ट्रेंडिंग:

>> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी

अवको बाँकी जीवन जनताकै सेवामा विताउने पाण्डेको घोषणा

२७ कार्तिक २०७९, आईतवार
२७ कार्तिक २०७९, आईतवार

गुल्मी, २६ कात्तिक ।

गुल्मी क्षेत्र नंं. १ (१) बाट प्रदेश सभामा नेकपा एमालेका उम्मेदवार चिन्तामणी पाण्डेले अवको आफ्नो बाँकी जीवन जनताको सेवामा विताउने घोषणा गरेका छन् । गुल्मीको विकासमा खासै परिवर्तन नभएको भन्दै पाण्डेले आफ्नो उम्मेदवारी गुल्मीको विकास र परिवर्तनका लागि भएको स्पष्ट गरे ।

निर्वाचन क्षेत्र अन्तर्गतका विभिन्न स्थानमा घरदैलो, जनताको गुनासो र जनतासंगै साक्षात्कार गरिरहेका उम्मेदवार पाण्डेले यसपटक जनताले परिवर्तन चाहेको र त्यो परिवर्तनका लागि आफूले बाँकी जीवन जनताकै लागि खर्चिने घोषणा गरेकोले आफू विजयी बन्ने उल्लेख गरे ।
पाण्डेले भने– “जनताले परिवर्तन चाहेका छन, विकास चाहेका छन, युवाले गाउँमै रोजगारी खोजेका छन, अव त्यो सवै काम पूरा गर्नका लागि जनताकै साथमा रहने प्रण गरेको छु ।” उम्मेदवार पाण्डेले घरदैलो गर्दैगर्दा जनताले आफूबाट धेरै आशा र अपेक्षा गरेको बताउँदै युवालाई गाउँमै रोजगारीका लागि गाउँघरमै साना साना घरेलु उद्योग स्थापना गर्ने र युवालाई रोजगारीसंग जोड्ने प्रतिवद्धता जनाए ।

उनले गुल्मी पिछडिएको जिल्लामात्र होइन, अहिलेसम्म गुल्मीलाई त्यसरी बुझेकोमा असन्तुष्टी ब्यक्त गर्दै अनेक संभावनाले भरिएको गुल्मीलाई राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटनसंग जोड्नेगरी आफूले विकासको नयाँ भिजन ल्याउने जिकिर गरे ।

अहिलेसम्म गुल्मीको विकासबाट जनता खुसी नभएको उल्लेख गर्दै पाण्डेले जनतामा चरम वितृष्णा देखिएको र अव त्यो आफू विजयी बनेपछि जनताको वितृष्णा समाप्त गरेर गुल्मीको सम्मृद्धिमा लागिरहने अठोट गरे ।

गुल्मीका जनताले नयाँ अनुहार खोजेको उल्लेख गर्दै पाण्डेले त्यसैका लागि आफू आएको बताउँदै आफूले परिवर्तन गरेर देखाउने, युवालाई रोजगारीमा जोड्ने, किसानलाई बाख्रा, कुखुरा लगायतका कृषि प्रवद्र्धनका कार्यक्रममा लगाउने प्रतिवद्धता जनाए ।

आफू नेकपा एमालेबाट कहिल्यैपनि अलग नभएको उल्लेख गर्दै पाण्डेले गाउँ कमिटीदेखि अहिले प्रदेश कमिटीको सदस्यको भूमिकासम्म पनि पार्टीकै काममा खटिएको र इमान्दारी र लगावका साथ काम गरेकोले पार्टीले समेत आफ्नो मूल्याँकन गरेर टिकट दिएकोले यसपटक जनताले आफूलाई विश्वास दिने आशा व्यक्त गरे ।

जनतासंग मत माग्दै गर्दा जनताको भावना कस्तो पाउनु भयो भन्ने प्रश्नमा पाण्डेले यसअघि २०७४ सालमा जिताएका प्रदेश सभाका सदस्यले जितेपछि कहिल्यैपनि यो क्षेत्रमा फर्केर नआएको र विकासका काम केही नगरेको गुनासो गरेको बताउँदै जनतामा वितृष्णा रहेको उल्लेख गरे ।

उनले यो निर्वाचनमा पुराना टेष्टेड भैसकेका उम्मेदवारलाई भोट नदिने प्रतिवद्धता जनाएको उल्लेख गर्दै आफू जनताका लागि नयाँ अनुहार भएकोले जनताले भोट दिएर अत्यधिक मतले जिताउने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?