Logo
२४ माघ २०७९, मंगलवार
Logo

प्रचण्ड दक्षिणपन्थीका शरणमा : ओली


कालिकोट, २७ कात्तिक । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड दक्षिणपन्थीका शरणमा पुगेकाे आराेप लगाएका छन् । सरकार सहज रूपमा चलाउन नदिएपछि ताजा जनादेशका लागि संसद् विघटन गरेको उनकाे भनाइ छ । उनले संसद् विघटन सही नै भएको दाबी पनि गरेका छन् ।

आइतबार कालिकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैै ओलीले उल्टै गठबन्धनले नै प्रतिगमन गरेको आरोप लगाए । ‘हामीले राष्ट्रिय हितका विषयमा शिर झुकाएर कुरा गरेनौँ, एमालेले प्रतिगमन गर्‍यो रे,’ ओलीले भने, ‘माओवादीलाई साथमा लिएर ३६ सिट जितायौँ, तर सहमति तोडे, दक्षिणपन्थी शक्तिसँग मिलेर सरकार टुटाउने काम गरे, जहिले नक्कली कुरा गरे । ’

केही दिनअघि माओवादी अध्यक्ष प्रचण्ड रास्कोट पुगेर ओलीलाई प्रतिगमनकारी भनेका थिए । ओलीले त्यसको जवाफ दिँदै भने, ‘कांग्रेसका पछाडि लागेर रास्कोट आएर प्रतिगमन गर्‍यो रे । मैले प्रतिगमन गर्ने काम कहिलै गरिनँ ।’

‌‍ओलीले अर्काको देशको हतियार ल्याएर प्रचण्डले नेपाली जनताको घाँटी रेट्ने काम गरेको आराेपमसमेत लगाए । ‘मैले कहिलै प्रतिगमन गर्ने काम गरिनँ, प्रचण्ड जस्तो बरु प्रतिगमका विरुद्धमा लड्नु छ,’ ओलीले भने, ‘देउवाहरू प्रतिगमन जोगाएँ भन्दै हुनुहुन्छ, म भन्छु यति पाउनुभएको छ भने अहिलै ल्याएर बुझाइदिनुहोस् ।’

उनले  साझा घोषणापत्र बनाउन नसकेको सत्तारुढ गठबन्धनले साझा काम कसरी गर्छ भनेर प्रश्न गरेका छन् ।

गठबन्धनले के कार्यान्वयन गर्छ, उहाँहरुको आ–आफ्नो घोषणापत्र छ रु एउटै घोषणापत्र छैन । एउटा साझा घोषणापत्र दिन नसक्नेले साझा काम कसरी गर्छ कुन घोषणापत्र लागु हुन्छ, उनीहरु भन्न सक्दैनन् ।’

तर, एमाले र एमालेका उम्मेदवारले इमान्दारीपूर्वक काम गर्ने ओलीको दाबी छ । ‘हामी हाम्रो उम्मेदवारको जिम्मेवारी लिन्छौँ,’ ओली भने, ‘हामीले कर्मठ र सक्षम उम्मेदवार उठाएका छौँ, उहाँहरुले इमान्दारीपूर्वक काम गर्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी