ट्रेंडिंग:

>> रोटरी क्लव अफ बुटवल चौतारीद्वारा सदस्यहरुलाई अभिमुखीकरण >> बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू >> कृषकको आम्दानी बढाउन बाख्रापालन >> ९९ वर्षकी कमलादेवीको सफल उपचार >> प्रतिष्ठानले प्रकाशन शुरु गर्यो आफ्नै बैज्ञानिक जर्नल ! >> नेपालको राजनीतिमा महामानव विपि >> सिमलताल बस दुर्घटना : हराएका यात्रु र बसको खोजीका लागि भारतीय उद्धार टोली खटिँदै >> मनसुनको एक महिना : बाढी, पहिरो र चट्याङबाट दुई सयको मृत्यु >> गुरुत्वले पूर्ण गुरु डा. स्वामी रामानन्द गिरि >> विभेदले जन्मिएकी अभियन्ता >> अखिल क्रान्तिकारीद्वारा बुटवल क्याम्पसमा छात्रा भेला >> नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन >> दाङ जिल्ला अदालतमा १८ महिना कटेका मुद्दा शुन्य >> आजको मौसम : देशका केही ठाउँमा भारी वर्षाको संभावना >> पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भेटियो भाइरस >> जलवायु परिवर्तनको जोखिममा सिमान्तकृत समुदाय >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> उच्च अदालतको ठहर– गौशाला–२६ बालिग नै हुन्, सन्दीपसँगका सबै घटनाक्रम सहमतिमै >> सडक बत्ती जडानमा अनियमितताको आरोप >> उपसभामुख रानालाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी >> महिला एसिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जित, यूएई ६ विकेटले पराजित >> उपसभामुख रानामगरले भनिन्- करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियो >> महिला एशिया कप: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य >> नाबालिका वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ >> माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित >> रगत अभाव रोक्न रक्तदान अभियान >> प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> महिला एसिया कप : यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने >> राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई शुभकामनासहित बिदाई >> संसद भवनको निर्माण ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफल >> सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत >> त्रिशुलीमा हाम फालेर ट्रकका सहचालक बेपत्ता >> ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन-युक्रेनी राष्ट्रपति जेलेन्स्की >> मौद्रिक नीति सार्बजनिक आज नहुने >> सिंहदरबारमा खादा र मालाको लर्को छोडेर उद्धार तथा राहतमा ध्यानदिन सरकारसँग कांग्रेस नेता महरको आग्रह >> नवलपुरमा कोरा साइक्लिङ >> क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स >> बुटवल ईजलासमा आठ वर्षयताकै उच्च फैसला >> रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु >> आज देशैभर भारी वर्षाको चेतावनी >> विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै >> नगरसभा नहुँदा बजेटविहीन लमही >> वडाध्यक्षले पढाउँछन् निःशुल्क ट्युसन कक्षा >> पाल्पाका सहरी क्षेत्रका बालबालिकामा कुपोषण बढि >> शिक्षकमाथिको भेदभाव रोकिने कहिले ? >> जग्गामा महिला स्वामित्व बढ्दै >> राहदानीबाट ६ करोड राजस्व >> शान्ति नमुना माविको व्यवहारिक सीप कार्यक्रमः विद्यार्थीलाई ‘गड्यौला पैँचो’ >> एसीसी महिला टी–२० एसिया कप क्रिकेट: नेपालले युएईको सामना गर्दै

‘फलफूल ब्राण्डिङ’ मा सफल होला लुम्बिनी सरकार ?

लुम्बिनी प्रदेशमा विशेषतः हिमाली र मध्य पहाडी भेगमा स्याउ, पहाडी जिल्लामा सुन्तला जातका फलफूल तथा तराईका जिल्लाहरूमा आँप र केरा बढी उत्पादन हुन्छ । सिजनका बेलामा उत्पादन हुने उपजले बजार नपाउँदा किसानलाई समस्या भैरहेको थियो ।
२५ असार २०८१, मंगलवार
२५ असार २०८१, मंगलवार

