ट्रेंडिंग:

>> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा

कन्चन बाँध निर्माण गर्ने भरत साहलाई जिताउने किसानहरुको प्रतिवद्धता

२१ कार्तिक २०७९, सोमबार
२१ कार्तिक २०७९, सोमबार

सैनामैना, २१ कात्तिक ।

रुपन्देहीको कन्चन बाँध निर्माणको नेतृत्व गर्ने भरतकुमार शाहलाई जिताउने प्रतिवद्धता स्थानीय किसानहरुले जनाएका छन् ।

विगत तीन दशकदेखि रुपन्देही क्षेत्र नं. ५ को विकासको नेतृत्व गरिरहेका शाहले यस क्षेत्रमा धेरै विकासका काम गरिसकेको भन्दै उनीहरुले हजारौं किसानहरुको मुहार बदल्ने कन्चन सिंचाई आयोगजना निर्माणले यहाँका किसान खुसी भएको बताएका छन् ।

शाहकै अग्रसरता र नेतृत्वमा १२ करोड ७६ लाख २८ हजार ६ सय ५५ रुपैयाँको लागतमा आयोजनाको निर्माण सम्पन्न भएको उनीहरुको दावी छ ।

उक्त आयोजनाको तीन महिनाअघि शाहले नै उदघाटन गरेका थिए । अहिले आयोजनाबाट गैडहवा गाउँपालिकामा रहेको गैडहवा तालमा पानी पु¥याउने र त्यहाँबाट सिंचाई योजनाहरु संचालन गर्ने आयोजनाको मूख्य उद्देश्य पूरा भएको छ ।

अहिले उक्त आयोजनाको पहिलो फेजको काम सम्पन्न भएको र बाँकी काम सम्पन्न गर्नको लागि भरत शाहलाई नै यस पटक बिजयी बनाउनु पर्ने स्थानीयहरुको भनाई रहेको छ ।

उक्त आयोजनाको दोस्रो चरणको काम सम्पन्न भए पश्चात गैडहवा, लुम्विनी र कन्चन र मायादेवी गाउँपालिकाका हजारौं किसानको खेतमा सिंचाईको सुविधा उपलब्ध हुनेछ ।

शाहले आफ्नो क्षेत्रमा धेरै पुल र सडकहरु बनाएको स्मरण गर्दै तराईमा सिंचाईको अभावका कारण खेतहरु बाँझो भैरहेकोले आफूले धेरै मेहनत र प्रयास गरेर बजेट पार्न सफल भएको र आयोजना उदघाटनपछि सञ्चालन भएको सुन्दा खुसी लागेको उनले बताए ।

सिंचाईको अभावमा आकाशको भरमा खेती गर्न बाध्य क्षेत्र नं. ५ का स्थानीय जनताका लागि कञ्चन बाँध वरदान सावित भएको छ । शाहले भने–“विकासमा सधै अगाडि रहेको रुपन्देही ५ अव कृषिमा सिंचाईको सम्मृद्धिले झनै अब्बल बन्नेछ ।”

स्थानीय जनताले कन्चन सिंचाई आयोजना संचालन गरेर हजारौ किसानको सम्मृद्धिको ढोका खोल्न सहयोग पु¥याउने शाहलाई कुनैपनि हालतमा विजय बनाएरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np