ट्रेंडिंग:

>> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण

माइण्डसेट

१५ भाद्र २०७५, शुक्रबार
१५ भाद्र २०७५, शुक्रबार

थानेश्वर ज्ञवाली
ब्यक्ति जन्मदै स्मार्ट वा पटमुर्ख हँुदैन । सानो उमेरमा कमजोर भएता पनि ठूलो भएपछि ऊ विश्व प्रसिद्ध हुन सक्दछ । उदाहरणको लागि बेलायती प्रधानमन्त्री विन्सटर्न चर्चिल सानो कक्षामा फेल भएका थिए । उनी साना कक्षामा सबैभन्दा तल्लो ग्रेडमा पर्दथे । महान रुसी लेखक लियो टयल्सटयले कलेज छोडे । उनलाई अनिच्छुक र असक्षम सिकारु मानिन्थ्यो । माइण्ड सेट, मानिस र उनीहरूका गुणहरूको बारेमा, उनीहरूका क्षमताको बारेमा, उनीहरूका ब्यक्तित्वको बारेमा र व्यक्तिको कार्यकुशलताका बारेमा सामान्यतया बनाइएको एउटा बिश्वास हो । कसैले बुद्धि र सीपहरू निश्चित हुन्छन्, जन्मजात हुन्छन्, खासै बदल्न सकिदैन भन्ने धारणा राख्दछन् । उनीहरूको बिचारमा मानिस जन्मदै एक किसिमको क्षमता वा दक्षता लिएर आएको हुन्छ र यसलाई खासै बदल्न सकिँदैन र यो शीलालेख जस्तै अटल वा बज्रलेप हुन्छ । यो या त कसैकोमा जन्मैदेखि आएको हुन्छ, या त आएको हँुदैन । यसखाले मान्यता अनुसार बिद्वता स्थिर हुन्छ । यो जन्मजात क्षमता हो । यस्तो क्षमता हुने व्यक्तिहरूले आफूलाई सुधार गर्ने खालका सूचनाहरूमा ध्यान नै दिँदैनन् । आजको यस लेखमा माइण्ड सेटहरू फिक्सट माइन्ड सेट र ग्रोथ माइण्ड सेटका आधारभूत पक्षहरू र अभिभावकहरूले आफ्ना नानीबाबुहरूलाई ग्रोथ माइण्ड सेटमा बदल्न के कस्ता प्रयासहरू गरिनु पर्दछ भन्ने मनोबिज्ञानमा आधारित चर्चा गर्ने प्रयास गरिएको छ ।
स्ट्याण्डफोर्ड युनिभर्सिटीकी क्यारोल ड्विकले झण्डै ३० बर्षे अनुसन्धानमा एउटा साधारण जस्तो लाग्ने तर महŒवपूर्ण धारणा निकालेकी छन् । यसलाई उनले पावर अफ माइण्डसेट नाम दिएकी छन् । एउटा बिद्यार्थीले कुनै कक्षाको परीक्षामा मात्र डी ग्रेड प्राप्त ग¥यो यदि तपाई त्यो बिद्यार्थी भएको भए के साेंच्नु हुन्थ्यो ? यदि यो कुरा फिक्स माइण्ड सेटवालालाई सोधेको भए सायद उसले म अस्विकृत भएको छु । मलाई त जहाँ पनि असफलता नै मिलेको छ । म मुर्ख हुँ । म हारेको मान्छे हुँ । यो संसारमा अरू म भन्दा राम्रो गर्ने मान्छेहरू छन् । मलाई कसैले पनि माया गर्दैन । सबैले घृणा मात्र गर्दछन् । मेरो केही कुरा पनि राम्रो हुँदैन । लेखिका क्यारोलले यही कुरा ग्रोथ माइण्ड सेट भएका ब्यक्तिहरूलाई गर्दा उनीहरूले मलाई यो परीक्षामा डी ग्रेड मिलेको छ । यसको अर्थ मैले आउने परीक्षामा अझ बढी मिहिनेत गर्नु पर्दछ भनी असफलतालाई पनि सफलता पाउने कडीको रूपमा रूपमा लिन्छन् ।
