ट्रेंडिंग:

>> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा

प्रधानाध्यापकको पालो, अब हुने गोठालो

१८ भाद्र २०७५, सोमबार
१८ भाद्र २०७५, सोमबार

जीतबहादुर शाह
एउटा शैक्षिक सङ्गोष्ठीमा सहजीकरणको क्रममा प्राध्यापक डा. मनप्रसाद वाग्लेको भनाइ रह्यो – ‘हामीले पहुँचमा उल्लेख्य उपलब्धि हासिल ग¥यौं । तदनुरूप विद्यार्थीको नियमितता र सिकाइमा भने उपलब्धि हासिल गर्न सकेका छैनौं । यो नहुनुको अर्थ शिक्षा गुणस्तरीय नहुनु हो । हाम्रो सार्वजनिक शिक्षाको चुनौति नै यही हो ।’ त्यसैगरी सारमा प्राध्यापक डा. विद्यानाथ कोइरालाको भनाइ थियो – ‘सरकारले सपना देखे अनुसार लगानी बढाउने हो र हामी सवैले अरूलाई होइन कि आफूलाई सच्याउँदै आ–आफ्नो ठाउँबाट अघि बढदै शैक्षिक क्षेत्रका भूमिकाहरू निर्वाह गर्न सक्ने हो भने हाम्रो शिक्षालाई गुणात्मक र प्रतिष्पर्धी बनाउन सक्छौं ।’ यसैगरी पूर्व शिक्षा सचिव बालानन्द पौडेलको भनाइ रहयो – ‘हाम्रो देशमा तुलनात्मक रूपमा सामुदायिक विद्यालय भन्दा निजी विद्यालयहरू राम्रा छन् । यसको एउटै कारण निजी विद्यालयमा लगानी कर्ताले गतिलोसँग गोठालोको काम गरेको हुन्छ भने सामुदायिक विद्यालयको गोठालोको रूपमा गतिलोसँग काम गर्ने मानिस कोही हुन सकेन ।’
पूर्व शिक्षा सचिव पौडेलले गोठालोको कुरा गर्दा मेरो मष्तिष्कमा बाल्यकालको गोठाले जीवनको फ्ल्यास ब्याक भयो । विद्यालयमा लामो छुट्टी भएको समयमा बाबाआमाको आज्ञापालन गर्दै वहाँहरूलाई सघाउने हिसावले गोठालोको भूमिकामा धेरै समय खर्च गरियो । गोठालो हुँदा गोठमा भएका गाइभंैसी र बाख्रापाठाहरूको बारेमा खुब जानकारी हुन्थ्यो । को मोटो छ ? को दुब्लो छ ? को अनुशासित छ ? को फटाहा र अनुशासनहिन छ ? कसलाई कसरी तह लगाउने ? आदिको बारेमा राम्रो हेक्का हुन्थ्यो । गोठका बस्तुभाउले मलाई राम्ररी चिन्थे भने मैले पनि उनीहरूलाई राम्ररी चिन्थें । बाबाआमाले पनि म गोठालो भएको बेला गोठका बस्तुभाउ मोटाघाटा र खाइलाग्दा भए भने मलाई स्याबास भन्नु हुन्थ्यो भने दुब्ला र मरञ्च्यासे भए भने डरलाग्दो किसिमले आँखा तर्नुहुन्थ्यो । यसरी गोठका बस्तुभाउ राम्रा र नराम्रा भएको जस र अपजस मैले नै पाउने भएकाले म गोठालो हुँदाको अवधिभरि भकारो सोहर्ने देखि लिएर घाँसपात सम्मका विषयमा जिम्मेवार भएर काम गर्थें । सायद पूर्व शिक्षा सचिव पौडेलले पनि सामुदायिक विद्यालयमा यस्तै जिम्मेवार ब्यक्तिको खोजी गरेको हुनुपर्छ ।
