Logo
११ मंसिर २०७९, आईतवार
Logo
प्रमुख समाचार

प्रदेशको राजधानी सार्ने निर्णय ढुंगाले लेखेको अक्षर हैन : विष्णु पौडेल


बुटववल, २५ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेपाली कांग्रेसका केन्द्रीय सदस्इ बालकृष्ण खांणले लुम्बिनीको स्थायी राजधानी दाङबाट बुटवल फिर्ता ल्याउन सकिने बताएका छन् । हिमालय टेलिभिजन र अनलाइखबरले रुपन्देहीको भलबारीमा शुक्रबार गरेको निर्वाचन विशेष कार्यक्रममा नेता पौडेलले प्रदेश राजधानीको विषय ढुंगाले लेखेको अक्षर र अपरिवर्तनीय नभएको स्पष्ट पार्दै त्यो निर्णय परिवर्तन गर्न सकिने बताए ।

पौडेलले यो कुरा बोलेपछि खांणले पनि समर्थन जनाएका हुन् । नेता पौडेलले प्रदेश सभाले दाङ बनाउने निर्णय अर्को प्रदेश सभाको निर्णयले बुटवल नै फिर्ता ल्याउन सक्ने बताएका हुन् । कार्यक्रममा उनले यस्तो भनेका छन् –
‘राजधानीको निर्णय गर्ने अधिकार प्रदेश सभाको भएपनि यहांको मतदाता र जनप्रतिनधि भएकाले मौन रहन सकिन्नथ्यो त्यसैले बुटवल हुनुपर्छ भनेर भरपूर लडाई लडेको हो, तर कहिलेकांही के हुंदो रहेछ भने कहिलेकांही न्यायको लडाईमा सफलता प्राप्त हुंदो रहेनछ,तर रुपन्देहीबाट दाङ सरेको छ यो कुनै ढुंगाको अक्षर हैन,यो कुनै अर्को प्रदेश सभाले चकले लेखेको अक्षरलाई डस्टरले मेट्न सक्छ, यो प्रदेश सभाको कुनै अन्तिम र अपरिवर्तनीय विषय हैन,संविधान त परिवर्तन गर्न सक्छौं ।’

पौडेलको भनाईमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खांणले पनि समर्थन जनाउंदै राजधानी फिर्ता ल्याउन सकिने धारणा राखेका थिए । त्यसपछि बोल्ने क्रममा पनि नेता पौडेलले मेट्न मिल्ने मार्कर पेनले लेखेको भएकाले तयो मेटिने बताए । संगसंगै नेता पौडेलले बुटवल कुनै प्रदेशका राजधानी भन्दा कम विकसित नभएको तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?