ट्रेंडिंग:

>> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा >> जीवजन्तु मानव स्वास्थ्यमा खतरा ! >> स्थानीय तहका विज्ञापनहरू कति समावेशी ? >> तंग्रिन सकेनन् घरेलु उद्योग >> उखुले उठाउँदै किसानको आम्दानी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च >> स्वास्थ्य सेवा बिस्तार गर्दै आम्दा >> गण्डकीका मुख्यमन्त्रीले गरेका निर्णयविरुद्ध कांग्रेस सर्वोच्चमा >> सुदूरपश्चिमका प्रदेश प्रमुखको कदमविरुद्ध कांग्रेस र नाउपा अदालत जाने >> डढेलोले लिदै कर्णालीबासीको ज्यानः दुई महिनामा सातजनाको मृत्यु >> सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीका दुवै दाबी अस्वीकार, फेरि पेश गर्न आह्वान >> सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नेपालगञ्जमा अभियान >> सिद्धार्थ कटेजलाई हरियो स्टिकर >> सशस्त्र प्रहरीद्वारा २ सय ७२ केजी गांजा बरामद >> गाउँलेले श्रमदान गरेर मर्मत गरे पाँच किलोमिटर सडक >> लुम्बिनीमा सात संसदीय समितिका सभापति सर्वसम्मत >> वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै >> प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता >> विश्वविद्यालयहरु दलीय हस्तक्षेपबाट मुक्त हुन्छन : शिक्षामन्त्री श्रेष्ठ >> सुप्रिम सहकारी पीडितद्वारा प्रदर्शन >> सुनको भाउमा फेरि नयाँ रेकर्ड, ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ

उम्मेदवारले नै घरमा शंकास्पद वस्तु राखेर हल्ला फैलाएको प्रहरीको आशंका

१३ कार्तिक २०७९, आईतवार
१३ कार्तिक २०७९, आईतवार

बुटवल, १३ कात्तिक ।

आफैले घरमा बम राखेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टीका रुपन्देही–२ का प्रतिनिधि सभा उम्मेदवार गणेश पौडेल शंकाको घेरामा परेका छन् । प्रहरीले उनीमाथि बम राखेको हुनसक्ने आशंकाका आधारमा अनुसन्धान थालेको छ ।

आइतबार बिहानै बुटवल–१२ नयाँ गाउँमा रहेको आफ्नो घरमा बम जस्तो शंकास्पद वस्तु फेला परेको भन्दै पौडेलले सञ्चारकर्मीहरुलाई समाचार बनाउन आग्रह गरेका थिए ।

तर नेपाली सेनाको बम डिस्पोजल टोली पुगेर डिस्पोज गर्न खोज्दा उक्त वस्तु बम नभएको र खाली प्रेस कुकर मात्र भएको पुष्टी भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएपसी ठगबहादुर केसीले बताए । उक्त शंकास्पद वस्तु पौडेल आफैले राखेको वा राख्न लगाएको आशंकापछि पौडेल नै प्रहरीको अनुसन्धानको घेरामा परेका हुन् ।

“शंकास्पद वस्तु राखियो भनेर प्रायोजित प्रचार गरेर चर्चा कमाउन खोजेको हामीलाई फिल भएको छ”–इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएपसी ठगबहादुर केसीले भने–“हामी उहाँ (गणेश पौडेल) को कल डिटेल, मुभमेन्ट सबै अनुसन्धान गर्छौं ।”

रुपन्देही २ मा सत्ता गठबन्धन उम्मेदवारविहीन भएपछि पौडेलले आफूलाई समर्थन गर्न आग्रह गर्दै केही दिनअघि पत्रकार सम्मेलन समेत गरेका थिए । तर त्यसको भोलिपल्ट सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ । रुपन्देही–२ मा नेकपा एमालेबाट पार्टी उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल उम्मेदवार छन् ।

पौडेलले भने आफू बिहान घर बाहिर निस्कंदा कार्टुनमा शंकास्पद वस्तु र कागजमा खतरा लेखिएको देखेपछि प्रहरी र सञ्चारकर्मीलाई खबर गरेको बताए । स्थानीय एक राजनीतिक दलका अगुवाले शंकास्पद वस्तु राख्नैपर्ने भए जिल्लाका अरु ठूला दलका चर्चित उम्मेदवारकै घरमा राख्नुपर्ने भन्दै यो केवल चर्चा र सहानुभूति बटुल्ने प्रायोजिक काम भएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?