ट्रेंडिंग:

>> नारायणगढ- मुग्लिङ सडकमा बस र ट्याङ्कर ठोक्किए, १६ जना घाइते >> मलेसियामा नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले सम्हाले राजगद्दी >> लुम्बिनीका मुख्यमन्त्री महराले भोलि विश्वासको मत लिने >> गठबन्धनको सरकारबाट संसद विघटनको खेल हुन सक्छः चित्रबहादुर केसी >> भैरहवा विमानस्थलः उडान आन्तरिक, शुल्क अन्तर्राष्ट्रिय >> व्यापार मन्दीको ज्योतिषीय कारणहरू र समाधानको उपाय >> रोटरी क्लव अफ बुटवल चौतारीद्वारा सदस्यहरुलाई अभिमुखीकरण >> बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू >> कृषकको आम्दानी बढाउन बाख्रापालन >> ९९ वर्षकी कमलादेवीको सफल उपचार >> प्रतिष्ठानले प्रकाशन शुरु गर्यो आफ्नै बैज्ञानिक जर्नल ! >> नेपालको राजनीतिमा महामानव विपि >> सिमलताल बस दुर्घटना : हराएका यात्रु र बसको खोजीका लागि भारतीय उद्धार टोली खटिँदै >> मनसुनको एक महिना : बाढी, पहिरो र चट्याङबाट दुई सयको मृत्यु >> गुरुत्वले पूर्ण गुरु डा. स्वामी रामानन्द गिरि >> विभेदले जन्मिएकी अभियन्ता >> अखिल क्रान्तिकारीद्वारा बुटवल क्याम्पसमा छात्रा भेला >> नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन >> दाङ जिल्ला अदालतमा १८ महिना कटेका मुद्दा शुन्य >> आजको मौसम : देशका केही ठाउँमा भारी वर्षाको संभावना >> पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भेटियो भाइरस >> जलवायु परिवर्तनको जोखिममा सिमान्तकृत समुदाय >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> उच्च अदालतको ठहर– गौशाला–२६ बालिग नै हुन्, सन्दीपसँगका सबै घटनाक्रम सहमतिमै >> सडक बत्ती जडानमा अनियमितताको आरोप >> उपसभामुख रानालाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी >> महिला एसिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जित, यूएई ६ विकेटले पराजित >> उपसभामुख रानामगरले भनिन्- करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियो >> महिला एशिया कप: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य >> नाबालिका वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ >> माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित >> रगत अभाव रोक्न रक्तदान अभियान >> प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> महिला एसिया कप : यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने >> राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई शुभकामनासहित बिदाई >> संसद भवनको निर्माण ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफल >> सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत >> त्रिशुलीमा हाम फालेर ट्रकका सहचालक बेपत्ता >> ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन-युक्रेनी राष्ट्रपति जेलेन्स्की >> मौद्रिक नीति सार्बजनिक आज नहुने >> सिंहदरबारमा खादा र मालाको लर्को छोडेर उद्धार तथा राहतमा ध्यानदिन सरकारसँग कांग्रेस नेता महरको आग्रह >> नवलपुरमा कोरा साइक्लिङ >> क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स >> बुटवल ईजलासमा आठ वर्षयताकै उच्च फैसला >> रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु >> आज देशैभर भारी वर्षाको चेतावनी >> विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै >> नगरसभा नहुँदा बजेटविहीन लमही >> वडाध्यक्षले पढाउँछन् निःशुल्क ट्युसन कक्षा

रुपन्देहीका सिडिओको करुणाले जोगिने भो धनुषाका रामआशिषको जीवन

साउदीमा फांसीको सजाय कुरेका राम आशिषको ब्लड मनीका लागि व्यवसायीले जुटाए ३६ लाख
२६ असार २०८१, बुधबार
२६ असार २०८१, बुधबार

बुटवल, २६ असार ।  ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा  ?  एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा ?? 

