ट्रेंडिंग:

>> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलका मासुपसलमा मनपरी नेपालगञ्ज रोडमा सडेगलेको मासु बेचबेखन >> कर्तव्य ज्यान मुद्दाका कसुरदार १८ बर्ष पछी पक्राउ >> वीरेन्द्रनगरमा सडेको अवस्थामा महिलाको शव फेला >> भुमि सम्बन्धि समस्या दुई वर्ष भित्र समाधान हुन्छः मन्त्री अधिकारी >> मदन भण्डारी र स्टार विजयी हुदै अन्तिम चारमा >> प्रदेशको भागबण्डा टुंगिएको छैन : प्रधानमन्त्री >> रमेश खरेलद्वारा रास्वपा छाडेको घोषणा >> विनोद चौधरीसँग कुनै किसिमको पूर्वाग्रह नराखिएको गृहमन्त्रीको स्पष्टीकरण >> दाङमा १२ हजार ८ सय ९८ जना विद्यार्थीले एसइई परीक्षा दिदै >> प्रेस चौतारी रुपन्देहीद्वारा डिजिटल मिडिया तालिम सुरु >> २८ लाख ८८ हजार बराबरको अबैध सामान पक्राउ >> बुटवल १२ राजपुर खोलामा पक्की पुल निर्माण शुरु >> पाल्पामा कक्षा १२ मा पढ्दै गरेकी युवतीको घाँटी रेटेको अवस्थामा शव भेटियो >> बुटवलको मिलनचोकमा युवाहरुबीच चक्कु प्रहार, एक गम्भीर >> चेन्नईसामु गुजरात ६३ रनले पराजित >> आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना >> लुम्बिनी प्रदेश सरकारको चासोः नयाँ बजेट छाडेर नयाँ सरकार >> जनताको अपेक्षा अझैपनि तपसिलमा ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पश्चिम नेपाल बस व्यवसायीमा खरेल नेतृत्वको संयुक्त व्यवसायी प्यानल घोषणा >> पर्यटकीय गन्तब्य बनाउन ‘निग्रोधाराम उत्सव’ >> दुर्गा प्रसाईंलाई दिएको हतियार इजाजत छानबिन गर्न सर्वोच्चको आदेश >> बेष्ट्रन र स्टार विजयी >> एमाले सुर्खेतका नयाँ पदाधिकारीको सपथ ग्रहण >> आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित >> असिनापानीले अन्नबालीमा क्षति, १५ घरमा बाढी, कार पनि बगायो >> आयरल्यान्ड ‘ए’ लाई नेपालले दियो १९९ रनको चुनौती

पश्चिम नवलपरासी २ः पूर्व गृहराज्यमन्त्री कँडेललाई माओवादीको भर

२७ कार्तिक २०७९, आईतवार
२७ कार्तिक २०७९, आईतवार

बुटवल, २७ कात्तिक ।

राजनीतिमा स्थायी शत्रु हुँदैन भन्ने उदाहरण अहिले सरकारमा रहेका दल तथा नेताहरुको सहकार्यले प्रमाणित गर्दछ । कांग्रेसकै नेतृत्वमा सरकार रहेको बेला ०५८ सालमा माओवादीलाई उसले सुरु गरेको युद्धलाई आतंकवाद र नेता कार्यकर्तालाई आंतककारी घोषणा गर्दै शीर्ष नेताहरुको टाउकाको मूल्य तोक्ने तत्कालीन गृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई अहिले गठबन्धनको मुख्यसहयात्री माओवादीकै मत आवश्यक भएको छ ।

पश्चिम नवलपरासी क्षेत्र नं २ मा उम्मेदार रहेका देवेन्द्रराज कँडेललाई कांग्रेस र एमालेको हाराहारीमा मत रहेकाले माओवादीको मत जितका लागि आवश्यक भएको हो । एमालेले जसपाको साथ पाएको र राप्रपाले लोसपाको साथ पाएकाले पनि उनलाई माओवादीको साथ चाहिएको हो । नेता कँडेलले भने आफू तत्कालीन सरकारको प्रतिनिधि भएकाले घोषणा गरेको र अहिले अवस्था फेरिएको सबैले पुराना विषय बिर्सेको बताए ।

तीन दशकयता निरन्तर चुनाव लड्दै आएका नेता कँडेललाई सत्ता गठबन्धन दलको साथ रहेको छ भने प्रतिस्पर्धामा नयाँ उम्मेदार रहेका छन् । यो बीचमा उनी अधिकांश नयाँ अनुहारसँग निर्वाचन लड्दै आएका छन् । कँडेलले यस क्षेत्रबाट यसअघि ६ पटक चुनाव लडेका छन् । जसमा ३ पटक जितिसकेका छन् । अब उनी ७ औं संसद यात्राको दौडमा छन् । कंडेल २०५६ र २०५८ सालमा २ पटक गृह राज्यमन्त्री बनेका थिए । कंडेलले एकपटक जिल्ला पार्टी सभापति र २ पटक केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् ।

