ट्रेंडिंग:

>> आफूबाहेक अरुलाई वामपन्थी नदेख्ने ओली सच्चिएपछि अहिलेको समीकरण : भुसाल >> कानुनविपरित भर्ना शुल्क असुल्दै निजी विद्यालयः बुटवल उपमहानगर भन्छ– गुनासो आएको छ, अनुगमन गर्छौं >> हामीलाई कमजोर ठाने फेरि अर्को उथलपुथल : नेपाल >> लुम्बिनीसहित देशका विभिन्न प्रदेशमा ठूलो हावाहुरी, २४ घण्टे चेतावनी >> रास्वपा स्वार्थी, अस्थिर र डोलायमान : ओली >> एनजी मार्केटको बम्पर उपहार विजेतालाई डेढकरोडको घर बनाइदिने सम्झौता हस्तान्तरण >> नासिंदै चौपारीहरु : गमलाको पिपल पूजा गर्दै, संस्कृति जोगाउँदै >> भारतले रोक्यो नेपाली चिया निर्यात,१७ ट्रक चिया भारतमा अलपत्र >> काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना, १९ जना घाइते >> सल्यान उद्योग वाणिज्य संघको मतदान सुरु >> नवलपरासीमा आगलागी : १० घर जलेर नष्ट >> आइपिओ जारी गर्दै ड्रिम इन्टरनेशनल >> एमाले प्रतिनिधि परिषद् बैठक आज, २ हजार ४ सयको सहभागिता रहने >> कथाः हेडसर >> यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी >> सरकारसँगै फेरिन्छन भूमि आयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’

अजय माड्साबको रोचक कहानी

१९ भाद्र २०७५, मंगलवार
१९ भाद्र २०७५, मंगलवार

मथुरा पिया
१५ असारको दिन जताततै रोपाइँको मेलोमेसो । बिहानैदेखि सिमसिम पानी परीरहेको छ । झरीबीच दलानमा बसेर पढ्दै छु । घुँडा टेकेर परीक्षाको तयारीमा जुटेको छु । भोलि अंग्रेजी बिषयको अन्तिम परीक्षा छ । १९ असारमा परीक्षाको सम्पूर्ण कार्यक्रम समाप्त हुनेछ । तीन क्लास पढेका विद्यार्थीहरूको लागि लिइएको परीक्षा हो यो । परीक्षा सेन्टर रत्नराज्य लक्ष्मी मिडिल स्कूल टुँडिखेलमा छ । परीक्षाको अवधि दुई घण्टा तोकिएको छ । दिउ“सो १ बजेसम्म परीक्षा सकिने छ । झरीले टँुडिखेलदेखि बजारसम्मको आफ्नो घर जाने बाटो हिलाम्मे छ । साथमा दुई चारजना परीक्षार्थी साथीहरू पनि छन् । क्याम्पस बिल्डिङ (उहिलेको खरदारको घर) छिम् एक हुल मानिसहरू देखिन्छन् । सबै चिनेजानेका स्थानीय हुन् । समुहमा दुई चारजना स्कूलका माष्टरहरू पनि छन् । बीचमा दारी पालेका, गोरा खाईलाग्दा नया“ अनुहारका एकजना बडो फुर्तिला व्यक्ति पनि छन् । मिति याद भएन । लगभग ६०÷६१ बर्ष पहिले १५ असारमा भएको एउटा घटना हो यो । आफू त्यतिखेर सायद ७ बर्षको हु“दो हँु । एकदिन पहिले हामीले क्याम्पसनजिकै देखेका ती दाह्री पालेको मान्छे घुम्दै फिर्दै बन्दीपुर आइपुगेको रहेछन् । पढेलेखेका मान्छे भन्ने थाहा पाएपछि स्थानीय समाजसेवीहरूले मिडिल स्कूलमा जागिर दिने कुरा चलेछ ।