ग्रोथ माइण्ड सेट हुने व्यक्तिहरू बुद्धिमत्ता र क्षमता परिश्रम र मिहिनेतले बदल्न सक्नेमा बिश्वास गर्दछन् । फिक्ड माइण्ड सेटवालाहरूले सधै जुनसुकै परिस्थितमा पनि स्मार्ट देखिन चाहन्छन् । यो देखाउन उनीहरू चुक्दैनन् । अर्कातिर ग्रोथ माइण्ड सेटवालाहरू परिस्थितिमा खतरा बारम्बार मोल्दछन् र नयाँ कुरा सिक्दछन् । पहिलो खालको दिमाग हुनेहरूले चुनौतीलाई जसरी भए पनि छल्दछन्, झुक्क्याउँदछन् । आफु असफल हुने कुराबाट टाढा हुन खोज्दछन् भने अर्काथरि चुनौतीलाई अँगाल्दछन्, चुनौतीलाई माया गर्दछन् । जिन्दगीमा आउने बाधाहरूलाई पहिलो किसिमले त्याग्दछन् र यसको दोष अरूलाई थुपार्दछन् । दोस्रो किसिमका मानिसहरूले बाधाहरूको सामना गर्दछन् । प्रयासलाई एकाथरी बिना कामको मान्दछन् र यसले केही पनि नहुने बताउँदछन् भने दोस्राहरूले प्रयासलाई सकारात्मक रूपबाट लिन्छन् । यसलाई दिमाग बृद्धिको लागि आवश्यक ठान्दछन् । प्रयासलाई सक्षमता प्राप्त गर्ने मार्गको रूपमा लिन्छन् । फिक्स माइण्ड सेटवालाहरूले समालोचनालाई वेवास्था गर्दछन् । समालोचनाको प्रतिरक्षा गर्न मन पराउँदछन् तर अर्काथरी भने समालोचनालाई मन पराउँदछन् र यसलाई केही कुरा सिक्ने बाटोको रूपमा लिन चाहान्छन् । अरू कसैको सफलतामा पहिलो किसिमका व्यक्तिहरू आत्तिन्छन् र सोच्दछन् कि तिनीहरू आफू भन्दा जान्ने छन् र सफल भए भनी आफूलाई हीन भावनाले हेर्दछन् । दोस्रा थरीहरू भने अरूको सफलतामा खुसी हुन्छन् र यो सफलता वा असफलताबाट उनीहरूलाई केही न केही सिक्न मिलेको अवस्था आएको ठान्दछन् ।
पहिलो किसिमका व्यक्तिहरूले आफूले प्राप्त गर्नु पर्ने तह भन्दा पनि कम उपलब्धि प्राप्त गर्दछन् भने दोस्राहरू प्रयास गर्दै अगाडि बढ्दै जाँदा पाउनु पर्ने उपलब्धिको शीखरमा समेत पुग्दछन् । माथिका उदाहरणहरूको आधारमा हामीले फिक्सट माइण्ड सेटका ब्यक्तिहरूले जस्तो सोच्न बन्द गर्नु पर्दछ र ग्रोथ माइण्ड सेट सरह सोचाइ राख्नु पर्दछ । यसो गरेमा सफलताको शीखरमा पुग्न कठीन छैन ।
अब हामीहरूले र हाम्रा नानीबाबुहरूले सोच्दा म राम्रो छैन भनेर सोंच्नु भन्दा ममा के कुराको कमी छ वा मैले के के कुराहरू मीस गरिरहेको छु भन्ने साेंच्नु राम्रो हुन्छ । मैले यो काम त्यागेँ भनेर भन्नु भन्दा मैले यो काम गर्दा केही रणनीतिहरू सिकेको छु । यसलाई म अर्को परिबेशमा प्रयोग गरी काम फत्ते गर्दछु भन्ने सोंच राख्न आवश्यक छ । यो काम निकै कठिन छ भन्नु भन्दा यो काम गर्न अरू काम गर्न भन्दा केही धेरै प्रयत्न र समय चाहिन्छ भन्ने सोच्नु राम्रो हुन्छ । मैले जे गरे पनि राम्रो हुने होइन भनेर भुन्भुनाउनु भन्दा मैले जति पटक गरँे त्यो काममा सुधार आएको छ, यसलाई मैले सफलता नपाउँदासम्म गर्दै जानेछु भन्ने कुरा सोच्नु आवश्यक छ । मलाई यो वा त्यो विषय आउँदैन भनेर पछि हट्नु भन्दा मैले मेरो दिमागलाई यो वा त्यो विषयको लागि प्रशिक्षित गर्नेछु भन्ने कुरा सोच्नु पर्दछ । मबाट सधैजसो गल्ती हुन थालेको छ भनेर पछि हट्नु भन्दा गल्तीहरूले मलाई अझ राम्ररी सिक्न सघाइरहेका छन् भनी आत्मबिश्वास बढाउनु राम्रो हुन्छ । मेरो साथी म भन्दा स्मार्ट छ र म खै कहिल्यै पनि स्मार्ट बन्दिन भनेर मन कुढाउने जमाना गई सके । मैले काम गरेको छु, मेरो काम पुरा भएको छ भनेर सन्तोष मानेर सुत्नु भन्दा मैले गरेका कामहरू के साच्चै पुरा भए त ? के मैले यो भन्दा राम्रो गर्न सक्दिन र ? भनी