मुलुकका नाम कमाएका शिक्षाविद, पूर्व शिक्षा प्रशासक, जनप्रतिनिधि र शिक्षाका अधिकृत कर्मचारी एवम् शिक्षक–विद्यार्थीहरूले उपस्थित भएको उक्त शैक्षिक सङ्गोष्ठीमा सवैले आ–आफ्ना कुराहरू पालैपालो राखे । शिक्षक महासंघ सुर्खेतका अध्यक्ष कृष्ण थापाको भनाइ थियो – ‘शिक्षक आफै नालायक भएका होइनन् । नालायक बनाएर बाध्यतापूर्वक नालायक भएका हुन । त्यसैले सर्वप्रथम त माथिकाहरू लायक हुनुपर्छ र शिक्षक एवम् शिक्षा क्षेत्रलाई हेर्ने उनीहरूको दृष्टिकोण अब्बल हुनु आवश्यक छ । त्यसपछि शिक्षक र शिक्षा क्षेत्रको सुधार सम्भव हुन्छ ।’ यसै बीचमा सुर्खेत शिक्षा क्याम्पसका क्याम्पस प्रमुख टंक आचार्यको भनाइ रह्योे – ‘कतै भर्ना नभएका कमजोर ग्रेडका विद्यार्थी भर्ना गर्ने थलोको रूपमा शिक्षा सङ्कायलाई बनाइएकै कारण शिक्षाको अधोगति भएकोे छ । यो देशको जनशक्ति उत्पादनकै क्रममा लगानी नै कमजोर भएपछि प्रतिफल कसरी राम्रो हुन्छ ?’ मलाई सबैले देखाएका शिक्षाप्रतिका चिन्ता र चासोहरू मननीय लागे । त्यसमा पनि पूर्व शिक्षा सचिव बालानन्द पौडेलले सामुदायिक विद्यालयको गोठालो कोही नभएको तर्कले यो पङ्तिकारलाई अलि बढी गम्भीर बनायो ।
पूर्व शिक्षा सचिव बालानन्द पौडेलले उठाएको सामुदायिक विद्यालयको गोठालोको मनसाय भनेको जिम्मेवार ब्यक्तिको खोजी हो । साँच्ची हाम्रो देशमा विशेषगरी सामुदायिक विद्यालयहरूको सन्दर्भमा जिम्मेवार ब्यक्ति को हो भन्ने कुरा गतिलोसँग किटान गर्न सकिएको देखिएन । ऐन नियमले समेत एउटा जिम्मेवार र अधिकार सम्पन्न ब्यक्तिको यकिन गर्न सकेन । बालानन्द पौडैलको शब्द सापट लिएर भन्नुपर्दा सामुदायिक विद्यालयको न त शिक्षा मन्त्री गोठालो हुन सक्यो न त शिक्षा सचिव नै ? न त शिक्षा अधिकारी गोठालो हुन सक्यो न त प्रधानाध्यापक नै ? न त जनप्रतिनिधिहरू गोठालो हुन सके न त विद्यालय ब्यवस्थापन समिति नै ? यो पङ्तिकारलाई पनि करिब करिब यस्तै लाग्छ । मैले कतिपय जनप्रतिनिधिहरूसँग विद्यालय सुधारका कुरा ग¥यो भने प्रधानाध्यापक ठीक नभएको कुरा गर्छन । यही कुरा प्रधानाध्यापकलाई ग¥यो भने जनप्रतिनिधि र विद्यालय ब्यवस्थापन समितिले काम गर्नका लागि अनुकूल वातावरण नदिएको कुरा अघि सार्छन । मात्रा धेरै–थोरै होला, सत्यता भने सबैका कुरामा देखिन्छ ।
