ट्रेंडिंग:

>> बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू >> कृषकको आम्दानी बढाउन बाख्रापालन >> ९९ वर्षकी कमलादेवीको सफल उपचार >> प्रतिष्ठानले प्रकाशन शुरु गर्यो आफ्नै बैज्ञानिक जर्नल ! >> नेपालको राजनीतिमा महामानव विपि >> सिमलताल बस दुर्घटना : हराएका यात्रु र बसको खोजीका लागि भारतीय उद्धार टोली खटिँदै >> मनसुनको एक महिना : बाढी, पहिरो र चट्याङबाट दुई सयको मृत्यु >> गुरुत्वले पूर्ण गुरु डा. स्वामी रामानन्द गिरि >> विभेदले जन्मिएकी अभियन्ता >> अखिल क्रान्तिकारीद्वारा बुटवल क्याम्पसमा छात्रा भेला >> नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन >> दाङ जिल्ला अदालतमा १८ महिना कटेका मुद्दा शुन्य >> आजको मौसम : देशका केही ठाउँमा भारी वर्षाको संभावना >> पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भेटियो भाइरस >> जलवायु परिवर्तनको जोखिममा सिमान्तकृत समुदाय >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> उच्च अदालतको ठहर– गौशाला–२६ बालिग नै हुन्, सन्दीपसँगका सबै घटनाक्रम सहमतिमै >> सडक बत्ती जडानमा अनियमितताको आरोप >> उपसभामुख रानालाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी >> महिला एसिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जित, यूएई ६ विकेटले पराजित >> उपसभामुख रानामगरले भनिन्- करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियो >> महिला एशिया कप: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य >> नाबालिका वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ >> माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित >> रगत अभाव रोक्न रक्तदान अभियान >> प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> महिला एसिया कप : यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने >> राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई शुभकामनासहित बिदाई >> संसद भवनको निर्माण ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफल >> सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत >> त्रिशुलीमा हाम फालेर ट्रकका सहचालक बेपत्ता >> ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन-युक्रेनी राष्ट्रपति जेलेन्स्की >> मौद्रिक नीति सार्बजनिक आज नहुने >> सिंहदरबारमा खादा र मालाको लर्को छोडेर उद्धार तथा राहतमा ध्यानदिन सरकारसँग कांग्रेस नेता महरको आग्रह >> नवलपुरमा कोरा साइक्लिङ >> क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स >> बुटवल ईजलासमा आठ वर्षयताकै उच्च फैसला >> रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु >> आज देशैभर भारी वर्षाको चेतावनी >> विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै >> नगरसभा नहुँदा बजेटविहीन लमही >> वडाध्यक्षले पढाउँछन् निःशुल्क ट्युसन कक्षा >> पाल्पाका सहरी क्षेत्रका बालबालिकामा कुपोषण बढि >> शिक्षकमाथिको भेदभाव रोकिने कहिले ? >> जग्गामा महिला स्वामित्व बढ्दै >> राहदानीबाट ६ करोड राजस्व >> शान्ति नमुना माविको व्यवहारिक सीप कार्यक्रमः विद्यार्थीलाई ‘गड्यौला पैँचो’ >> एसीसी महिला टी–२० एसिया कप क्रिकेट: नेपालले युएईको सामना गर्दै >> रातिदेखिको वर्षाले रुपन्देही, पाल्पा, चितवन, सिन्धुपाल्चोक र काठमाण्डौमा बाढी

