ट्रेंडिंग:

>> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा >> जीवजन्तु मानव स्वास्थ्यमा खतरा ! >> स्थानीय तहका विज्ञापनहरू कति समावेशी ? >> तंग्रिन सकेनन् घरेलु उद्योग >> उखुले उठाउँदै किसानको आम्दानी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च >> स्वास्थ्य सेवा बिस्तार गर्दै आम्दा >> गण्डकीका मुख्यमन्त्रीले गरेका निर्णयविरुद्ध कांग्रेस सर्वोच्चमा >> सुदूरपश्चिमका प्रदेश प्रमुखको कदमविरुद्ध कांग्रेस र नाउपा अदालत जाने >> डढेलोले लिदै कर्णालीबासीको ज्यानः दुई महिनामा सातजनाको मृत्यु >> सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीका दुवै दाबी अस्वीकार, फेरि पेश गर्न आह्वान >> सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नेपालगञ्जमा अभियान >> सिद्धार्थ कटेजलाई हरियो स्टिकर >> सशस्त्र प्रहरीद्वारा २ सय ७२ केजी गांजा बरामद >> गाउँलेले श्रमदान गरेर मर्मत गरे पाँच किलोमिटर सडक >> लुम्बिनीमा सात संसदीय समितिका सभापति सर्वसम्मत >> वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै >> प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता >> विश्वविद्यालयहरु दलीय हस्तक्षेपबाट मुक्त हुन्छन : शिक्षामन्त्री श्रेष्ठ >> सुप्रिम सहकारी पीडितद्वारा प्रदर्शन >> सुनको भाउमा फेरि नयाँ रेकर्ड, ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ >> बुटवलका छापा संचारगृहहरूको संयुक्त बैठक >> अन्डरग्राउण्डसहित बन्ने छ १२ तलाको अत्याधुनिक भवन >> शँकरनगर सामुदायिक वनमा निःशुल्क आँखाको चेकजाँच शिविर

मोबाइलमा चौबिसै घण्टा टावर आउन अझै ७ महिना लाग्ने

२० भाद्र २०७५, बुधबार
२० भाद्र २०७५, बुधबार

सल्यानमा चौँबिसै घण्टा फोन सेवा प्राप्त गर्न अझै ५÷७ महिना लाग्ने भएको छ । विशेष गरेर पश्चिम सल्यानका स्थानीय तहहरूमा नेपाल टेलिकमको फोन सेवामा खराबी देखिएको छ । वन्गाड कुपिण्डे नगरपालिकामा रहेको नेपाल टेलिकमको स्काइ फोन सेवाको टावरमा विद्युत नहुँदा सेवाग्राहीले केहि घण्टा मात्रै सेवा उपभोग गर्न पाउने अवस्था छ ।
नेपाल टेलिकम नेपालगञ्ज कार्यालयले टावर भएको स्थानसम्म विद्युतीकरण नहुन्जेलसम्म वा सौर्य उर्जाको क्षमता नबढाउँदासम्म समस्या कायमै रहने जनाएको हो । वन्गाड कुपिण्डे नगरपालिकाको वडा नम्बर चार तारूपारेमा रहेको टावरमा अहिले समस्या छ । उक्त टावरमा खराबी आउँदा सल्लीबजार सहित बनगाड कुपिण्डे नगरपालिका, कुमाख गाउँपालिका केही क्षेत्र, सिद्धकुमाख गाउँपालिकाको केही क्षेत्र र सुर्खेत सिम्ता गाउँपालिका सहित अन्य स्थानका बासिन्दा सञ्चार सेवाबाट बञ्चित भएका छन् । टेलिकमका नेपालगञ्ज स्थित इन्जीनियर सुसिम पोख्रेलले बुटवल टुडेसंग भने, ‘टावरसम्म विद्युत नपुग्दा चौँविसै घण्टा मोवाइलमा टावर नहुने समस्या सेवाग्राहीले भोगीरहनुभएको छ । अब हामीले सोलार सेट थप गर्ने योजनामा छौँ । तर पाँच सात महिना लाग्ने देखिन्छ ।’ २०६६ सालमा निर्माण भएको उक्त टावर अहिलेसम्म सोलारको भरमा चलिरहेको छ । टावर संचालन गर्न ६५ वाटको सोलार रहेको छ । निर्माण भएको समयमा ६ महिना सम्म २४ घण्टा राम्रोसँग चले पनि त्यस यता सोलारको ब्याट्रीमा आएको समस्याले अहिले दैनिक १० देखि १२ घण्टा सम्म मात्र टावर सन्चालन हुँदै आएको छ ।
टेलिकम कार्यालयले वर्षायामको समय भएकाले पनि यस्तो समस्या आएको जनाएको छ । इन्जीनिजयर पोख्रेलले भने, ‘हिजोआज वर्षायाम भएकाले घाम नलाग्दा सोलारको व्याट्रि चार्ज हुन पाउँदैन । यद्यपि मौसममा सुधार हुने वित्तिकै सोलारले काम गर्न थाल्छ र मोबाइल टावरले पनि ।’ अहिले दिउँसोको समयमा केहि घण्टा बाहेक फोनले काम नगर्ने समस्याले विभिन्न कार्यालय, व्यापारी र आम सेवाग्राहीले दुःख पाउँदै आएका छन् । तारूपरे सहित बनगाड कुपिण्डे नगरपालिका–५ लाटुगैरेमा रहेको टावर, बनगाड कुपिण्डे नगरपालिका–११ माझकाडामा रहेको टावर, छिमेकी जिल्ला सुर्खेतको सिम्ता गाउँपालिका गुमिचुलामा रहेको टावर सहित जम्मा ४ वटा टावर छन् । यी सबै टावर सोलारबाट संचालन हुँदै आइरहेका छन् ।
सेवाग्राहीले भने वर्षाैँदेखि आफूहरू भरपर्दाे फोन सेवाबाट वञ्चीत भएको भन्दै चौँविसै घण्टा मोबाइलमा टावर आउने व्यवस्था मिलाउन टेलिकम, स्थानीय सरकार र सम्बन्धित निकायसँग माग गरेका छन् । सबै क्षेत्रमा विद्युत विस्तार गर्नका लागि स्थानीय सरकारले पनि पहल गर्नुपर्ने भन्दै स्थानीयहरूले आउनेजाने नेटवर्कले हैरानी व्यहोर्नुपरेको गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?