देशमा राम्रोसँग सञ्चालन भएका विद्यालयहरूका असल अभ्यासहरूलाई केलाउने हो भने पनि विद्यालय राम्रो हुनुमा प्रधानाध्यापकको भूमिका अग्रणी देखिन्छ । राम्रो हुन सफल भएका विद्यालयहरूमा विद्यालय ब्यवस्थापन समिति र जनप्रतिनिधिहरूको पनि भूमिका सकारात्मक र सहयोगी छ तथापि निर्णायक भूमिका प्रधानाध्यापकको देखिन्छ । त्यस्ता विद्यालयहरूमा विद्यालय विकासका लागि प्रधानाध्यापकले योजना र कार्यक्रमहरू पेश गर्दछ भने विद्यालय व्यवस्थापन समिति लगायत विद्यालयका सरोकारवालाहरूले त्यसलाई मन, बचन र कर्मले सघाएको अवस्था छ । प्रधानाध्यापकलाई शक्तिशाली र अधिकारसम्पन्न गराउने कुरा शिक्षाविद् विद्यानाथ कोइरालासँग राख्दा उहाँको तर्क छ–‘हामीले नभनेको हो त ? विद्यालय क्षेत्र सुधार योजना लगायतका शैक्षिक दस्ताबेजहरूमा प्रधानाध्यापकलाई करारमा लिएर विद्यालय सञ्चालन गर्ने कुरा समेतलेखियो तर कार्यान्वयन गर्नेहरूले गरेनन् त के गर्ने ?’ त्यसो भए अब डा.गोविन्द केसीको कार्यनीति अख्तियार गर्ने कि भनेर शिक्षाविद् कोइरालासँग थप तर्क गर्न मन त लागेको थियो तथापि गरिन् ।
मलाई त धेरै पहिलेदेखि महसुस भएको कुरा के हो भने सार्वजनिक शिक्षालाई सुधार गर्नका लागि अन्य कुराहरू त गर्नुपर्छ नै, त्यसमा पनि सबैभन्दा प्रमुख कुरा एउटा गतिलो शिक्षकलाई प्रधानाध्यापक अर्थात ठेट शब्दमा भन्नुपर्दा गोठालो बनाएर काममा लगाउनु पर्छ । एउटा अधिकार सम्पन्न र जिम्मेवार गोठालो । विद्यालयमा गरेका राम्रा कामको जस र नराम्रा कामको अपसज सहज रूपमा स्वीकार गर्ने गोठालो । राम्रा काम गरेवापत मनग्गे सुबिधा पाउने र नराम्रो काम गरेमा सकेसम्म आफैले आफूले गरेको कामको महसुस गरेर कि त सुध्रिने कि त भने पदमुक्त हुनका लागि तयार हुने गोठालो । कुनै राजनीतिक दल विशेषको सदस्य नभएको गोठालो वा भए पनि प्रधानाध्यापक भए पछि स्वतः त्यस्तो पदबाट हट्ने गोठालो । आफ्नो ब्यापार ब्यवसाय भन्दा पनि आफ्नो विद्यालयको विकासलाई र त्यो बापत प्राप्त हुने प्रतिष्ठा र सम्मानलाई सर्वोपरी ठान्ने गोठालो । यो कुरा सम्भव होला त ? मलाइ लाग्छ सम्भव छ । त्यसका लागि केही काम र केही त्याग भने कसैले न कसैले त गर्नैपर्छ ।
सर्वप्रथम त विद्यालयलाई राम्रो बनाउनका लागि प्रधानाध्यापकको भूमिका किटान गरिनुपर्दछ । प्रधानाध्यापकको यस प्रकारको भूमिकालाई निष्तेज गर्न सक्ने कसैको अधिकार छ भने त्यस्ता अधिकारहरूलाई पनि निष्क्रिय गरिनुुपर्दछ । तोकिएका भूमिकाहरू इमान्दारीपूर्वक तोकिएको समयमा सम्पादन गर्नका लागि प्रधानाध्यापकका इच्छुक सम्भाब्य उम्मेदवारहरूबाट गाउँ शिक्षा समिति एवम् नगर शिक्षा समितिले प्रस्तावको आह्वान गरिनुपर्दछ । गाउँ शिक्षा समिति र नगर शिक्षा समितिको सिफारिसका आधारमा पाँच वर्षका लागि प्रधानाध्यापकको नियुक्तिका साथै