स्वर सम्राट नारायण गोपालको गीतले भने जस्तै एकजना प्रशासकको मनमा माया र करुणा जागेर लिएको अडानले विदेशमा मृत्युदण्डको मुखमा पुगेका नेपाली नागरिकको जीवन बचाउन सकिंदो रहेछ भन्ने उदाहरण रुपन्देहीमा देखिएको छ । वैदेशिक रोजगारीका क्रममा साउदी अरबको जेलमा मृत्युदण्डको सजाय पाएका धनुषाका रामआशिष यादवको जीवन रक्षाका लागि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पीडित पक्षलाई सहमत गराउन खेलेको भूमिका र अग्ररता सांच्चिकै देशकै लागि अनुकरणीय बनेको छ ।
जेलमा रहेका यादवको परिवारले ब्लड मनी वापत ५० लाख रकम दिएर पीडित पक्षसंग मिलापत्र गर्नुपर्ने थियो । नसके एक महिनापछि यादवले जीवन गुमाउनु वाहेक अर्को विकल्प थिएन ।
किनकी राम आशिषको परिवारले आफ्नो बलबुतामा ५० लाख जम्मा गर्ने हैसित थिएन । उनको सम्पत्तिको नाममा जम्मा १५ धुर खेत, अढाई धुरको घडेरी र फुस (खर)ले छाएको सानो झुपडी मात्र थियो । त्यो सबै बेच्दा मुश्किलले १० लाख जम्मा हुन सक्थ्यो । नाबालिक उमेरका तीन छोरी भएको परिवारमा कुनै आय स्रोत थिएन । कमाउन गएका घरको मूल मान्छे जेलमा छन् ।
यस्तो छ घटनाको पृष्ठभूमि ः
सन् २०१८ मा साउदी अरबमा धनुषाको जनकपुर उपमहानगरपालिका १७ घर भएका राम आशिष यादव र रुपन्देहीको कन्चन गाउँपालिका ४ का दुर्गाप्रसाद शर्मा एउटै कम्पनीमा काम गर्थे । दुवै जनाको कोठा पनि एउटै थियो । खाने रमाउने एउटै थलो थियो । २०१८ को अक्टोबर ६ तारिखमा कोठामै खानपान गरेर रमाइरहेकै अवस्थामा सामान्य विवादमा रामआशिषले दुर्गालाई छुरा प्रहार गरे । दुर्गाको घटनास्थलमै मृत्यु भयो ।
साउदीको ताबुक क्रिमिनल कोर्टले सन २०२० को २० डिसेम्बरमा हत्या गरेको प्रमाणित गर्दै राम आशिष यादवलाई तत्कालको लागि ५ बर्षको कैद सजायको फैसला ग¥यो । ५ वर्ष पछि दुवै जनाको परिवारको बीचमा ब्लड मनिमा सम्झौता नभए अन्तिम विकल्प फांसीमा जाने अदालतको फैसला थियो ।
साउदीमा रामआशिषले मान्छे मारेको र जेलमा रहेको कुरा थाहा पाएपछि जनकपुरमा रहेकी उनकी श्रीमति रेनु कुमारीमाथि वज्रपात भयो । विपन्न आर्थिक अवस्थाकी रेनु जेनतेन आफ्नो तीन छोरीहरु सहित आफ्नो गुजारा गर्दै आइरहेकी थिइन् । उनको आर्थिक अवस्था कति दयनिय थियो भने, पैसाकै अभावमा ३ वटै छोरीहरुलाई विद्यालय पढाउन सकेकी छैनन् । अदालतले ब्लड मनि तिरे रामआशिष छुट्न सक्ने झिनो आशा देखाएको थियो । उता अदालतको निर्णय कन्सुलर विभाग हुदै त्यसको जानकारी जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई पनि प्राप्त भएको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रामआशिषलाई बचाउन सकिन्छ कि भनेर यसमा तदारुकता देखाए । रेनु कुमारीका मामा प्रभु यादव पनि भान्जा ज्वाई रामआशिषलाई माफीको आशा सहित रुपन्देही आए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्याल र रेनुका मामा प्रभु मृतक दुर्गा प्रसाद शर्माको श्रीमती सीता शर्मासित माफीको अपेक्षा सहित घर पुगे ।
‘शुरुमा उहाँ मान्नुभएको थिएन, त्यो स्वाभाविक पनि हो’– प्रजिअ अर्यालले भने–‘हामीले उहाँलाई धेरै प्रकारले आग्रह ग¥यौ, मैले व्यक्तिगत रुपमै आँशु झारेरै आग्रह गरें ।’
पटक पटक अनुरोध गर्दा पनि ३ महिना सम्म कुरा मिल्न सकेन । कन्चन गाउँपालिकाका अध्यक्ष, जिल्ला समन्वय प्रमुख उमाकान्त चपाई, प्रजिअ अर्याल लगायतको लगातारको प्रयास पछि सीता ५० लाख रुपैयां ब्लड मनि लिएर माफी दिन तयार भइन ।
‘मृतक परिवारको पक्षबाट एकथरिले ब्लड मनीमा सहमति हुन सक्दैन, त्यसैले छिटो निर्णय लेखेर पठाइदिन दवाव दिइरहेका थिए’–प्रजिअ अर्यालले भने–‘कसैको ज्यान लिने गरी चिठी लेखेर हस्ताक्षर गर्न सक्दिन भनेर अडान लिएपछि उहांहरु जानुभयो,तीन महिनापछि आएर बल्ल ५० लाख दिने भए सहमति गर्छौं भन्नुभयो ।’


