ट्रेंडिंग:

>> बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू >> कृषकको आम्दानी बढाउन बाख्रापालन >> ९९ वर्षकी कमलादेवीको सफल उपचार >> प्रतिष्ठानले प्रकाशन शुरु गर्यो आफ्नै बैज्ञानिक जर्नल ! >> नेपालको राजनीतिमा महामानव विपि >> सिमलताल बस दुर्घटना : हराएका यात्रु र बसको खोजीका लागि भारतीय उद्धार टोली खटिँदै >> मनसुनको एक महिना : बाढी, पहिरो र चट्याङबाट दुई सयको मृत्यु >> गुरुत्वले पूर्ण गुरु डा. स्वामी रामानन्द गिरि >> विभेदले जन्मिएकी अभियन्ता >> अखिल क्रान्तिकारीद्वारा बुटवल क्याम्पसमा छात्रा भेला >> नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन >> दाङ जिल्ला अदालतमा १८ महिना कटेका मुद्दा शुन्य >> आजको मौसम : देशका केही ठाउँमा भारी वर्षाको संभावना >> पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भेटियो भाइरस >> जलवायु परिवर्तनको जोखिममा सिमान्तकृत समुदाय >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> उच्च अदालतको ठहर– गौशाला–२६ बालिग नै हुन्, सन्दीपसँगका सबै घटनाक्रम सहमतिमै >> सडक बत्ती जडानमा अनियमितताको आरोप >> उपसभामुख रानालाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी >> महिला एसिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जित, यूएई ६ विकेटले पराजित >> उपसभामुख रानामगरले भनिन्- करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियो >> महिला एशिया कप: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य >> नाबालिका वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ >> माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित >> रगत अभाव रोक्न रक्तदान अभियान >> प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> महिला एसिया कप : यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने >> राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई शुभकामनासहित बिदाई >> संसद भवनको निर्माण ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफल >> सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत >> त्रिशुलीमा हाम फालेर ट्रकका सहचालक बेपत्ता >> ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन-युक्रेनी राष्ट्रपति जेलेन्स्की >> मौद्रिक नीति सार्बजनिक आज नहुने >> सिंहदरबारमा खादा र मालाको लर्को छोडेर उद्धार तथा राहतमा ध्यानदिन सरकारसँग कांग्रेस नेता महरको आग्रह >> नवलपुरमा कोरा साइक्लिङ >> क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स >> बुटवल ईजलासमा आठ वर्षयताकै उच्च फैसला >> रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु >> आज देशैभर भारी वर्षाको चेतावनी >> विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै >> नगरसभा नहुँदा बजेटविहीन लमही >> वडाध्यक्षले पढाउँछन् निःशुल्क ट्युसन कक्षा >> पाल्पाका सहरी क्षेत्रका बालबालिकामा कुपोषण बढि >> शिक्षकमाथिको भेदभाव रोकिने कहिले ? >> जग्गामा महिला स्वामित्व बढ्दै >> राहदानीबाट ६ करोड राजस्व >> शान्ति नमुना माविको व्यवहारिक सीप कार्यक्रमः विद्यार्थीलाई ‘गड्यौला पैँचो’ >> एसीसी महिला टी–२० एसिया कप क्रिकेट: नेपालले युएईको सामना गर्दै >> रातिदेखिको वर्षाले रुपन्देही, पाल्पा, चितवन, सिन्धुपाल्चोक र काठमाण्डौमा बाढी