करारसम्झौता गरी काममा लगाउनुपर्दछ । उसले गरेको कामको समग्र मूल्याङ्कनका लागि गाउँपालिका वा नगरपालिकाको शिक्षा प्रमुखको संयोजकत्वमा विनि, स्रोतब्यक्ति, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको अध्यक्ष सहितको समिति निर्माण गरिनुपर्दछ । प्रधानाध्यापकलाई निरन्तरता दिने वा पदमुक्त गर्ने भन्ने सम्बन्धमा यस समितिको सिफारिसलाई मुख्य आधार बनाइनुपर्दछ ।
प्रधानाध्यापकलाई विद्यालयको प्रधानाध्यापकको भूमिका निर्वाह गरेवापत उसले खाइपाइ आएको तलबको दश देखि पन्ध्र प्रतिसतसम्म विशेष जिम्मेवारी वापतको भत्ता दिनुपर्दछ । प्रधानाध्यापकलाई अधिकारको हिसाबले पनि शसक्त बनाउनुपर्दछ । यतिसम्म कि उसले आफूले गरेको करार सम्झौताको सम्पादनको लागि सहयोग नगर्ने वा कमजोर पात्रको रूपमा प्रस्तुत हुने शिक्षक तथा कर्मचारीहरूको सरुवा वा सजाय प्रधानाध्यापकको सिफारिसको आधारमा गरिनुपर्दछ र प्रअलाई सहयोग गर्न योगदान गर्ने शिक्षक तथा कर्मचारीहरूको सम्मान र प्रोत्साहन पनि प्रअकै सिफारिसको आधारमा गरिनुपर्दछ । अर्को कुरा, प्रधानाध्यापक हुनका लागि आवश्यक पर्ने बाञ्छनीय योग्यतामा उसको जेष्ठतालाई मात्र प्राथमिकता नदिएर उसले शिक्षक हुँदा सम्पादन गरेको भूमिका र त्यसबाट विद्यालयलाई परेको सकारात्मक प्रभावको समेत आँकलन गरिनुपर्दछ ।
मेरो छोटो बुद्धिले यही यकीन ग¥यो कि अव हामीले सामुदायिक विद्यालयलाई राम्रोसँग ब्यवस्थापन गर्ने हो भने यौटा गतिलो गोठालोको खोजी गतिलो किसिमले गरिनुपर्दछ । त्यो गोठालोको भूमिकामा प्र.अ.लाई राखिनुपर्दछ । विद्यालयको विकासका निम्ति उसले भनेका कुराहरूलाई सवै तहका सरकार र निकायहरूले सुनुवाइ गरिनुपर्दछ । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलाई सहयोगात्मक भूमिकामा राखिनुपर्दछ । कुनै प्र.अ.को पालामा त्यो विद्यालयले उल्लेख्य उन्नति गर्न सक्यो भने उक्त प्र.अ.को पदावधि थप गर्नुपर्दछ अन्यथा विकल्प खोजिनुपर्दछ । थप गर्न र विकल्प खोज्नका लागि देख्न सकिने मापदण्डहरूको स्पष्टकिसिमले किटान गरिनुपर्दछ । मापदण्डहरूको किटानमा प्रदेश सरकार र केन्द्रसरकारले भूमिका निर्वाह गर्न सक्नुपर्दछ । यसरी गतिलो शिक्षकलाई प्रअको काममा लगाउन सकियो र शिक्षालाई भनाइमा जस्तै गराइमा पनि प्राथमिकता दिन सकियो भने शिक्षाको प्राथमिक इकाइको रूपमा रहेका विद्यालयहरूमा सुधारका लक्षणहरू देख्न सकिन्छ जस्तो लाग्छ । सवैलाई चेतना भया । email: [email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?