बुटवल, २५ असार । हिमाली जैविक कृषि बहुउद्देश्यीय सहकारी संस्थाले अहिले प्रदेशको रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकामा स्याउ प्रशोधन गरेर वाइन बनाउने उद्योग स्थापना गर्दै छ । जसमा प्रदेश सरकारले २५ लाख लागत साझेदारी अनुदान समेत दिएको छ । प्रदेशको कृषि निर्देशनालयका अनुसार अहिले प्रदेशका विभिन्न स्थानमा फलफूलको प्रसोधन, ब्रान्डीङ्ग सहितका योजना चलिरहेका छन् । जसले प्रदेशको आफ्नै पहिचान स्थापना गर्ने गरी योजना अगाडि बढाएको हो । लुम्बिनी प्रदेशको समृद्धिको आधार कृषि हो । जस अनुसार हरेक सरकारले कृषिलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्दै आएका छन् । सोही अनुसार क्षेत्र बिस्तारसँगै उत्पादन र उत्पादकत्व बढेको छ । तर, उत्पादित उपजले सही बजार पाउन सकेको छैन् । त्यसैलाई मध्यनजर गर्दै प्रदेशको कृषि मन्त्रालयले फलफूललाई ब्रान्डिङ तथा प्रशोधन गरि उद्यमका रूपमा विकास गर्न थालिएको छ ।

प्रदेश सरकारको २५ लाख अनुदान तथा हिमाली जैविक कृषि बहुउद्देश्यीय सहकारी संस्थाको लागत साझेदारीमा रुकुम पूर्वको पुथा गाउँपालिकामा स्याउ प्रशोधन गरेर वाइन बनाउने उद्योग स्थापना भैरहेको छ । सहकारीमा आवद्ध जिताराम कामी कृषि विकास निर्देशनालयले सञ्चालन गरेको फलफूल प्रशोधन उद्योग सञ्चालनका लागि आवश्यक तालिममा लिएर अव उत्पादनमा जोड दिने बताउँछन् । तालिममा सिकेको सैद्धान्तिक र प्रयोगात्मक सिप अब उहाँलाई आफ्नै उद्योगमा प्रयोग गर्न सहज हुने उनको भनाइ छ ।

लुम्बिनी प्रदेशमा विशेषतः हिमाली र मध्य पहाडी भेगमा स्याउ, पहाडी जिल्लामा सुन्तला जातका फलफूल तथा तराईका जिल्लाहरूमा आँप र केरा बढी उत्पादन हुन्छ । सिजनका बेलामा उत्पादन हुने उपजले बजार नपाउँदा किसानलाई समस्या भैरहेको थियो । यस्तै प्रदेशको कृषि विकास निर्देशनालयले गुल्मी जिल्लामा केचप उद्योग स्थापनाको लागि सहयोग गरेको छ । यहि आर्थिक बर्षमा केचप उद्योग स्थापनाको लागि सहयोग प्रदान गरिएको कृषि विकास निर्देशनालयका सूचना अधिकारी बष्ठि अर्थ विज्ञ डिल्लीराज पौडेल बताउँछन् । उनका अनुसार उत्पादन बजारीकरणको लागि यसले ठूलो योगदान दिने छ । यस्तै प्रदेश सरकारले अर्घाखाँचीमा किसानहरूको लागि जुस बनाउने उद्योग स्थापनाको लागि तयारी गरिएको छ । सोही अनुसार तालिम समेत प्रदान गरिएको हो । किसानको लागि व्यवसायीक उत्पादन भएपछि खेर गएको बस्तुबाट सर्वत बनाउने गरी योजना भएको अर्घाखाँचीका किसान एकदेव पौडेल बताउँछन् ।

