ट्रेंडिंग:

>> हामीलाई कमजोर ठाने फेरि अर्को उथलपुथल : नेपाल >> लुम्बिनीसहित देशका विभिन्न प्रदेशमा ठूलो हावाहुरी, २४ घण्टे चेतावनी >> रास्वपा स्वार्थी, अस्थिर र डोलायमान : ओली >> एनजी मार्केटको बम्पर उपहार विजेतालाई डेढकरोडको घर बनाइदिने सम्झौता हस्तान्तरण >> नासिंदै चौपारीहरु : गमलाको पिपल पूजा गर्दै, संस्कृति जोगाउँदै >> भारतले रोक्यो नेपाली चिया निर्यात,१७ ट्रक चिया भारतमा अलपत्र >> काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना, १९ जना घाइते >> सल्यान उद्योग वाणिज्य संघको मतदान सुरु >> नवलपरासीमा आगलागी : १० घर जलेर नष्ट >> आइपिओ जारी गर्दै ड्रिम इन्टरनेशनल >> एमाले प्रतिनिधि परिषद् बैठक आज, २ हजार ४ सयको सहभागिता रहने >> कथाः हेडसर >> यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी >> सरकारसँगै फेरिन्छन भूमि आयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे

घाम लागेको बेला मात्रै मोबाइलमा टावर

१६ भाद्र २०७५, शनिबार
१६ भाद्र २०७५, शनिबार

विजुलीमा लोडसेडिङको मार खेपिरहेका सल्यानका नागरिकले फोन सेवामा पनि लोडसेडिङ व्यहोर्नुपरेको छ । सल्यान पश्चिममा रहेको बनगाड कुपिण्डे नगरपालिकाको केन्द्र सल्लीबजारमा टेलीफोनमा समेत लोडसेडिङ हुने गरेको छ । नगरपालिकाको वडा नम्बर चार तारूपारेमा रहेको नेपाल टेलिकमको स्काइ फोन सेवाको टावरमा खराबी आउँदा यस्तो समस्या आएको हो ।
बिगत ९ वर्षदेखि उक्त टावरमा खराबी आउँदा सल्लीबजार सहित बनगाड कुपिण्डे नगरपालिका, कुमाख गाउँपालिका केही क्षेत्र, सिद्धकुमाख गाउँपालिकाको केही क्षेत्र र सुर्खेत सिम्ता गाउपालिका सहित अन्य स्थानका बासिन्दा सञ्चार सेवाबाट बञ्चित भएका छन । २०६६ सालमा निर्माण भएको उक्त टावर अहिले सम्म सोलारको भरमा चलिरहेको छ ।
टावर संचालन गर्न ६५ वाटकोसोलार रहेको छ । निर्माण भएको समयमा ६ महिना सम्म २४ घण्टा राम्रोसँग चले पनि त्यस यता सोलारको ब्याट्रीमा आएको समस्याले अहिले दैनिक १० देखि १२ घण्टा सम्म मात्र टावर सन्चालन हुँदै आएको छ । वर्ष भरी नै टावरमा समस्या आउँदा र सोलारका ब्याट्री चार्ज नहुने भएकाले मुस्किलले दैनिक बिहान ८ बजेदेखि साझ ६ बजेसम्म १० घन्टा फोन सेवा सञ्चालन हुने टावरका प्रतिनिधि शेर बहादुर पुनले जानकारी दिए ।
आफूले २४ सै घन्टा सेवा सञ्चालन गर्न र टावर तथा सोलारका पाता संरक्षणका लागि वरिपरिको स्थान सुरक्षित गर्ने काम गरेको जनाउँदै उनले स्तरबृद्धि गर्न पटकपटक नेपाल टेलिकम केन्द्रिय कार्यालय काठमाडौंमा अनुरोध गरे पनि सम्बन्धित निकायले कुनै चासो नदिंदा यस्तो समस्या आएको पुनले बताए । २४ घन्टामा दैनिक १० घन्टा मात्र टावर सन्चालन हुँदा एक ठाउँबाट अर्को ठाउमा सूचना पठाउन सूचना पाउन निकै समस्या हुनुको साथै इन्टरनेट चलाउन निकै अफ्ठ्यारो भएको सेवाग्राहिले गुुुनासो गरेका छन ।
साथै बनगाड कुपिण्डे नगरपालिका वडा न ५ राउचेको लाटुगैरेमा रहेको नमस्ते टावर एक हप्ता देखि अवरुद्ध भएको छ । यो टावर सगै बनगाड कुपिण्डे नगरपालिका ५ लाटुगैरेमा रहेको टावर, बनगाड कुपिण्डे नगरपालिका ११ माझकाडामा रहेको टावर, छिमेकी जिल्ला सुर्खेतको सिम्ता गाउँपालिका गुमिचुलामा रहेको टावर सहित जम्मा ४ वटा टावर छन । यी सबै टावर सोलारबाट संचालन हुँदै आइरहेका छन । जसले गर्दा बनगाड कुपिण्डे नगरपालिका केन्द्र सल्लीबजार र सिम्ता गाउपालिकाको केन्द्र जामुने बजारमा घाम लागेको बेला मात्रै टेलीफोन सुचारु हुने गरेको छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?