ट्रेंडिंग:

>> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ

स्थिर सरकारका लागि ओली प्रधानमन्त्री : पुर्व गृहमन्त्री थापा

२७ कार्तिक २०७९, आईतवार
२७ कार्तिक २०७९, आईतवार

भैरहवा, २७ कात्तिक । राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले मुलुकमा राजनीतिक स्थिरताका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुपर्ने बताएका छन् ।
उनले राष्ट्रवादी नेता केपी ओलीलाई प्रधानमन्त्री बनाउन दीपक बोहरालाई जिताउनुपर्ने बताएका छन् । उनले संसद्मा ओलीलाई प्रधानमन्त्री बनाउन राप्रपाले मतदान गर्ने भएकोले प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नम्बर ३ बाट बोहरालाई जिताउनुपर्नेमा जोड दिए ।
नेकपा एमाले, राप्रपा, जसपा नेपालको सामाजिक संघ–संस्थासँग भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै नेता थापाले पाँच वर्षसम्म स्थिर सरकार चलाउन तीन दलीय तालमेलका उम्मेदवारलाई जिताउनुपर्ने बताए ।
संयुक्त निर्वाचन परिचालन प्रचारप्रसार समिति क्षेत्र नम्बर ३ (१), रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले भने, ‘तीन दलबाट प्रधानमन्त्रीको उम्मेदवार केपी ओली हुनुहुन्छ तर पाँचदलीय गठबन्धनबाट प्रधानमन्त्रीको उम्मेदवार को हो थाहा छैन, आलोपालो प्रधानमन्त्रीको कुरा आइरहेको छ तर जनतालाई स्थिर सरकार आवश्यक छ ।’ उनले वर्तमान गठबन्धन सरकारले सत्ताको दुरुपयोग गरिरहेको बताए । उनले भने, ‘प्रहरी प्रशासन सबैको हो, प्रहरी प्रशासन कुनै एउटा पार्टी, व्यक्तिको हुँदैन । ‘राज्यले सामाजिक संघ–संस्थालाई सहयोग र संरक्षण गर्नुपर्ने उनको भनाइ थियो । विकासप्रेमी नेतातथा राप्रपावरिष्ठ नेतादीपकबोहरा जनताको हृदयमा बस्न सफल नेताभएको उनले बताए ।
त्यस्तै रुपन्देही क्षेत्र नम्बर ३ (१) प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले आफूलाई एकपटक अवसर दिनआग्रह गरेका छन् । उनले जनताले आफूलाई एकपटक अवसर दिएकाम गरेर देखाउने दावी गरे । नेता यादवले आफूले अहिलेसम्म अवसर नपाएपनि निरन्तर जनताको पक्षमा काम गरेको बताए । उनले भने, ‘म आग्रह गर्न चाहन्छु, एकपटक मलाई अवसर दिनुस्, एक आपसमा मिलेर यस क्षेत्रको विकासका लागि अघि बढौं ।’ उनले यस क्षेत्रको विकासका लागि आफूले काम गर्न नसके पुन: उम्मेदवारी नदिने र भोट माग्न पनि नआउने बताए । जसपाका केन्द्रीय सदस्य समेत रहेका नेता यादवले आदर्शको राजनीति गर्नुपर्ने बताए । झुटो आश्वासन दिएर काम नगर्ने नेताहरुको पहिचान गर्ने बेला आएको उनको भनाइ थियो । उनले आफूसहित प्रतिनिधिसभा सदस्यमा विकासप्रेमी नेता दीपक बोहरा, प्रदेशसभा सदस्य ३ (२) मा तुल्सी प्रसाद चौधरीलाई अत्याधिक मतले जिताउन आग्रह गरे ।
पार्टी प्रवेश
यसैबीच रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नेको संख्या बढ्दै गएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं राप्रपाका वरिष्ठ नेता दीपक बोहरालाई जिताउनुपर्छ भन्दै युवाहरु प्रवेश गरिरहेको पार्टीले जनाएको छ ।
यसैबीच शनिबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित कर्णपथमा विभिन्न पार्टी परित्याग गरी एक दर्जन बढी नेता कार्यकर्ता तथा स्थानीय राप्रपामा प्रवेश गरेका छन् । उनीहरुलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्वमन्त्री दीपक बोहराले पार्टीमा स्वागत गरेका थिए ।
त्यस्तै शनिबार सिद्धार्थनगर नगरपालिका–६ स्थित दुर्गा कलोनीमा आयोजित कार्यक्रममा ५० जना बढी राप्रपामा प्रवेश गरेका थिए । त्यसै गरी सिद्धार्थनगर नगरपालिका–३ खजहनामा आयोजित कार्यक्रममा सयौं संख्यामा युवाहरु राप्रपामा प्रवेश गरेकाथिए ।
बिहीबार रुपन्देही क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार नवाब मुसलमान दीपक बोहरालाई समर्थन गर्दै राप्रपामा प्रवेश गरेका छन् । यसअघि ओमसतिया गाउँपालिका वडा नम्बर २ का निवर्तमान वडाअध्यक्ष ज्ञानेश श्रेष्ठ, लुम्बिनी निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष सुन्दर गुप्ता लगायत विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशकी पूर्वमन्त्री तथा लोसपा नेतृ कल्पना पाण्डे पार्टी परित्याग गरी तीन दलीय तालमेलका उम्मेदवारलाई समर्थन गरेकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?