ट्रेंडिंग:

>> नारायणगढ- मुग्लिङ सडकमा बस र ट्याङ्कर ठोक्किए, १६ जना घाइते >> मलेसियामा नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले सम्हाले राजगद्दी >> लुम्बिनीका मुख्यमन्त्री महराले भोलि विश्वासको मत लिने >> गठबन्धनको सरकारबाट संसद विघटनको खेल हुन सक्छः चित्रबहादुर केसी >> भैरहवा विमानस्थलः उडान आन्तरिक, शुल्क अन्तर्राष्ट्रिय >> व्यापार मन्दीको ज्योतिषीय कारणहरू र समाधानको उपाय >> रोटरी क्लव अफ बुटवल चौतारीद्वारा सदस्यहरुलाई अभिमुखीकरण >> बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू >> कृषकको आम्दानी बढाउन बाख्रापालन >> ९९ वर्षकी कमलादेवीको सफल उपचार >> प्रतिष्ठानले प्रकाशन शुरु गर्यो आफ्नै बैज्ञानिक जर्नल ! >> नेपालको राजनीतिमा महामानव विपि >> सिमलताल बस दुर्घटना : हराएका यात्रु र बसको खोजीका लागि भारतीय उद्धार टोली खटिँदै >> मनसुनको एक महिना : बाढी, पहिरो र चट्याङबाट दुई सयको मृत्यु >> गुरुत्वले पूर्ण गुरु डा. स्वामी रामानन्द गिरि >> विभेदले जन्मिएकी अभियन्ता >> अखिल क्रान्तिकारीद्वारा बुटवल क्याम्पसमा छात्रा भेला >> नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन >> दाङ जिल्ला अदालतमा १८ महिना कटेका मुद्दा शुन्य >> आजको मौसम : देशका केही ठाउँमा भारी वर्षाको संभावना >> पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भेटियो भाइरस >> जलवायु परिवर्तनको जोखिममा सिमान्तकृत समुदाय >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> उच्च अदालतको ठहर– गौशाला–२६ बालिग नै हुन्, सन्दीपसँगका सबै घटनाक्रम सहमतिमै >> सडक बत्ती जडानमा अनियमितताको आरोप >> उपसभामुख रानालाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी >> महिला एसिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जित, यूएई ६ विकेटले पराजित >> उपसभामुख रानामगरले भनिन्- करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियो >> महिला एशिया कप: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य >> नाबालिका वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ >> माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित >> रगत अभाव रोक्न रक्तदान अभियान >> प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> महिला एसिया कप : यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने >> राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई शुभकामनासहित बिदाई >> संसद भवनको निर्माण ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफल >> सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत >> त्रिशुलीमा हाम फालेर ट्रकका सहचालक बेपत्ता >> ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन-युक्रेनी राष्ट्रपति जेलेन्स्की >> मौद्रिक नीति सार्बजनिक आज नहुने >> सिंहदरबारमा खादा र मालाको लर्को छोडेर उद्धार तथा राहतमा ध्यानदिन सरकारसँग कांग्रेस नेता महरको आग्रह >> नवलपुरमा कोरा साइक्लिङ >> क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स >> बुटवल ईजलासमा आठ वर्षयताकै उच्च फैसला >> रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु >> आज देशैभर भारी वर्षाको चेतावनी >> विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै >> नगरसभा नहुँदा बजेटविहीन लमही >> वडाध्यक्षले पढाउँछन् निःशुल्क ट्युसन कक्षा

एक महिनामै कालोपत्रे धजै धजा !

२५ असार २०८१, मंगलवार
२५ असार २०८१, मंगलवार

लमही,२५ असार । कालोपत्रे गरेको एक महिना बित्दा नबित्दै लमही नगरबिकास समितिको कालोपत्रे धजै धजा भएको छ । नगर बिकाश समितिको प्लानिङ क्षेत्रको सडक एक महिना नहुँदै चिरा परेको छ । ब्याडमिन्टन कभर्डहल साइडको सडक क्षेत्र खण्डहर बनेको छ ।
लमही नगर बिकाश समितिले चालु आर्थिक बर्षमा वडा प्रहरी कार्यालय देखि सिद्धार्थ होटेल सम्मको सडक खण्डलाई कालोपत्रे गरी फराकिलो बनाएको हो भने वडा प्रहरी कार्यालय जाने बाटो, देखि वाल र कालोपत्रे गरेको छ । प्लानिङ क्षेत्रको कर्भडहल रोड, नगरबिकाश समिति क्षेत्र, विद्युत लाईन क्षेत्र लगायतका बिभिन्न स्थानमा सुधार बिस्तारको काम गरेको भएतापनि गत असार २१ गतेदेखि परेको पानीका कारण ब्याडमेन्टिन कर्भडहल नजिकको भर्खरै गरेको कालोपत्रे सडक चिरा चिरा पर्नुका साथै खाल्डो परेको छ ।

सडक कालोपत्रेको न्यूनतम मापदण्ड पुरा नगरी हचुवाको तालमा कालोपत्रे गर्दा योजनाको निर्माणको काम पुरा नहुँदै कालोपत्रे भत्किएको स्थानीयले आरोप लगाएका छन् । उज्ज्वल निर्माण सेवाले कुल २ करोड ४० लाखको लागतमा १ किलोमीटर प्लानिङ क्षेत्रको ब्लक लगाउने सडक फराकीलो पार्ने र सोल्जर लगाउने जिम्मा पाएको थियो । निर्माणको काम असोज महिना सम्म निर्माण सम्पन्न गर्ने सम्झौता भएको नगर बिकाश समितिका सब इन्जिनियर तुल्सी अर्यालले बताए । साथै निर्माण सम्झौता अनुसार निर्माण भएको एक बर्ष सम्म भत्किएका संरचनाको पुन निर्माणको काम स्वयं निर्माण कम्पनीले गर्ने अर्यालले बताए ।

निर्माण सम्पन्न भईसकेपछिको एक बर्ष सम्म सडक केही भएमा कम्पनीले नै पुन निर्माणको काम गर्ने सम्झौता भएकोले यसबाट नगरबिकाश समितिलाई कुनै आर्थिक भार नपर्ने सब ईन्जिनियर अर्यालले बताए । स्थानीय बासिन्दाहरू भने लमही नगर बिकासमा चरम लापरबाही हुने गरेको गुनासो गर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?