०५१ सालमा सद्भावना पार्टीका दुर्गा चौधरीलाई पराजित गरेर संसद यात्रा सुरू गरेका कंडेल त्यसयता नियमित लड्दै आएका छन् । २०५६ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का ध्रुवबहादुर प्रधानलाई पराजित गरेका थिए ।

२०६४ सालमा साविक ५ नम्बर क्षेत्रबाट उम्मेदार रहेका उनी तत्कालीन मधेसी जनाधिकार फोरमका रामवचन चौधरीसँग पराजित भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र परिवर्तन गरेर तत्कालीन नवलपरासी–४ बाट उम्मेदवार बनेका कंडेल एमालेका नेता बैजनाथ चौधरीसँग पराजित भएका थिए ।

२०७४ सालमा उनले तत्कालीन वाम गठबन्धनबाट माओवादीका उम्मेदवार घनश्याम यादवलाई भारी मतान्तरले पराजित गरेर पुनः संसद भवन प्रवेश गरेका थिए । अहिले उनका प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष तथा पूर्व प्रदेश सांसद दीपेन्द्र अधिकारी रहेका छन् ।

‘मुन्ना बाबु’को नामले परिचित कंडेल नेपाल भारत दुई देशको नागरिकता भएको विषय र दुवै देशमा लगानी गरेका कारण पटक पटक विवादमा तानिए पनि उनी लामो समयदेखि निरन्तर कांग्रेसको राजनीतिमा रहेका छन् ।

कांग्रेसलाई सत्तारुढ गठबन्धनको साथ छ । एमालेले जसपासँग तालमेल गरेको छ भने राप्रपाले लोसपासँग तालमेल गरेर यस क्षेत्रको चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पार्टी संस्थापन समूहको पहुँचमा रहेका कंडेलका समर्थकहरु यो क्षेत्रमा उनको प्रतिस्र्धामा कोही नभएको बताउँछन् । कांग्रेस नेता भरत थापाले कंडेलको प्रतिस्पर्धी नै नभएको दाबी गरे ।

नेता कंडेलले आफ्नो बुवा १५ सालमा ननवलपरासीबाट सांसद बनेर धेरै काम गरेको र आफूले राजनीति सुरु गरेपछि पनि धेरै कामको सुरुवात गरेको बताउँछन् ।
गठबन्धनबाट प्रदेशसभा २(१) मा बाबुराम भट्टराई निकट चिनक कुर्मी र २(२) मा कांग्रेसका बैजनाथ कलवार उम्मेदवार छन् । एमाले–जसपा तालमेलबाट प्रदेशसभा २(१) मा एमालेका थानप्रसाद गैरे र २(२) मा जसपाका धरेन्द्र यादव उम्मेदवार छन् । एमाले जिल्ला उपसचिव राजनकुमार आचार्यले कंडेलले निरन्तर जिल्लाबाट चुनाव लड्दै आए पनि यस क्षेत्रको विकासमा प्रभावकारी काम गर्न नसकेको भन्दै यसपटक एमालेले जित निकाल्ने दाबी गरे । ‘एमाले–जसपा गठबन्धनले सत्तारुढ गठबन्धनलाई पराजित गर्छौं, जीत हाम्रो हुन्छ । दीपेन्द्र अधिकारीले जित्नुहुन्छ,’ उनले भने ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपाल र राप्रपाबीच तालमेल छ । यहाँ राप्रपा–लोसपा गठबन्धनबाट राप्रपाका नेता ध्रुवबहादुर प्रधानले प्रतिस्पर्धा गरेका छन् भने प्रदेश २(१) मा लोसपाका पञ्चराम चौधरी र २ (२)मा पनि लोसपाकै नगेन्द्र अग्रहरीले प्रतिस्पर्धा गर्दैछन् । यो क्षेत्रमा कांग्रेसका कँडेल र एमालेका अधिकारीबीच मुख्य प्रतिस्पर्धा हुने स्थानीयको आंकलन छ ।

यस्तो छ स्थानीय चुनावको मतभार
स्थानीय तहमा वडाध्यक्षको मतलाई आधार मान्दा कांग्रेस अगाडि छ, कांग्रेसको २५ हजार ६८६, एमालेको २३ हजार ३४२, माओवादीको ९ हजार १५१, राप्रपाको ८ हजार ८७८, जसपाको ७ हजार ३११, लोसपाको ४ हजार ५८० र नेकपा एकीकृत समाजवादीको ८८५ मत छ । २०७४ सालको निर्वाचनमा कांग्रेसका कँडेल वाम गठबन्धनभन्दा ८ हजार मत कम थियो तर चुनावको नजिता आउँदा कँडेलले १० हजार मतान्तरले वाम गठबन्धनलाई हराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?