ट्रेंडिंग:

>> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा >> जीवजन्तु मानव स्वास्थ्यमा खतरा ! >> स्थानीय तहका विज्ञापनहरू कति समावेशी ? >> तंग्रिन सकेनन् घरेलु उद्योग >> उखुले उठाउँदै किसानको आम्दानी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च >> स्वास्थ्य सेवा बिस्तार गर्दै आम्दा >> गण्डकीका मुख्यमन्त्रीले गरेका निर्णयविरुद्ध कांग्रेस सर्वोच्चमा >> सुदूरपश्चिमका प्रदेश प्रमुखको कदमविरुद्ध कांग्रेस र नाउपा अदालत जाने >> डढेलोले लिदै कर्णालीबासीको ज्यानः दुई महिनामा सातजनाको मृत्यु >> सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीका दुवै दाबी अस्वीकार, फेरि पेश गर्न आह्वान >> सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नेपालगञ्जमा अभियान >> सिद्धार्थ कटेजलाई हरियो स्टिकर >> सशस्त्र प्रहरीद्वारा २ सय ७२ केजी गांजा बरामद >> गाउँलेले श्रमदान गरेर मर्मत गरे पाँच किलोमिटर सडक >> लुम्बिनीमा सात संसदीय समितिका सभापति सर्वसम्मत >> वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

विष्णु पौडेलले अगाडि सारे नमूना सडक बिस्तारको योजना

१४ कार्तिक २०७९, सोमबार
१४ कार्तिक २०७९, सोमबार

बुटवल, १४ कात्तिक ।

पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले चिल्लो र फराकिलो सडक निर्माणपछि गुल्जार बन्दै गएको कालिकापथकै मोडलमा बुटवलको मिलनचोकदेखि देविनगर हुँदै हात्तिसुढ तथा रङ्गशालासम्मको सडक बिस्तार गर्ने योजना अघि सारेका छन् । कालिकापथमा सडक निर्माणपछि चहलपहल बढ्नुका साथै व्यवस्थित बन्ने क्रममा रहेको बताउँदै पौडेलले त्यसैगरी बुटवलका अन्य सडकहरुको पनि निर्माण गरिने उल्लेख गरेका हुन् ।

निर्माणाधीन कालिकापथले पूर्णता पाउँदा बुटवलकै मुहार फेरिने गरी शहरीकरणको रुप देखिने दाबी गर्दै उनले उक्त पथमा रहेको विद्युतलाइनका टावरहरुलाई समेत व्यवस्थित गरिने उल्लेख गरे । सडक क्षेत्रमा पर्ने मठमन्दीरहरुलाई समेत व्यवस्थित गरी सुन्दर बुटवलको परिकल्पना गरिएको उनले बताए । नेकपा एमालेले सोमबार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै पौडेलले बिकास निर्माणमा राजनीति नगर्न आग्रह समेत गरे । निर्माणाधीन तिनाउ करिडोर सम्पन्न भएपछि बुटवलको मुहार फेरिने दाबी गर्दै उनले यो योजनाबाट यहाँको कोही पनि जनता विस्थापित नहुने बताए ।

तिनाउ–दानव करिडोरले यहाँका कोही पनि विस्थापित हुनु नपर्ने स्पष्ट पार्दै उनले करिडोरको अधिकार क्षेत्रमा रहेका घर–परिवारलाई समेत त्योभन्दा राम्रो र व्यवस्थित ठाउँमा स्थानान्तरण गरेर योजना अघि बढाइने उल्लेख गरे । बुटवलका जनतालाई सुरक्षित र व्यवस्थित बनाउनकै लागि अघि बढाइएको योजना भएका कारण कोरिडोरका कारण कसैको पनि घरबास नउजाडीले उनले दोहो¥याए ।

यसैगरी तिनाउ नदीका विभिन्न ठाउँमा निर्माण गरिएका पुलले बुटवल वारी र पारी भन्ने नरहेको पौडेलले बताए । “जनताको माग अनुसार नै निर्माण भएका डबल लेनका मोटरेवल पुलले जोडेपछि अब वारी र पारी भन्ने छैन”–पौडेलले भने–“बुटवल अव एक भैसक्यो ।” तिनाउ–दानव करिडोर बनेपछि नदी किनारको हरियाली र सडकले बुटवल थप सुन्दर हुने उनले दाबी गरे ।

कार्यक्रममा बोल्दै एमाले पोलिटव्युरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर २ ‘१’ का उम्मेदवार लिला गिरीले मुलुकको समृद्धि र बिकासका लागि एमालेको जित आवश्यक रहेको बताए । यस क्षेत्रमा निर्माण हुँदै गरेका कालिकापथ, ऐतिहासिक तथा पर्यटकिय क्षेत्र जितगढीको संरक्षण, लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नती लगायतका योजना पूरा गर्नका लागि पनि एमालेको नेतृत्वका आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?