विस्तृत कहानी छ । यिनी बन्दीपुरमा २०१५ सालमा छिरेका हुन् । चा“दनी चोकमा आठ, दशजना हेर्दै लब्धप्रतिष्ठित लाग्ने व्यक्तिहरू पेटीमा बस्दै गफ गरिरहेको देखेछन् । उनी सहयोगकोलागि उनीहरू बसेको ठाउ“ पुगेछन् । त्यसमध्येका एकजना विद्यालय सञ्चालक समितिका सचिव मित्रलाल प्रधान थिए । उनी सहयोगको लागि तम्सेछन् । केहिछिनको वार्तालापपछि उनी अंग्रेजीको ज्ञाता रहेछन् भन्ने थाहा पाए । सचिवले उनलाई तीन महिनाकोलागि मौखिक सम्झौताबाट शिक्षकमा नियुक्त गरे । शिक्षकको नाम टेकबहादुर रायमाझी भएता पनि यहा“ आएपछि अजय मास्टरको नामले चिनिए । सानोमा उनलाई भोटुदाइ पनि भनिन्थ्यो रे । उनी काठमाडौंको ज्ञानेश्वरमा वि.सं.१९९२ पौष महिनामा माता नेत्रकुमारी र पिता रेखाबहादुर रायमाझीको कोखबाट जन्मेका हुन् । सिने जगतका वरिष्ट अभिनेत्री सुशीला रायमाझी नाताले उनको बुहारी पर्दथिन् । पुख्र्यौली घर बीरगञ्ज रहेछ ।
एस.एल.सी. (२००८ साल) र प्रमाणपत्र तह (२०१० साल) दरभङ्गा बिहारबाट गरेका । भारतबाट फर्केपछि अमेरिकी संस्था यु.एस.ओ.एम (यूनाइटेड स्टेट अपरेशन मिसन २०११ साल) मा नोकरीमा लागे । पछि त्रिचन्द्र कलेजमा ब्याचलर अफ आर्टमा भर्ना भए । अजय मास्टर स्थानीय थाइले टोलका कपडा साहुजी बन्धु पियाको घरमा बास बसे । पछि नारायणस्थानका साहुजी बुद्धिमान श्रेष्ठको घरमा सरे । स्थायी रूपमा चाहि“ रानीवन घेँचमा रहेको जोगीको पाटीमा बस्न थाले । बस्दै गरेपछि आफैले पाटीलाई रिनीभेट पनि गरे । मास्टरी भेषमा बन्दीपुर छिरेका यिनले शैक्षिक क्षेत्रभन्दा स्वास्थ्य क्षेत्रमा बढि नाम कमाए । यिनले धेरैको ज्यान बचाए । त्यतिखेर स्वास्थ्य सुविधा नगन्य थियो । उनले यू.एस.ओ.एस. संस्थामा जागिरको बेलामा नै स्वास्थ्य सम्बन्धी धेरै टे«निङ पाएका रहेछन् । यिनले उपचार गरेका केहि बिरामीहरूको कुरा गर्दा स्थानीय भगवती चोकका कस्तुरी श्रेष्ठको बच्चैदेखि आ“खाको समस्या थियो । ठूला ठूला डाक्टरसंग जँचाए । काठमाण्डौंसम्म उपचारको लागि पुगे । पछि अजय मास्टरको निगरानीमा बसेपछि आ“खा ठिक भयो । त्यस्तै २०२० सालमा उनकै भाइ जापान प्रधान माघे संक्रान्ती जात्रा हेर्न जाने क्रममा नारायणगढको देवघाट जंगलमा ट्रक एक्सिडेन्टमा परे । मुख नै फाट्यो । शान्त भवन काठमाण्डौं लाने काम भयो । त्यहा“का डाक्टरसँग अजय मास्टरसाबको राम्रो चिनाजान रहेछ । अप्रेशन सफल भयो । भैसेखारका कृष्णकुमार श्रेष्ठ “गोरे” लाई टी.बी. भएछ । मास्टरसाबले १ महिना सुई लगाउने काम गरे । गोरे ठिक भए । थाइलेक नारायण पियाको दिदी मिश्री पियाको हातमा समस्या देखियो । बर्षौंसम्म मलम दल्दा पनि निको भएन । भाइले उपचारको लागि दिदीलाई पटना लिएर गए । संगै अजय मास्टरसाब पनि गएका थिए । दिदीको हात त्यहा“को उपचारले ठिक भयो । श्रेय अजय मास्टरसाबलाई जान्छ ।
गाउ“लेका भा“चिएका हात खुट्टालाई मास्टरसाबले बाँसको सिन्काहरू बुनेर कप्टेरासंगै कपडाले कसीदिन्थे । १५ दिनमै भा“चिएका हात खुट्टा ठिक हुन्थे । समाजसेवी नमस्ते लाल भूमिको आमा कुन्ती भूमी, साहित्यकार मोहन बहादुर कायस्थका फुपुहरू द्वय, समाजसेवी कृष्ण भूषणको श्रीमति रुकमणि प्रधान, चिनकाजी प्रधानका भाइ बुहारी चिरञ्जीवी प्रधान र गंगा प्रधान, गैराटोलका राजकुमारको आमा, यिनी त केही उदाहरणमात्र हुन् । उनले सञ्चो गराएका, ज्यान बचाएका मानिसहरू अहिले पनि थुप्रै छन् ।
