ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा >> जीवजन्तु मानव स्वास्थ्यमा खतरा ! >> स्थानीय तहका विज्ञापनहरू कति समावेशी ? >> तंग्रिन सकेनन् घरेलु उद्योग >> उखुले उठाउँदै किसानको आम्दानी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च >> स्वास्थ्य सेवा बिस्तार गर्दै आम्दा >> गण्डकीका मुख्यमन्त्रीले गरेका निर्णयविरुद्ध कांग्रेस सर्वोच्चमा >> सुदूरपश्चिमका प्रदेश प्रमुखको कदमविरुद्ध कांग्रेस र नाउपा अदालत जाने

पालिकास्तरका योजना समेटेर आयो रुपन्देही ३ मा सत्ता गठबन्धनको घोषणापत्र

१३ कार्तिक २०७९, आईतवार
१३ कार्तिक २०७९, आईतवार

भैरहवा, १३ कात्तिक ।
मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावलाई लक्षित गरी रुपन्देही ३ मा सत्ता गठबन्धनले ६६ बुंदे घोषणापत्र सार्वजनिक गरेको छ । संकल्पपत्र नाम दिएर सार्वजनिक घोषणापत्रमा अधिकांश बुदा स्थानीय तहले अघि सारेका र पाकिलाका मेयर उम्मेदवारले गर्ने घोषणापत्रसंग मिल्दाजुल्दा एजेण्डा छन् । संसदमा कानुन निर्माण गर्न जाने पद भएपनि गृहमन्त्री बालकृष्ण खांण सहितका उम्मेदवारहरुले के कस्ता कानुन बनाउने भन्नेमा घोषणापत्रमा कतै केही उल्लेख गरेका छैनन् । घोषणापत्रमा अधिकांश बुंदा यसअघि नै अघि बढिसकेका भौतिक पूर्वाधारका साथै कृषि, शिक्षा, स्वास्थ, खेल, वातावरणका विषय समेटिएका छन् ।

घोषणापत्रमा सिद्धार्थनगर नगरपालिका वरपर ‘सिद्धार्थ चक्रपथ’ निर्माण, तिनाउ–दानव नदीमा ‘जनताको तटबन्धन’ कार्यक्रम थप प्रभावकारी बनाउने र डण्डा ÷ रोहिणी नदीमा पनि नदी कटानलाई व्यवस्थित गरिने उल्लेख छ । मोतीपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर सानो औद्योगिक क्षेत्र बनाउने उल्लेख छ ।

संकल्पपत्रमा बेलवास– बेथरी सडकको स्तरोन्नति,बेलहिया बुटवल खण्डमा रहेको ६ लेन सडकलाई अझ आकर्षक बनाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने उल्लेख छ । यस्तै ‘मर्चवारदेखि मुस्ताङ्गसम्म’ सडक निर्माण, वेथरी, मैनहिया, हर्नैया, दयानगर– छपिया, वनघुसरी थाना हुँदै मानपकडी सूर्यपूराको सडकलाई दुवैतिर नाली बनाई कालोपत्रे बनाइने, पत्थरडाँडादेखि टिकुलीगढ हुँदै पश्चिम अमुवा बजार तथा वनघुसरीसम्मको सडकलाई स्तरोन्नति गरी दुवैतिर नालीसहितको कालोपत्रे गरिने लेखिएको छ । संकल्पपत्रमा बुटवल भैरहवा सुनौली राजमार्गमा मेट्रो ट्रेन सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिने जनाइएको छ ।

बेलहियामा निर्माणाधीन ‘एकीकृत भन्सार प्रणाली’ तत्काल निर्माण प्रारम्भ, सिद्धार्थनगर नगरपालिका भित्र रहेको विशेष आर्थिक क्षेत्रमा विद्युतीय सबस्टेसन निर्माण तथा व्यवस्थित सञ्चालनका लागि नितिगत निर्णयहरु गर्ने जनाइएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई बढाइने र नेपालका विभिन्न सहरहरूमा पनि आन्तरिक उडान तथा कार्गो सेवा सुचारु थप गरिने संकल्पपत्रले समेटेको छ । भैरहवामा रहेको सिद्धार्थ क्रीकेट रंगशालालाई अन्तर्राष्ट्रिय खेल सन्चालन गर्न सकिने किसिमले स्तरोन्नति गर्ने, भिम अस्पतालको स्तरवृद्धी गर्ने, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस, शुद्धोधन, जनता उच्च मावि, सियारी तथा रूपन्देही क्याम्पस, सिद्धार्थनगरको स्तरोन्नती र प्राविधिक विषयमा थप कार्यक्रम संचालन गर्न विशेष पहल गरिने उल्लेख छ ।

घोषणापत्र सार्वजनिक कार्यक्रमलाइ सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार गृहमन्त्री बालकृष्ण खाँणले भौतिक पुर्वाधारका साथै मानविय र सामाजिक बिकासलाई पनि चुनावी संकल्पपत्रले समेटेको बताए ।

उनले आफु टुरिस्ट उम्मेदवार नभएको प्रष्टिकरण दिंदै रुपन्देही नै आफ्नो राजनितिको केन्द्र भएको बताए । कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार रामचन्द्र ढकाल र लोसपाका सन्तोष पाण्डेले पनि आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?