तिनाउ तटीय क्षेत्रमा पूर्व सतर्कता

२३ असार २०८१, आईतवार
२३ असार २०८१, आईतवार

शुक्रवार रातीदेखि परिरहेको अबिरल बर्षाका कारण तिनाउ नदी किनारको तटीय क्षेत्रमा बाढीको जोखिम बढेकोले स्थानीय नदी किनारका बस्तीमा सावधानी अपनाउनु आवश्यक छ । तिनाउको जल सतह धेरै माथि आएको कारण बाढी बस्तीमा पस्ने चिन्ता उत्पन्न भएको छ । तिनाउको तल्लो तटीय क्षेत्रको बस्ती हरेक बर्ष जोखिममा पर्नेगर्छ । अहिलेपनि भीषण बर्षा भएकोले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनु पर्ने जरूरी छ । त्यसैपनि पछिल्लोसमय नेपालका विभिन्न स्थानमा बाढी र डुबानको खतरा देखिएको छ । आगामी केही दिन नेपालमा धेरै वर्षा हुने मौसमवीदहरूले जनाएका छन । मौसमवीदहरूको चेतावनीसंगै बाढी पहिरोको प्रकोपजन्य घटनामा पूर्व सतर्कता आवश्यक देखिएको छ । अविरल बर्षाका कारण तिनाउ नदीको किनारमा बाढीको खतरासंगै दक्षिण क्षेत्रमा डुवानले धेरै क्षति पु¥याउन सक्छ । तिनाउसंगै पानी देशैभरी परिरहेकोले सवैतिर साबधानी आवश्यक भएको छ । तराईमा बाढी र पहाडमा पहिरोको प्रकोप प्रत्येक वर्षको नियमित प्रकृया जस्तै वनेको छ । यो वर्षपनि ठूलो पानीसंगै देशका विभिन्न स्थानमा डुवानको समस्या बढ्दै गएको छ । सरकारले विपद्अघि गर्नुपर्ने पूर्वतयारीमा ध्यान नदिँदा ठूलो जनधनको क्षति हुने गरेको छ । हरेक वर्ष विपद्को सामना गर्नुपर्ने मुलुकले पूर्व तयारीमा ध्यान दिन नसक्नुलाई बिडम्वना नै मान्नुपर्दछ । अर्कोतर्फ बाढी पहिरो आउने बेलामै गरिने तयारीका कामले प्रकोप नियन्त्रणभन्दा पनि विनास निम्त्याउने गरेको छ । पछिल्लोसमय वर्षाजन्य प्रकोपका घटना पहाडी क्षेत्रमा बढी भएको छ । पहाडमा विकास नभएको भन्दै जथाभावी बाटो लैजाने नाममा डोजर चलाईदाको परिणाम अहिले पहिरोको प्रकोप बढी देखिएको छ । विकासका नाममा देशभर नै अवैज्ञानिक तवरबाट खनिएका सडक अहिले पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसको लागि अभिषाप बन्दै आएको छ । बाढी पहिरोको जोखिम बढिरहेको बेला प्रकोप पूर्व तयारीका कुनैपनि कार्यक्रम प्रभावकारी ढंगले भएको छैन । निश्चितरूपमा संघीय, प्रदेश र स्थानीय तहले विपद पूर्वको तयारीमा ध्यान नदिने हो भने बाढी पहिरोको कहर नेपालको कहिल्यै अन्त्य नहुने श्रृंखला बन्ने छ । त्यसकारण प्रकोपका घटनामा कमी ल्याउन सवैले आ–आफ्नो जिम्मेवारी र दायित्व सम्झिएर अघि बढ्नु जरुरी छ । अर्कोतर्फ तराईका नदी किनारको वस्ती सुरक्षित वनाउनेतर्फ आवश्यक गृहकार्य नहुँदा वर्षायाममा धेरै क्षति व्योहोर्नु परिरहेको छ । अव सोच्नुपर्ने यही वस्ती र त्यहाँ वसोवास गर्ने मानवीय अस्तित्वका लागि हो । नदी किनारका वस्तीहरूमा कतिखेर बाढी पस्ने हो भन्ने त्राहीमाम छ । अर्कोतर्फ नदी किनारमै अव्यवस्थित वस्ती बस्दा विभिन्न संकटहरू उत्पन्न भएका छन । यद्यपि संभावित जोखिमवाट वच्नेतर्फ समयमै सचेतना अपनाउनु पर्ने आवश्यकतामा भने जोड दिनैपर्दछ ।

मौसम पूर्वानुमान महाशाखाले शनिवार विहान तिनाउ नदीले खतराको सतह पार गरेकोले सम्भावित जोखिमवाट वच्न नदी किनारका बासिन्दालाई सचेत हुन आग्रह गरेको छ । यद्यपि पानी आउने र रोकिने क्रम भैरहेको छ । बाढी कतिखेर बढेर आउँछ भन्ने पूर्वानुमान गर्न सकिदैन । किनभने तिनाउको मुहानमा भीषण बर्षा भयो भने तल्लो तटीय क्षेत्र जोखिममा पर्छ तसर्थ बाढी आउनुपूर्व नै सावधानी अपनाउनु आवश्यक छ । बाढी आउनुपूर्व सचेत हुन सकियो भने बाढीले पु¥याउने क्षतिबाट बच्न सकिन्छ । अतः अहिलेको आवश्यकता भनेको संभावित बाढीको जोखिमबाट बच्ने र पूर्व तयारीका कामलाई अघि बढाउने हो । यस बिषयमा स्थानीय बासिन्दामात्रै होइन पालिकाहरूको समेत ध्यानाकर्षण होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?