अझ राम्रा कामहरू गर्न लाग्नु पर्दछ । मेरो प्लान “ए” ले काम गरेन । अब म बर्बाद भएँ भनेर टाउको समाउनु भन्दा मेरो प्लान “ए” फेल भएर के भयो । अरू “ए” देखि “जेड”सम्मका २५ वटा प्लान त बाँकी छन् भनी अरू योजनाहरू बुनी कामहरू सफल पार्नु पर्दछ । यसरी फिक्स्ड माइण्ड सेटलाई सकेसम्म ग्रोथ माइण्ड सेटमा बदल्नु राम्रो हुन्छ । ग्रोथ माइण्ड सेटमा लैजान काम थालेको कुरा सुरुमा राम्रो भएन भनी रोक्नु हँुदैन । काम गर्दै जानु पर्दछ । मानिस जहिले पनि काम गर्दा तलमाथि पर्दा पनि हौसला दिने ब्यक्तिहरूको माझमा बस्नु पर्दछ । काम गर्दा उपलब्धीमा भन्दा प्रकृयामा जोड दिनु पर्दछ ।
अभिभावकहरूले आफ्ना बालबालिकाहरूको बौद्धिकतालाई यदि उनीहरूको फिक्स्ड माइण्ड छ भने ग्रोथ माइण्ड सेटमा बदल्नका लागि आफुले आफ्नो सिकाइको क्रममा के कस्ता चुनौतीहरूलाई सामना गरी सिकाइ गर्नु भयो बताउनु पर्दछ । बच्चालाई मात्र नभै आफुलाई पनि कुनै निश्चित कुरामा दक्ष वा अदक्ष भएको लेबल लगाउनु राम्रो हुँदैन । आफ्ना बच्चाहरूले परीक्षामा के कस्तो गरेको नालीबेली भन्दा उनीहरूका किताबहरू र पाठ्यक्रममा के कस्तो रुचि छ थाहा पाउनु पर्दछ । यस्तो रुचिलाई कसरी सिकाइमा बदल्न सकिन्छ त्यस्ताखाले प्रयत्नहरू गराउनु राम्रो हुन्छ । बच्चासँग स्कुलको बारेमा कुराकानी गर्दा उनीहरूको सिकाइ अवसर र चुनौतीहर बारे कुरा गर्नु पर्दछ । अभिभावकहरूले आफ्ना बालबालिकाहरूबाट उनीहरूका बानीहरू, प्रयास र बृद्धिका कुरा गर्नु पर्दछ । न कि कुन ग्रेड आयो भनेर । बालबालिकाहरूलाई चाहिएको मात्रामा मात्र सहयोग गर्नु राम्रो हुन्छ । उनीहरूले अलि परिश्रम गरेमा सजिलै जान्ने हुन्थे भन्ने जस्ता कुराहरू बताउनु राम्रो मानिदैन । बालबालिकाहरूलाई आफ्नो लक्ष्य आफै तय गर्न दिनु ठीक हुन्छ । यसरी निर्धारण गरिएको लक्ष्यले बालबालिकाहरूको बृद्धि बिकास र सीप प्रबर्धनमा सहयोग गर्दछ । बालबालिकाको प्रयास, अभ्यास र प्रकृयालाई जोड दिनु पर्दछ न कि उनीहरूको नतिजा । अभ्यासले सफल बनाउँदछ तर पूर्ण गराउँदैन । बालबालिकाहरूले सिक्दा गल्ती गरिरहेका छन भने खुसी हुनु पर्दछ । गल्ती गर्दा पनि कसरी खुसी हुन सकिन्छ र भन्ने भावना तपाईहरूमा आउन सक्दछ । बच्चाले ठीक ठीक मात्र गरेको पाइएमा उसले आफै गरेको हो वा कसैको नक्कल गरेको हो वा कसैले सिकाइ दिएको हो छुट्टाउन कठीन हुन सक्दछ । यदि बालबालिकाहरूले गल्ती गरिरहेका छन् भने हामी सहजै अनुमान गर्न सक्दछौ कि उनीहरूले सिक्दैछन् । अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई बिगतमा गरेका गल्तीहरूमा गाली वा दण्ड दिनु भन्दा इमान्दारीपुर्बक आलोचना गर्नु पर्दछ । यसले उनीहरूको दिमागको बृद्धि गराउँदछ । अभिभावकहरूले तार्किक खतरा मोलेर सो खतरासँग बालबालिकाहरूलाई जुध्न सिकाउनु पर्दछ । सम्झौँ सफलता सधै अन्तिम हुँदैन । असफलता सधैँ घातक हँुदैन । सधैँ लागिरहने साहसले अर्थ राख्दछ । @ [email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?