ट्रेंडिंग:

>> निसन्तान दम्पत्तिका लागि लुुम्बिनी प्रादेशिकमा ‘आईयूआई’ सेवा सुरु >> सिईसि र धनगढी विजयी >> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलका मासुपसलमा मनपरी नेपालगञ्ज रोडमा सडेगलेको मासु बेचबेखन >> कर्तव्य ज्यान मुद्दाका कसुरदार १८ बर्ष पछी पक्राउ >> वीरेन्द्रनगरमा सडेको अवस्थामा महिलाको शव फेला >> भुमि सम्बन्धि समस्या दुई वर्ष भित्र समाधान हुन्छः मन्त्री अधिकारी >> मदन भण्डारी र स्टार विजयी हुदै अन्तिम चारमा >> प्रदेशको भागबण्डा टुंगिएको छैन : प्रधानमन्त्री >> रमेश खरेलद्वारा रास्वपा छाडेको घोषणा >> विनोद चौधरीसँग कुनै किसिमको पूर्वाग्रह नराखिएको गृहमन्त्रीको स्पष्टीकरण >> दाङमा १२ हजार ८ सय ९८ जना विद्यार्थीले एसइई परीक्षा दिदै >> प्रेस चौतारी रुपन्देहीद्वारा डिजिटल मिडिया तालिम सुरु >> २८ लाख ८८ हजार बराबरको अबैध सामान पक्राउ >> बुटवल १२ राजपुर खोलामा पक्की पुल निर्माण शुरु >> पाल्पामा कक्षा १२ मा पढ्दै गरेकी युवतीको घाँटी रेटेको अवस्थामा शव भेटियो >> बुटवलको मिलनचोकमा युवाहरुबीच चक्कु प्रहार, एक गम्भीर >> चेन्नईसामु गुजरात ६३ रनले पराजित >> आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना >> लुम्बिनी प्रदेश सरकारको चासोः नयाँ बजेट छाडेर नयाँ सरकार >> जनताको अपेक्षा अझैपनि तपसिलमा ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पश्चिम नेपाल बस व्यवसायीमा खरेल नेतृत्वको संयुक्त व्यवसायी प्यानल घोषणा >> पर्यटकीय गन्तब्य बनाउन ‘निग्रोधाराम उत्सव’ >> दुर्गा प्रसाईंलाई दिएको हतियार इजाजत छानबिन गर्न सर्वोच्चको आदेश >> बेष्ट्रन र स्टार विजयी >> एमाले सुर्खेतका नयाँ पदाधिकारीको सपथ ग्रहण >> आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित

रुपन्देहीमा गठबन्धन र जनमुक्तिबीचको सहमतिपछि सातजनाको उम्मेदवारी निष्कृय

१२ कार्तिक २०७९, शनिबार
१२ कार्तिक २०७९, शनिबार

बुटवल, १२ कात्तिक ।

सत्तारुढ पाँचदलीय गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीका पाँचवटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभा निर्वाचनमा एक अर्कालाई सघाउने भएपछि सातजनाको उम्मेदवारी निष्क्रिय पारिएको छ ।

गठबन्धन र जनमुक्ति पार्टीले शनिबार संयुक्त पत्रकार सम्मेलन गर्दै जिल्लाका निर्वाचन क्षेत्रहरुमा साझा उम्मेदवार तय भएकाले सातजना उम्मेदवारको उम्मेदवारी निष्क्रिय पारिएको बताएका छन् । जस अनुसार रुपन्देही क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा गठबन्धनले जनमुक्ति पार्टीका केशवबहादुर थापालाई सघाउने भएको छ । यहाँ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले जनमुक्तिलाई रोजेको हो ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा १ र २, तथा क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा तथा प्रतिनिधिसभा क्षेत्र नम्बर १, ३, ४ र ५ मा जनमुक्ति पार्टीले गठबन्धनका उम्मेदवारलाई सघाउने छ । जसअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा डिबी थापा, प्रदेशसभा १ मा विमला गुरुङ र प्रदेशसभा २ मा छत्रबहादुर दर्लामी, क्षेत्र नम्बर ३ को प्रतिनिधिसभामा मोजिद अली, प्रदेशसभा २ मा मीनबहादुर पल्लीमगरको उम्मेदवारी निष्क्रिय पारिएको गठबन्धन र जनमुक्तिद्वारा जारी संयुक्त विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा गठबन्धनका तर्फबाट वार्ता समिति संयोजक राजु गुरुङ, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य वामदेव क्षेत्री, नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण, लोसपाका अजय बर्मा, नेपाल समाजवादी पार्टीका कमल खनालले हस्ताक्षर गरेका छन् । विज्ञप्तीमा जनमुक्तिका तर्फबाट भने कसैले हस्ताक्षर गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?