२०२२ सालमा अजय मास्टरसाबले बन्दीपुर छाडे । अमेरिकातिर लम्किए । त्यहा“ उनले भाषा प्रशिक्षकको रूपमा काम गरे । त्यहा“ तीन बर्ष बिताएछन् । काठमाण्डौंमा पिस कोर्समा जागिर खाए । डाईरेक्टर भए । २०२५ सालमा मास्टरसाब पुनः बन्दीपुर फर्के । उनी फर्कंदा बजार नै खुसीले झुमेको थियो । बन्दीपुरमा पुरानै धन्दा शिक्षा र स्वास्थ्य क्षेत्रमा दत्तचित्त भए । २००७ सालमा देशमा प्रजातन्त्र भित्रिएको हो । प्रजातन्त्रको लागि बन्दीपुरेहरूको पनि केही योगदान छ । यहा“ पनि दुईचार जना सहिद भए । २०१५ सालको आम चुनावमा कांग्रेसले टु थर्ड बहुमत ल्यायो । बि.पी.ले सरकार बनाए । २०१७ सालमा राजा महेन्द्रले कु गरे । देशमा निदर्ल भित्रियो । दलीय आस्था राख्नेहरू लुक्नुपर्ने स्थिति सृजियो । बन्दीपुरमा कम्युनिष्ठ र कांग्रेसको कार्यकर्ताहरू बढि थिए । सरकारको दृष्टि यस ठाउ“प्रति सकारात्मक भएन । सदरमुकाम नै सारिदियो । २०२५ साल मंसिर महिनाको पहिलो हप्ता दमौलीबाट डाँडै छेक्ने गरी हुलका हुल मान्छे अड्डा सार्ने भनेर आए । दोहोरो भिडन्त भयो । संघर्षमा अजय मास्टरसाबले नेतृत्वदायी भूमिका निभाएका थिए । सदरमुकाम त सर्यो नै । तैपनि अजय माडसाबले हरेस खाएनन् । बन्दीपुरमै बसी विकासको लागि जोतिइ रहे ।
यकीन मिति याद भएन । २०२९ सालतिर हुनुपर्छ । साहिला बाको छोरा देशीराम पिया र म काठमाण्डौं क्षेत्रपाटी चौकमा रुमलिँदै थियौँ । साँझको बेला थियो । भर्खरै हामी कोठाबाट थकित भएर निस्केका थियौं । दिनभरी हामी परीक्षाको तयारीमा जुटेका थियाँै । इण्टरमिडियट अफ आर्टअन्तर्गत अंग्रेजी बिषयको जा“च दिनु थियो । त्योताका काठमाडौं मात्र सेन्टर (जा“च दिने ठाउ“) हुन्थ्यो । हामी दुवै भरतपुर कलेजमा पढेका हौं । फाइनल जा“च दिनको लागि काठमाडौं आएका । ठमेलतर्फबाट अजय मास्टरसाब एक्लै हिँड्डै आई रहेको देखेँ । क्षेत्रपाटी चौकबाट देब्रे असनतिर मोडिनमात्र के लाग्याथ्यौँ मास्टरसाबले हामीलाई देखिहाले । हामीले मास्टरसाबलाई नमस्कार ग¥यौँ । मास्टरसाब हतारमा देखिन्थे । मास्टरसाबले हामीलाई राम्ररी पढ्नु, राम्ररी परीक्षा दिनु, ज्ञानी गुणी बन्नु भन्दै हिँडीहाले । हामी दुवै मास्टरसाबलाई भेटेपछि पहिले नै आश्चर्यमा परेका थियाँै । मास्टरसाबको शरीरमा मैलो लुगा, खुट्टामा पुराना चप्पल थिए । तालुु सवै खुइलिसकेको थियो । पिसकोर्सको डाइरेक्टर भएको मान्छेको यो हविगत कसरी भएछ । हामीले यो रहस्य बुझ्न्को लागि मास्टरसाबलाई कुनै न कुनै दिन भेट्ने सोंच बनाउ“दै कोठातिर लाग्यौँ । तर हामी दुवैको यो अभिलाषा सदैको लागि तुहियो । किनकी हामीले मास्टरसाबलाई भेटेको डेढ बर्षपछि त उनले आत्महत्या गरे भन्ने पो खबर सुनियो । माष्टर बनेर गाउँमा आई विरामीहरूलाई हरतरहले उपचारमा सहयोग गरेका, पढेलेखेका, विदेशमा गएर काम गरेका मानिसलाई त्यस्तो अवस्था कसरी आयो ? त्यसको उत्तर अहिले पनि पाउन सकिरहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np