ट्रेंडिंग:

>> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन्

रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थन जनमुक्तिका थापालाई

९ कार्तिक २०७९, बुधबार
९ कार्तिक २०७९, बुधबार

बुटवलं, ९ कात्तिक ।

रुपन्देही क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीबाट उम्मेदवारी दिएका केशवबहादुर थापालाई सत्तारुढ गठबन्धनले समर्थन गर्ने निर्णय गरेको छ । आफ्नो उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरेसँगै उम्मेदवारबिहीन बनेको सत्ता गठबन्धनले जनमुक्तिका थापालाई समर्थन गर्ने निर्णय गरेको हो ।

गठबन्धनका उम्मेदवार बनेका नेकपा एसका राजु गुरुङको उम्मेदवारी खारेज भएको थियो । बुधवार गठबन्धन दलका शीर्ष नेताहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति प्रकाशित गरी गठबन्धनको तर्फबाट थापालाई समर्थन गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

गुरुङलाई बैंकिङ कालोसूचीमा परेको भेटाएपछि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो तर उनी सर्वोच्च गएका थिए । तर सर्वोच्चले पनि आयोगको निर्णय सदर गरिदिएपछि बिलखबन्धनमा परेका गठबन्धन दलका शीर्ष नेताले जनमुक्तिका उम्मेदवारलाई सघाउने निर्णय गरेका हुन् ।
नेपाली कांग्रेसले केही दिनदेखि यो विषयलाई चलाखीपूर्वक अगाडि बढाएको थियो । रुपन्देही ३ मा उम्मेदवार बनेका कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाडको क्षेत्रमा जनमुक्तिका मत करिब ४ हजार हाराहारीमा भएकाले पनि त्यो क्षेत्र सुरक्षित बनाउन २ नं मा जनमुक्तिलाई समर्थन गरेको कांग्रेस नेताले बताएका छन् ।

रुपन्देही २ मा उम्मेदवारी दिएका जनमुक्तिका थापा सो पार्टीको केन्द्रीय कार्यकारी उपाध्यक्ष हुन् । यो क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् । लगातार तीन पटक फराकिलो मतान्तरले चुनाव जितेका पौडेलको अब प्रमुख प्रतिस्पर्धी थापा हुनेछन् ।

२०७४ सालको संसदीय चुनावमा रुपन्देही २ मा राष्ट्रिय जनमुक्ति पार्टी तेस्रो स्थानमा आएको थियो । एमालेका विष्णु पौडेल ४४ हजार ९ मत ल्याउँदा कांग्रेसका युवराज गिरीले २१ हजार ९४६ मत ल्याएका थिए। राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार रुकबहादुर पुनले ३ हजार ६८८ मत पाएका थिए ।

त्यसबेला एमाले र माओवादी एक भएर चुनाव लडेका थिए। गत वैशाखमा भएको स्थानीय निर्वाचनमा बुटवल उपमहानगरपालिकामा जनमुक्तिले ११ जना वडा सदस्य लिएर नेकपा एमालेसँग तालमेल गरेको थियो। तर एउटा वडा सदस्य मात्र जित्न सक्यो ।

यहाँ अब एमाले उपाध्यक्ष पौडेलसँग गठबन्धनको समर्थन लिएका राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशबहादुर थापासहित केही साना पार्टी र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा हुनेछन् ।

जसमा नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर बासी, नेपाल दलित पार्टीका राजु शाही, नेपाली कांग्रेस बिपीकी नमादेवी गौतम जैसी, मंगोल नेशनल अर्गनाइजेशनका दीपक थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल उम्मेदवार रहेका छन् ।

यस्तै रुपसिंह थापा, केशव बस्याल, टोपनारायण पौडेल, तारा घिमिरे, तुलसीराम यादव, सुरेन्द्र भारी, प्रदीप ज्ञवाली र विष्णु विक स्वतन्त्र उम्मेदवार रहेका छन् । यो क्षेत्रमा १८ जनाको उम्मेदवारी दर्ता भएकोमा राजु गुरुङ, हाम्रो नेपाली पार्टीका डा. निकोलस भनिने कमल भुसाल र स्वतन्त्र उम्मेदवार हिमाल बस्याल उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको थियो । कमल भुसाल उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च गएका छन् । उनको मुद्दाको पेशी कात्तिक १५ गते छ । यदि उनको उम्मेदवारी कायम भए १६ जना हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np