सीताले ब्लड मनि बापत मागेको ५० लाख रकम जुटाउन धनुषामा रहेको यादव परिवारको लागि असम्भव थियो ।
प्रजिअ अर्यालले धनुषाका प्रजिअलाई सम्पर्क गरेर रामआशिषका लागि ब्लड मनी जुटाउन जिल्लामै पहल गर्दा सम्भव होला भनेर आग्रह गरे, तर बेवास्ता भयो ।
धनुषामा बेवास्ता भएपछि रामआशिषका मामा प्रभु यादव रुपन्देहीका सिडिओको आश गर्दै रुपन्देही धाउन थाले । ‘धनुषाको सिडिओ साबले वास्ता गर्नुभएन, हामीले ५० लाख जुटाउने अवस्था थिएन–रामआशिषका मामा प्रभु यादवले भने–‘हामीले भान्जा ज्वाई रामआशिषलाई मृत्युदण्डबाट जोगाउन सक्छौं भन्ने आशा मारेर फर्केेका थियांै, घर पुग्दा रुपन्देहीका सिडिओले पैसा जुटाउने कोशिस गरेका छन् भन्ने थाहा पाएपछि थोरै आशा बांकी थियो ।’
रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले भने पैसाकै अभावमा कसैलाई मर्न दिनु हुंदैन भन्ने पक्षमा थिए । उनले यो कुरा उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा र सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठलाई भने । यसको लागि बास्केट फण्ड बनाउने कुरा भयो । तत्काल प्रजिअ अर्यालले ५० हजार र दुई जना सहायक प्रजिअले २५ हजारका दरले तथा रुपन्देहीका सुरक्षा निकायका तीन जना प्रमुखले जनही २५ हजार रुपैयाका दरले जम्मा गरे । जिल्लाका ३० जना उद्योगी व्यवसायीबाट समेत गरी ३६ लाख २५ हजार रुपैयां जम्मा भयो ।
रामआशिष यादवकी श्रीमति रेनु कुमारीले आफ्नो भएको १५ धुर खेत, अढाई धुरको घडेरी र त्यसमा बनेको फुसको घर बेचेर १० लाख जुटाएकी थिइन् । सबै मिलाई ४६ लाख २५ हजार रुपैयां मृतक दुर्गा प्रसाद शर्माको श्रीमती सीता शर्मालाई नगदै दिएपछि राम आशिष मृत्युदण्डको सजायबाट छुटकारा पाई नयां जीवन पाउने निश्चित भएको प्रजिअ अर्यालले बताए । संघीय सरकारका उच्च तहका पदाधिकारी र दुई तीनजना मन्त्रीहरुसंग रकम जुटाउने उपायबारे सहयोग मागेपनि सम्भव नभएपछि उद्योगी व्यवसायीलाई गुहार्न वाध्य भएको र उनीहरुबाट राम्रो साथ पाएको प्रजिअ अर्यालले बताए । आफूहरुसहित व्यवसायीबाट ३६ लाख २५ हजार र रामआशिषको परिवारको १० लाख गरी ४६ लाख २५ हजार रकम जम्मा भएपछि मृतकका परिवारले जुट्न नसकेको ३ लाख ७५ हजार रकममा विवाद गरेनन् ।
