साझा मुद्दा हो । हाम्रो भूमि हामी फिर्ता लिन्छौं भन्ने कुरालाई सस्तो वा कुनै एक दलको मात्रै एजेण्डा बनाईनु हुँदैन । तसर्थ यसलाई चुनावी नारामात्रै नबनाईयोस् । नेपालको भूमि मिचिएको यो गंभीर विषयलाई कुनै एक दललेमात्रै होइन साझा र राष्ट्रिय मुद्दा बनाईदिनुपर्दछ । यसमा देशकै सामूहिक प्रतिवद्धता आउनुपर्दछ । यो हरेक नेपालीको स्वाभिमान र स्वतन्त्रतासंग जोडिएको विषय भएकोले कुनै एक दलको चुनावी नारामात्रै बन्नुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?