ट्रेंडिंग:

>> बागमतिमा मुख्यमन्त्रीलाई विश्वासको मत दिए मन्त्रीलाई कारवाही : घिमिरे >> सडकबत्तीको महसुल तत्काल भुक्तानी गर्न पालिकाहरुलाई प्राधिकरणको आग्रह >> नमुना महिला विकास सहकारीको स्थापना दिवस >> स्थानीय वायुले देशभरको मौसम बदली >> आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको लगातार दोस्रो जित >> नेपाल ए र आयरल्यान्ड ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला आजदेखि >> प्रदेशमा अपाङ्गता कार्यक्रमः सीप बिर्सदै पूर्वाधारको पछिपछि >> प्रि मनसुनको जोखिम र सावधानी >> मधेशमा बिकराल बन्दै मिटर ब्याजको समस्या >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रेस चौतारी रुपन्देहीको आयोजनामा डिजिटल मिडिया व्यवस्थापन तालिम सम्पन्न  >> लुम्बिनी वल्र्ड स्कुलले “हेप्पीनेस लाईफ” कार्यक्रम गर्दै >> दाङमा लागुपदार्थ सहित एक महिला पक्राउ >> ग्याष्ट्रो सेन्टर बुटवलमा पहिलो पटक बच्चाको ईन्डोस्कोपी >> स्वरुप फेर्दै बुटवल बसपार्क : कस्ता बन्दैछन् संरचना ? >> बन चौरी अंकित चिन्ह राखेर एमाले हुम्लाले बनायो लोगो >> एमाले रुपन्देहीको अधिवेशन जेठ १६ र १७ गते, करिब ८ सय मतदाता >> निसन्तान दम्पत्तिका लागि लुम्बिनी प्रादेशिकमा ‘आईयूआई’ सेवा सुरु >> सिईसि र धनगढी विजयी >> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलका मासुपसलमा मनपरी नेपालगञ्ज रोडमा सडेगलेको मासु बेचबेखन >> कर्तव्य ज्यान मुद्दाका कसुरदार १८ बर्ष पछी पक्राउ >> वीरेन्द्रनगरमा सडेको अवस्थामा महिलाको शव फेला >> भुमि सम्बन्धि समस्या दुई वर्ष भित्र समाधान हुन्छः मन्त्री अधिकारी >> मदन भण्डारी र स्टार विजयी हुदै अन्तिम चारमा >> प्रदेशको भागबण्डा टुंगिएको छैन : प्रधानमन्त्री >> रमेश खरेलद्वारा रास्वपा छाडेको घोषणा >> विनोद चौधरीसँग कुनै किसिमको पूर्वाग्रह नराखिएको गृहमन्त्रीको स्पष्टीकरण

परियार दम्पतिको कृषि मोह गाउँमै बसेर मासिक ३० हजार आम्दानी

१४ भाद्र २०७५, बिहीबार
१४ भाद्र २०७५, बिहीबार

बिहान उठेर दुबै जना खेतीपातिको काममा लाग्छन् । श्रीमान् बारीमा जान्छन् भने श्रीमती घरधन्दा सकेर खेतीबारीमै जान्छिन् । उनीहरूको दैनिकी बिहान साँझ खेतबारीमा बित्छ । श्रीमान दिउँसोको समयमा कहिलेकाहीँ गाउँपालिकातिर पनि जान्छन् । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका–१ लाकुरी डाँडाका रमेश परियार र जानकी परियार दम्पती नै खेतीपातीमा लागेको छ । उनीहरू खेतीपातीमा मात्रै लागेका छैनन्, त्यहाँबाट आएको मनग्ये आम्दानीले घर व्यवहार चलाउँदै आएका छन् ।
वडा नम्बर १ का दलित वडा सदस्यमा समेत चुनाव जितेका रमेश परियार गाउँपालिकामा बैठक तथा अन्य काम पर्दा जाने गर्दछन् भने जानकी खेतीपातिमै व्यस्त हुन्छिन् । अहिले उनीहरूले आफ्नो पाखो बारीमा टमाटर, काउली, काँक्रा, सिमि, बोडी तथा करेला रोपेका छन् । टमाटर फलेको उनको पाखाबारीमा आजभन्दा केही बर्ष पहिला मकै मात्रै हुन्थ्यो । जानकी परियार भन्छिन्–‘खेतीपातीमा लागेर गाउँमै आम्दानी गरिएको छ ।’ परियार दम्पतिले हाल करिब १ सय बोट काँक्रा रोपेका छन् । यस्तै काउलीको बोट करिब १ सय वटा छन् ।
गत बर्ष करिब ढाई सय विरुवा टमाटर रोपेका उनीहरूले करिब ३० देखि ४० हजार रूपैयाँ आम्दानी गरेका थिए । अघिल्लो बर्ष टमाटर मात्रै रोपेकोमा यस बर्ष भने टमाटरको साथै काउली, काँक्रा सिमी, रोपेका छन् । अघिल्लो बर्ष भन्दा यसपालि बढि आम्दानी गर्ने लक्ष्य लिएको रमेशको भनाइ छ । उनी भन्छन–‘गत बर्ष टमाटर मात्रै रोपेका थियौं, अहिले अन्य तरकारी पनि रापेका छांै, हेरौं आम्दानीको आशा अली बढि गरेका छौं ।’ दुई वटा छोरी र एक छोरा रहेका परिवार दम्पत्तीको परिवारको आम्दानीको स्रोत भनेको नै तरकारी खेती बनेको छ । पैंचो पसल प्रालिलाई उत्पादन गरेको सबै तरकारी विक्रि गरी त्यहिँबाट आएको रकमले घर खर्चका साथै अन्य जोहो टर्ने गरेको उनीहरूको भनाई छ ।
विदेश गएर आम्दानी हुन्छ भनेर सुझाव दिने धेरै आएपनि विदेश जाने रहर त्यागेर गाउँमा नै तरकारी खेतीमा लागेको रमेशको भनाइ छ । साथीहरूले विदेश गएर आम्दानी राम्रो गर्न सकिने भन्दै सुझाव लिएर आएपनि अहिले आफ्नै पाखाबारीमा फलेको तरकारी विक्रिबाट विदेशमा भन्दा पनि राम्रो आम्दानी गर्न सफल भएको उनी बताउँछन् । ‘घरमै उत्पादन भएको तरकारीसंग एक छाक खान पाए किन विदेश जान प¥यो ?’–रमेश प्रतिप्रश्न गर्दछन् । विदेशको भूमिमा घर परिवार, ईष्टमित्रबाट सयौं कोष टाढा गएर कमाएर ल्याएको रकम भन्दा पनि आफ्नै पाखाबारीमा नंग्रा खियाएको औधी गुणा राम्रो हुने उनको तर्क छ । आफुले उत्पादन गरेको तरकारीजन्य उत्पादन लगेर मन लागेको सामान ल्याउन पाउनु पनि राम्रो कुरा भएको उनको भनाई छ । कुनै पनि समस्या भएमा तुरुन्तै पैचो पसल प्रालिका प्राविधिकहरू आएर सल्लाह सुझाव, उपपचारको विधि बताउने गरेको कारण गाउँमा प्राविधिक समस्या नभएको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?