अझ ग्रामीण भेगका किसानले त व्यापारीले गरेको मोलतोलका आधारमा फलफूल बिक्री नगरे खेर फाल्नुपर्ने आवस्था थियो । बजार नपाएको त्यस्तो फललाई अब किसानले विविधीकरणबाट बिक्री गर्न सक्नेछन् । उत्पादन गरिसकेका किसानले व्यवसायलाई स्तरबृद्धि गर्न सहयोग भएको छ । फलफूल उत्पादनका आधारमा प्रशोधन उद्योगका लागि आवश्यक पर्ने वाइन, जाम, जेली, जुस, सर्वत लगायतको तालिम निर्देशनालयले सञ्चालन गरेको हो । कृषिमा औद्योगीकरण गर्दै कृषिलाई आर्थिक समृद्धिको आधार बनाउने लक्ष्य प्रदेश सरकारले लिएको छ । केही समय पहिला प्रदेशको कृष विकास निर्देशनायलयले आयोजना गरेको तालिममा १२ जिल्लाका २२ जना सहकारी, समूह र निजी फार्ममा आवद्ध किसान सहभागी थिए । प्रशोधित उपज बजारमा लैजानु पूर्व अपनाउनुपर्ने कानूनी प्रकृया, गुणस्तर, लेभलीङ र ब्रान्डिङका बारेमा समेत किसानलाई सिकाइएको छ । प्रदेशमा केरा ९२ दशमलब २३ मेट्रिक टन, आँप ५४ हजार, सुन्तला जन्य फलफूल ५२ हजार आठ सय २१ र स्याउ ३९ सय मेट्रिक टन उत्पादन हुँदै आएको छ । नेपाल सकारले आर्थिक बर्ष २०७३/७४ देखि ८१/८२ को बर्षलाई फलफल दशको मनाउने गरी कार्यविधि नै बनाएर काम सुरुवात गरेको छ । फलफूल विकास केन्द्रले यो विषयमा काम गरिरहेको छ । पछिल्लो तथ्याङ्क अनुसार आ.व. २०७१/७२ सम्म देशमा विभिन्न फलफूल वालीहरूले ढाकेको क्षेत्रफल १,५०,३८७ हेक्टर मध्ये १,१०,८०२ हेक्टर बाट कुल फलफूल उत्पादन तथा उत्पादकत्व क्रमश ९.९२,७०३ मे.टन ८.९६ मे. टन/ हे पुगेको देखिन्छ ।
देशभर आवश्यक पर्ने बेर्ना सरकारी तथा नीजि नर्सरीहरूबाट उत्पादन भैरहेका छन् । नेपालमा फलफूलको आयात तथ्याङ्क अनुसार आ.व. २०६६/०६७ मा रु. ९० करोडको फलफूल आयात भएकोमा पाँच वर्षको अवधि आ.व.२०७० /२०७१ मा वृद्धि भएर रु. १२ अर्व १८ करोड पुगेको छ । फलफूलको निर्यात स्थिति हेर्दा आ.ब. २०६६/०६७ मा रु ४८ करोडको फलफूल नेपालबाट निर्यात भएकोमा आ.व. २०६९/०७० मा घटेर रु. ३ करोड ३१ लाख पुगेको तथ्याङ्कले देखाएको छ । फलफूल जन्य उत्पादनहरू जस्तै जुस तथा जाम जस्ता वस्तुहरूको निर्या आ.व. २०६७/०६८ मा रु १ अर्व ४१ करोड भएकोमा वृद्धि भएर आ.व. २०७०/०७१ मा ४ अर्व ४४ करोडको भएको देखिन्छ तर उक्त उत्पादनमा प्रयोग हुने धेरै जसो कच्चा पदार्थ नियमित रूपले स्वदेशमा आपुर्ति हुनु नसकेकोले भारतबाट आयात भएको पाईन्छ । यसरी फलफूलमा वढ्दै गएको व्यापार घाटा, परनिर्भरतामा आश्रित हुनु पर्ने वास्तविकतालाई मध्य नजर गरीदिगो भरपर्दो तथा परिणाम मुखी कार्यक्रम सञ्चालन गर्न अत्यन्त जरुरी छ ।
फलफूलको आवश्यकता, सम्भाव्यता र प्राथमिकताका आधारमा भौगोलिक विविधता एवं विशिष्टताको सदुपयोग गर्दै सम्भाव्य फलफूल, चिया, कफी, पुष्प आदी वागवानीजन्य बालीहरूको व्यवसायिक एवं प्रतिस्पर्धी खेती प्रणालीको विकास विस्तार गरी उत्पादन तथा उत्पाकत्व वृद्धि, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन, खाद्य तथा पोषण सरक्षा, गरिवी न्यूनीकरण र जीवनस्तर सुधारमा योगदान पुर्याउने उद्देश्यले फलफूल खेतीमा जोड दिइएको फलफूल विकास केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?