Logo
२४ माघ २०७९, मंगलवार
Logo

हट्यो खेताला खोज्ने टन्टा : मेशिन खेतमै आएपछि किसानलाई सहज


पाल्पा, १६ कात्तिक । चाड पर्व सकिएसंगै जिल्लाका कृषकहरुलाई धान स्याहार्न भ्याइ नभ्याई भएको छ । जिल्लाका कृषकहरुको मुख्य बालीका रुपमा रहेको धान बाली स्याहार्न अहिले किसानलाई पहिला जस्तो खेताला खोज्दा नपाइने टन्टा टैन । खेत खेतमा धान काट्ने मेशिन (हार्भेस्टर) आउन थालेपछि किसानलाई धेरै सहज भएको छ ।
‘पहिले पहिले प्रविधि थिएन, ढिलो पाक्ने जातको बिउ प्रयोग हुन्थ्यो, थ्रेसरको ठाउंमा जनावर तथा मानिसको प्रयोग हुंदा पुष महिना सम्म धान काट्ने प्रचलन थियो तर अहिले हाइब्रेड जात जातका धान छिटो पाक्ने र मेशिनको प्रयोग हुन लागे पछि सजिलो र छिटो भएको छ’– माथागढी गाउपालिका कसेनीका पुराना कृषक चन्द्र दर्लामी बताउंछन ।
जिल्लाको माडी, रामपुर , अर्गेली, कचल , पुर्वखोला , हुगीं जस्ता फाटहरुमा धान खेति हुदै आएको छ । यस वर्ष ठुलो वर्षाद नभए पनि रोपाई गर्न सकिने र मिल्ने वर्षाद भएकाले समय मै रोपाई सकिएको कृषि ज्ञान केन्द्रकी प्रमुख कामना अधिकारीले बताइन् ।
जिल्लाको कुल खेति योग्य क्षेत्रफल १ लाख ३६ हजार ५ सय ९५ हेक्टर क्षेत्रफल मध्ये ८ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा धान खेति गरिएको छ । कम क्षेत्रफलमा बढी उत्पादन लिने उद्देश्यले उन्नत जात र हाइबे्रड जातको छिटो पाक्ने भएकाले कृषकहरुले यस्ता प्रकृतिको बिउ प्रयोग गरी खेति गर्न कृषकहरुको संख्या बढी भएको कृषि प्राविधिकहरु बताउछन ।
खेति स्याहार्ने समयमा मेशिनको प्रयोग बढेका कारण कृषकहरुलाई सहज पनि भएको र कृषि मजदुरको समस्या पनि नभएको कसेनीकी कृषक रेनुका रानाले बताइन् । ‘मेशिनले धान स्याहार्दा खर्च पनि कम हुंदो रहेछ।, खेताला खोज्ने टन्टा पनि भएन’–उनले भनिन् । धान चुट्नका लागि जिल्लामा झण्डै सय वटा मेसिन (थ्रेसर) संचालनमा आएका छन् । थ्रेसर चलाएवापत प्रति घण्टा ३ हजार रुपैया तिर्नुपर्छ । कृषिमा यान्त्रिकरणको प्रयोगका कारण कृषकहरु व्यवसायी बनेको लोक बहादुर राना बताउंछन ।

उत्पादन घट्ने

यस वर्ष धानको उत्पादनमा ह्रास आउने लक्षण देखा परेको छ । यस वर्ष कालो पोके संगै खैरो खपटेका कारण उत्पादनमा बिस प्रतिसत सम्म कमी आउने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मिलन गैरे बताउछन ।
रामपुर फांटमा वाली भित्राउने समयमा खैरो खपटे किराले ठुलो क्षति पुराएको स्थानिय कृषकहरु बताउछन । खैरो खपटेका कारण पुर्वखोला फाटमा समेत नराम्रो संग प्रभावित तुल्याएको स्थानिय कृषक मोहन बराल बताउछन ।
माडी,अर्गली फाटमा व्यापक रुपमा कालो पोकेले समेत क्षति नै गरेको छ । विशेष गरी बिउ बाट सर्ने भएकाले उपचार बिनाका बिउ प्रयोगका कारण यस्तो समस्या देखा परेको कृषि प्राविधिकहरु बताउछन । कालो पोकेका कारणले पनि उत्पादनमा ह्रास आउने बताएको छ । अघिल्लो वर्ष जिल्लामा ३१ हजार ३ सय ४५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी