Logo
२४ जेष्ठ २०८०, बुधबार
नाटकलाई बढाउदै बागेश्वरी

‘बहुला काजीको सपना’ प्रदर्शन हुँदै


बुटवल, २० कात्तिक ।

मोफसलमा संगीत साधनाको केन्द्रका रुपमा परिचय बनाएको बागेश्वरी संगितालय थियटरको क्रेजलाई अगाडि बढाउँदैछ । संगितालयको आफ्नै उत्पादनमा दुई वर्षअघि ‘सुनको पिँजडा’ नाटकको पहिलो सुरुवातको अनुभव संगितालयका संचालक सुरेश सेन्चुरीले बटुलेका छन । ‘यसमा धेरै चुनौती छ,’– उनले भने । सुरुवातमा कोभिड संक्रमण बाधक भएको उनले दुःखेसो गरे । ‘यो बहुला काजीको सपना दोस्रो प्रयास हो’– उनले भने । नाटकको माहौल ल्याउने गरी अघि बढेको उनले बताए ।

धेरै लामो तयारीपछि नाटक प्रदर्शन गर्न लागेको उनले बताए । राणाकालीन समय प्रत्यक्ष उतार्ने गरी कलाकारहरुले मेहनत गरेको उनले बताए । काठमाण्डौ केन्द्रित नाटकलाई मोफसलमा पनि दर्शकहरुमाझ ल्याउने प्रयास थालेको उनले बताए । ‘केन्द्रको अगुवाईमा आधा दर्जन नाटक हामीले प्रदर्शन गरिसकेका छौ’–उनले भने । आफ्नै उत्पादनका नाटकको मोफसलमा अभाव रहेको अवस्थामा सुरुवात गरेको उनले बताए । देशभर नाटकले अभिनय र फिल्म क्षेत्रमा राम्रो कलाकारहरुले अवसर पाएको भएपनि यो क्षेत्र उपेक्षामा परेको उनले दुःखेसो गरे । समाजको विकास भौतिक संरचनामात्र नभई बौद्घिक, खेल जगत, विभिन्न सास्कृतिक कलाहरुको विकासमा भएका परिवर्तन पनि महत्वपूर्ण भएको उनले बताए । नाटकको तयारीमा संरचना र कलाकारमा लागत धेरै हुने उनले बताए । अहिले करिब २ लाख खर्च अनुमान रहेको उनले बताए । न्यून टिकट दर र स्थानीय सरकारबाट सहयोग हुने आशामा प्रदर्शन गर्न थालेको उनको भनाई छ ।

कुल ७० मिनेट लामो नाटकमा १३ जना कलाकारले स्टेजमा र २ जनाले प्राविधिक रुपमा सहयोग गरेका छन् । बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सहयोगमा संगितालयले बुटवलमा कात्तिक २२ देखि ३० गतेसम्म दैनिक एक शो नाटक प्रदर्शन गरिने छ ।

कार्यक्रममा नाटकका निर्देशक राजकुमार पुडासैनीले बिजय मल्लको ‘बहुलाकाजीको सपना’ ऐतिहासिक कथावस्तु र पाठ्यक्रममा राखिएको पुस्तक भएको बताए । राणाकालीन समयको समाजमा रहेको विभेदलाई नाटकले सम्बोधन गरेको उनले दाबी गरे । यो नाटक राजनीतिक परिवर्तन जसरी नै आम नागरिकको जीवनको विकासमा महत्वपूर्ण रहेको उनले बताए । सामाजिक रुपान्तरण र आर्थिक समृद्धिका रुपमा नाटकलाई लिएको उनले बताए । यो सुरुवात हो र अब वर्षको ४ वटा नाटक बुटवलमा प्रदर्शन गर्ने गरी योजना बनाएको उनले जानकारी दिए । नाटकको कल्पनाको क्रममा विद्यालय र विद्यार्थीहरुलाई लक्षित गरिएको भन्दै उनले यसको कथाबस्तु राजनीतिक परिवर्तनमा लागेका ब्यक्तिहरुलाई उपयोगी रहेको बताए । ‘समाजसेवी र समाज रुपान्तरण गर्न चाहना भएका हाम्रो लक्षित वर्ग हो’– उनले भने । राजधानीमा विद्यार्थीहरुलाई लक्षित गरी ‘एक चिहान’ नाटक बढी प्रदर्नन गरिदै आएको उनले बताए । संगितालयको थियटरको क्षमता एक सय जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन