ट्रेंडिंग:

>> भैरहवा विमानस्थलः उडान आन्तरिक, शुल्क अन्तर्राष्ट्रिय >> व्यापार मन्दीको ज्योतिषीय कारणहरू र समाधानको उपाय >> रोटरी क्लव अफ बुटवल चौतारीद्वारा सदस्यहरुलाई अभिमुखीकरण >> बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू >> कृषकको आम्दानी बढाउन बाख्रापालन >> ९९ वर्षकी कमलादेवीको सफल उपचार >> प्रतिष्ठानले प्रकाशन शुरु गर्यो आफ्नै बैज्ञानिक जर्नल ! >> नेपालको राजनीतिमा महामानव विपि >> सिमलताल बस दुर्घटना : हराएका यात्रु र बसको खोजीका लागि भारतीय उद्धार टोली खटिँदै >> मनसुनको एक महिना : बाढी, पहिरो र चट्याङबाट दुई सयको मृत्यु >> गुरुत्वले पूर्ण गुरु डा. स्वामी रामानन्द गिरि >> विभेदले जन्मिएकी अभियन्ता >> अखिल क्रान्तिकारीद्वारा बुटवल क्याम्पसमा छात्रा भेला >> नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन >> दाङ जिल्ला अदालतमा १८ महिना कटेका मुद्दा शुन्य >> आजको मौसम : देशका केही ठाउँमा भारी वर्षाको संभावना >> पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भेटियो भाइरस >> जलवायु परिवर्तनको जोखिममा सिमान्तकृत समुदाय >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> उच्च अदालतको ठहर– गौशाला–२६ बालिग नै हुन्, सन्दीपसँगका सबै घटनाक्रम सहमतिमै >> सडक बत्ती जडानमा अनियमितताको आरोप >> उपसभामुख रानालाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी >> महिला एसिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जित, यूएई ६ विकेटले पराजित >> उपसभामुख रानामगरले भनिन्- करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियो >> महिला एशिया कप: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य >> नाबालिका वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ >> माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित >> रगत अभाव रोक्न रक्तदान अभियान >> प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> महिला एसिया कप : यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने >> राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई शुभकामनासहित बिदाई >> संसद भवनको निर्माण ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफल >> सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत >> त्रिशुलीमा हाम फालेर ट्रकका सहचालक बेपत्ता >> ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन-युक्रेनी राष्ट्रपति जेलेन्स्की >> मौद्रिक नीति सार्बजनिक आज नहुने >> सिंहदरबारमा खादा र मालाको लर्को छोडेर उद्धार तथा राहतमा ध्यानदिन सरकारसँग कांग्रेस नेता महरको आग्रह >> नवलपुरमा कोरा साइक्लिङ >> क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स >> बुटवल ईजलासमा आठ वर्षयताकै उच्च फैसला >> रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु >> आज देशैभर भारी वर्षाको चेतावनी >> विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै >> नगरसभा नहुँदा बजेटविहीन लमही >> वडाध्यक्षले पढाउँछन् निःशुल्क ट्युसन कक्षा >> पाल्पाका सहरी क्षेत्रका बालबालिकामा कुपोषण बढि >> शिक्षकमाथिको भेदभाव रोकिने कहिले ? >> जग्गामा महिला स्वामित्व बढ्दै >> राहदानीबाट ६ करोड राजस्व

जलमग्न शहरः दोषी को ?

२४ असार २०८१, सोमबार
२४ असार २०८१, सोमबार

यही बैशाख २९ गतेको राती केहीबेर पानी परेपछि बुटवलको मुख्य बजार क्षेत्र अमरपथ डुवानमा प¥यो । कालिकानगरमा रहेको होराईजन स्कूलले त कक्षा संचालन गर्न नसकिने भनेर बिदा नै दियो । असारको दोश्रो साता पहिलोपटक ठूलो पानी पर्ने बित्तिकै भैरहवाको बैंकरोड जलमग्न भयो । असारको २१ र २२ गते परेको पानीले गर्दा नेपालका बिराटनगर, बिरगञ्ज, हेटौडा, काठमाण्डौ, पोखरा, धनगढ़ी लगायतका शहरका विभिन्न वस्तीहरू डुवानमा परेका समाचारहरू आईरहेका छन् । लुम्बिनी प्रदेशको राजधानी रहेको राप्ती गाउँपालिकाका खोला खोल्साहरूको पानी छेउछाउको क्षेत्रमा फैलिएर प्रदेश सरकारका मन्त्रालयहरू रहेको क्षेत्र डुवानमा पर्दा मन्त्रालय र अन्य सरकारी कार्यालयहरूमा पानी पसेका दृश्यहरू सामाजिक संजालमा आईरहेका छन् । पानी पर्नासाथ शहरभित्रका सडक नदी बन्ने दृश्य शहरी क्षेत्रका लागि अब नौलो रहेन् । ठूला खोलाहरू नभएको र ठूलो पानी पनि नपर्दै नगरपालिकाका मुख्य क्षेत्रहरू डुवानमा पर्दा हाम्रो ठाउँको शहरीकरणको भविष्य कस्तो होला भन्ने प्रश्न उब्जिएको छ ।
शहरी क्षेत्रमा डुबान हुनुमा मानवीय दोष नै बढी रहेको देखिन्छ । तराईका कुनैपनि नगरपालिकाहरू योजनावद्ध ढंगले निर्माण गरिएका नगरपालिकाहरू हैनन् । आफूखुसी ढंगले घर र सडक निर्माण गरेर बाक्लो वस्तीहरू बनेका क्षेत्र नै अहिलेका नगरपालिकाहरू हुन् । मुख्य बजार क्षेत्र र महंगा घडेरी भएका अन्य क्षेत्रमा घर बनाउँदा खाली जमिन छोड्ने चलन छैन । जसले गर्दा वर्षातको पानी जमिन भित्र सोसिने ठाउँ समेत पाइदैन । शहरी क्षेत्रमा वर्षाको पानी जमीनभित्र प्रवेश गर्न नपाउँदा सबैजसो पानी बाटो र नालाबाट बग्दै गएर खुला ठाउँमा पुग्ने गरेको पाइन्छ । कतै खुला ठाउँ फेला नपर्दासम्म सडक, नाला हुदै छेउछाउका घर भित्र समेत भेलको रूपमा यस्तो पानी पस्ने गरेको छ ।
शहरी क्षेत्र डुवानमा पर्नुको अर्को मुख्य कारण सडक निर्माणमा गरिएको लापरवाही हो । भैरहवा, परासी, लुम्बिनी, तौलिहवा, नेपालगंजको अधिकांश भु–सतह होचो भएकोले वर्षातको समयमा पानी जम्ने सम्भावना बढी हुन्छ । यी क्षेत्रमा होचो भागमा जम्मा भएको पानी घोलाको रूपमा बग्ने गर्दथ्यो । पछिल्लो समयमा यी नगरपालिकाम मुख्य र भित्री सडक निर्माणमा तीव्रता आएको छ । नाली मिचेर सडक बनाउने, सडकको विचमा पानी निकासको लागी कल्भर्ट नराख्ने, वरिपरिको जमिन भन्दा धेरै अग्लो सडक बनाउने गरिएकोले सडकहरूले वर्षातको समयमा बाँधको काम गरेकोले पानी निकास हुन नसक्दा शहरी क्षेत्रमा डुवान हुने गरेको देखिन्छ । शहरी क्षेत्र र घना बसोवास क्षेत्रहरूमा ढल निकासको व्यवस्था छैन र बनाइएका ढलहरू पनि मर्मत सम्भारको कमीले गर्दा भत्किएका र पुरिएका छन् । ढलको अभावले गर्दा वर्षायाममा घना वस्ती र बजारको पनि सडक र घरहरूको विचबाट बग्ने गरेको छ । आफ्नो घर अगाडिको नाला र ढल आफुले मिच्ने, पुर्ने अनि वर्षायाममा बाटोले ढलको रूप लिँदा सरकारलाई सराप्ने प्रवृतिले गर्दा शहरी क्षेत्रमा डुवान समस्या बढिरहेको छ ।
अचेल पानी पर्नासाथ बुटवल–बेलहिया सडकमा यातावात नै अवरुद्ध हुनेगरी डुवान हुने गरेको छ । सडक छेउमा नाला बनाउदा फलामे हुक भएका सिमेन्टेड स्लाब प्रयोग गरिएको छ । स्लाबमा भएका हुकमा फोहरमैला अड्किएर सडक किनारको नाली भरिएको र अधिकांश ठाउँमा सडक भन्दा नाली अग्लो भएकोले सडक किनारको नालीबाट नभई मुख्य सडकमा नै वर्षातको पानी खोला जस्तै गरि बग्ने गरेको छ । सडक बनाउँदा नाली बनाइएको भएपनि त्यो नालीको पानी बगेर जाने अर्थात् ढल निकासको गन्तब्य नै छैन, जसले गर्दा सडक सधैभरी वर्षातको समयमा खोला बन्ने र सडकले शहरी क्षेत्रमा दिर्घकालिन रूपमा डुवान समस्या उत्पन्न गरिरहने संकेत देखा परिसकेका छन् ।
तराईका किसानहरू नदीमा आधारित सिंचाइमा आश्रित रहदै आएका छन् । सिँचाइका लागि किसानहरूले तराइमा कुलो र नहरको जालो नै निर्माण गरेका छन् । यी कुलाहरूले सिंचाइमा सघाएका मात्र छैनन्, वर्षातको ढल निकासको काम समेत गरिरहेका छन् । तराईका पुराना शहर र त्यसको छेउछाउका क्षेत्रमा वस्ती विस्तार हुदै जाँदा प्लटिंग र सडक निर्माणले तिब्रता पाएको छ, जसको प्रत्यक्ष असर त्यहाँका कुलोहरूमा परेको छ । कुलोलाई साँघुरो पारेर घर, पर्खाल बनाइएको कारणले जीवित कुलोहरू पनि अत्यन्त साघुरा बनेका छन् । अतिक्रमणले गर्दा बर्दघाट, सुनवल, देवदह, बुटवल, तिलोत्तमा, सैनामैना नगरपालिकाका बजार क्षेत्रका कुलोहरू अहिले हराइसकेका छन् । केही ठाउँका कुलोहरू चुरेको खहरे खोलाका कारणले भुक्षयको चपेटामा परेर हराउदै गैरहेका छन् ।
सबै नगरपालिका र नगरोन्मुख क्षेत्रका खोला र घोलाहरू पुरिएका र खुम्चिएका छन् । २ दशक अघिसम्म २० फुटसम्म चौडा भएका कुला र खोल्साहरू अहिले ३ फुटमा सिमित गरिएको छ । खासगरी शहरी क्षेत्रमा रहेका पानीका प्राकृतिक वहावको रूपमा रहेका खोल्सा, घोला र खोलाहरू मिचेर पर्खाल लगाएर घर र अन्य भौतिक निर्माण गर्ने क्रम बढ्दो छ । नदी उकास जग्गामा वस्ती बसाल्ने र नदीलाई नै साघुरो बनाउदै जाने प्रवृति जताततै बढिरहेको छ. । नदी साघुरो हुँदा लामो समय भएको वर्षाको पानीलाई नदीले थेग्न सक्दैन र बाढी बनेर वस्तीमा पस्ने गरेको छ.। परासी, बर्दघाट र खैरेनी बजार डुबानमा पर्नुको मुख्य कारण यहि हो । अहिले शहरी क्षेत्रमात्र नभएर नगरोन्मुख क्षेत्रमा समेत वर्षातको पानी बगेर निस्कने प्राकृतिक संरचनाहरू नै जीवित छैनन् । आकाशबाट परेको र चुरेको क्षेत्रबाट आएको पानी सोसिने ठाउँ नहुने र जम्मा भएको पानी बाहिर निस्कने ठाउँ समेत अति कम भएको कारणले गर्दा शहरी क्षेत्रमा डुवानको समस्या विस्तारै बढ्दै गएको छ ।
शहरी क्षेत्रमा हुने डुवान जल उत्पन्न प्रकोप नभएर मानव निर्मित प्रकोप हो । खोलाको बाढी पसेर डुवान हुनुलाई स्वाभाविक मान्न सकिन्छ तर अव्यवस्थित बसोबास, अदुरदर्शी तथा अबैज्ञानिक भौतिक निर्माण जस्ता कारणले भैरहेको डुवानका मुख्य दोषी स्थानीय वासिन्दा, नगरपालिका र भौतिक निर्माणका कामहरू गर्ने सरकारी निकाय नै हुन् । केही व्यक्तिहरूको स्वार्थ र जिम्मेवार निकायको लापरवाहीको कारणले शहरी क्षेत्रमा डुवान समस्या बढिरहेको छ र त्यसबाट शहरी क्षेत्रको बसाइ, सुन्दरता, आवतजावत र ढल निकासमा प्रतिकुल असर परिरहेको छ । शहरी क्षेत्रमा हुने डुवानले बर्षेनी व्यवसायिक क्षेत्रले ठूलो क्षति भोग्दै आएको छ । अहिले यो समस्यालाई गम्भीर रूपमा हेरिएन भने आउँदा वर्षहरूमा नगरवासीहरूले अझै बढी डुवान समस्या भोग्नुपर्ने अवस्था आउने निश्चित छ । त्यसैले तिनै तहका सरकारले हिम्मत गरेर पहिलेका खोला, कुलो र खोल्साहरूमा भएका अतिक्रमणलाई हटाएर पूर्ववत अवस्थामा ल्याउने कार्य गर्नुपर्छ । भित्री सडक बनाउँदा अनिवार्य रूपमा नालाहरू बनाउने र ती नालीहरूमा बग्ने पानीको निकासको व्यवस्था समेत गर्नुपर्छ । मुख्य राजमार्गका नालीहरू सफा गर्ने र त्यसको निकासको व्यवस्था गरेमा राजमार्गमा बग्ने खोलालाई नियन्त्रण गर्न सकिन्छ । आफुले घर बनाउँदा र आफ्नो क्षेत्रमा भौतिक निर्माणका कामहरू हुँदा पानीको निकास रोकिनु हुदैन भन्ने कुरामा सचेत हुने हो भने पक्कैपनि शहरी डुबान समस्या अन्त्य गर्न सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?