अन्ततः मंगलबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा मृतकका परिवार र रामआशिषका परिवार जम्मा गरी रकम जुटाउन खटेका कृष्णप्रसाद शर्माले ब्लडमनी वापतको ४६ लाख २५ हजार रुपैयां मृतककी पत्नी सीता शर्मालाई हस्तान्तरण गरे । त्यसपछि दुबै पक्षबीच सहमति भयो । र रामआशिषले मृत्युदण्डबाट छुटकारा पाउने निश्चित भयो । ब्लड मनीको रकम बुझ्दैगर्दा मृतककी पत्नी भक्कानिएर रुंदा सिडिओ अर्याल सहित अधिकांश बेस्सरी रोए । ‘जागिरे जीवनमा पहिलोपटक भक्कानिएर रोएं,अर्कोतिर मृत्युदण्डको मुखमा पुगेका युवालाई बचाउन सकेकोमा जीवनमै सबैभन्दा खुशी पनि भएं’–प्रजिअ अर्यालले भने । रुपन्देहीका सिडिओको अनुकरणीय पहलबाट प्रभावित भएर व्यवसायीहरु आर्थिक मन्दीको मारमा परेको बिर्सेर गच्छे अनुसार एक लाखदेखि माथि रकम जुटाएर एकजना नेपालीको जीवन रक्षा गर्न सफल भएको उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा बताउंछन् । ‘सांच्चिकै हामीले उदाहरणीय र राष्ट्रले नै नोटिस गर्नुपर्ने काम गरेका छौं, संभवतः नेपालमा यो पहिलो हुनसक्छ’–शर्माले भने ।
रामआशिषकी पत्नी रेनुले आफुले आशा मारिसकेको अवस्थामा रुपन्देहीका सिडिओ र व्यवसायीले आफूले कल्पना नगरेको रकम जुटाएर आफ्नो पतिको जीवन जोगाइदिएकोमा खुशीले धर्धरी रोइन् । ‘तपाईहरु नभएको भए मेरो श्रीमान् फांसीको सजायबाट उम्कन सक्ने थिएन, हाम्रो परिवारको लागि सिडियो साब भगवान हो’– रेनुले रुदै भनिन्–‘म सिडिओको फोटो लगेर भगवान राख्ने ठाउमा राख्छु र पूजा गर्छु ।’
प्रमुख जिल्ला अधिकारी अर्यालले ब्लड मनी पाएपछि राम आशिष र मृतक दुर्गाप्रसादको परिवारबीच सम्झौता गरेको कागज मंगलबार नै कन्सुलर विभाग हुदै साउदी पठाइने बताए ।
मृतक दुर्गाप्रसादका आफन्तले ज्यान लिने मान्छेलाई मृत्यु दण्ड नै होस् भन्ने परिवारको राय र अडान भएपनि सिडिओ अर्यालले पटक पटक सम्झाएर अनुरोध गरेपछि ब्लड मनी लिएर सहमति गर्न सहमत भएको बताए । ‘हामी सहमति नगर्ने अडानमा थियौं,तर सिडिओले रामआशिषले फांसी पाउंदैमा दुर्गाप्रसाद फर्किनु हुदैन, दुर्गाप्रसादकी पत्नी सिता जस्तै रामआशिषकी पत्नीलाई पनि बिधुवा बनाएर के फाइदा हुन्छ र भनेर कन्भिन्स गरेपछि सहमति गर्न तयार भयौं’–दुर्गाप्रसादका आफन्तले भने ।

(बीचको फोटो राम आशिषको श्रीमती रेनु र आफन्त )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?