बिमानस्थल चलाउने उपायको खोजी

२० असार २०८१, बिहीबार
२० असार २०८१, बिहीबार

सञ्चालनमा आएको दुई बर्ष पूरा हुँदा पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट बाह्य उडान बढ्न नसक्दा यस क्षेत्रका पर्यटन व्यवसायी चिन्तित बन्नुपरेको छ । बिमानस्थलले अन्तर्राष्ट्रिय उडान नपाउँदा नेपाल सरकारको लगानी समेत नउठ्ने चिन्ता छ । बिमानस्थल सञ्चालनमा समस्या देखिएपछि प्रतिनिधि सभा सार्वजनिक लेखा समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएका समस्याका बारे अध्ययन गर्न पूर्व पर्यटनमन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठन गरेको छ । समितिले विमानस्थल अवलोकन गर्नुका साथै सरोकारवालासँग छलफल गरेको छ । समितिले विमानस्थलको ऐतिहासिक पृष्ठभूमि, निर्माणमा गरिएको जम्मा लगानी, वैदेशिक ऋण, अनुदान, स्वदेशी, निर्माणको आवश्यकता र औचित्य, निर्माणमा रहेका त्रुटी, विमास्थलको क्षमता र विस्तार, उद्देश्य बमोजिमको प्रतिफलको सुनिश्चितता, भारतसँगको सीमानाका कारण विमानस्थल प्रयोगको चुनौती, अन्य समस्या तथा चुनौती, विमानस्थल निर्माणको उद्देश्यअनुरूपको उपयोगको सुनिश्चितता सहितको भावी कार्ययोजना लगायतका विषयमा छलफल गरेको छ । छलफलबाट बिमानस्थलमा रहेका समस्या समाधानमा सहयोग पुग्ने विश्वास गरिएको छ । विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पूरा भइसक्दा पनि उडान संख्या वृद्धि नहुँदा स्थानीय व्यवसायी निराश भएका छन् । ०७९ जेठ २ बाट विमानस्थल सञ्चालनमा आएको थियो । सञ्चालनको पहिलो वर्ष जजिरा एयरलायन्सले नियमित उडान भरेको कारण उत्साह सिर्जना भएको थियो तर जजिराले हाल उक्त उडान रोकेपछि बिमानस्थल वरिपरीको वातावरण सुनसानमात्रै बनेको छैन, विमानस्थलबाट रोजगारीसंग जोडिएको धेरै क्षेत्रमा असर पुगेको छ । एक्काइसौँ शताब्दीमा हवाईयात्रीको संख्या विश्वमा अभूतपूर्व रूपले बढिरहेको छ, बढ्ने क्रम जारी छ तर नेपालमा सञ्चालनका लागि तयार रहेका विमानस्थल समेत सञ्चालनमा आउन नसक्नु चिन्ताको बिषय हो । अहिले केही घण्टाको अन्तरालमा संसारको एउटा कुनाबाट अर्को कुनामा पुग्नु सामान्य भएको छ । यो सबै आधुनिक विमान र त्यसै अनुरूपको विमानस्थल निर्माणले सम्भव भएको हो । तर, दुई बर्ष पूरा हुँदा पनि विमास्थलले संचालन खर्च समेत उठाउन नसक्नुका पछि कहाँनेर समस्या छ, त्यसको निराकरणमा अव ध्यान दिएर समाधानको खोजीतर्फ लाग्नुपर्दछ । त्रिभुवन विमानस्थलको विकल्पमा भैरहवामा गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनु हामी सबै नेपालीका लागि खुसीको कुरा हो । तर, यसको संचालनमा समस्या आउनु चिन्ताको बिषय हो । अर्को कुरा छिमेकी भारतको असहयोगले गर्दा गोरखपुर (भारत) को आकाश मार्ग हुँदै छोटो समयमा अवतरण गर्न सक्ने जहाज भैरहवाभन्दा धेरै पर रहेको सिमरा क्षेत्रको आकाश मार्ग प्रयोग गर्दै पूर्वबाट पश्चिम अनावश्यक चक्कर लगाउन बाध्य हुनुपरेको छ ।

भारतले कुशीनगर (बुद्धले निर्वाण गरेको ठाउँ) मा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण सम्पन्न गरेर केही महिनाअघि उडान गर्न उसलाई कुनै सुरक्षाको समस्या भएन । तर, गौतमबुद्ध बिमानस्थललाई उडान गर्न आकास उपलब्ध गराउन समस्या भयो । भारतको असहयोग विमानस्थल पूर्ण क्षमतामा संचालनमा नआउनुको प्रमुख कारणमध्ये एक हो । भारतले गोरखपुरमा भारतीय वायुसेनाको सानो छाउनीको कुरा निकाल्दै नेपाललाई हवाई मार्ग दिन चाहेको छैन । वर्षौं अघिदेखि नेपालले उक्त हवाई मार्ग प्रयोग गर्न दिन भारतसित अनुरोध गरे पनि हालसम्म स्वीकृति नदिनु भारतको हेपाहा प्रवृत्ति हो । नेपाल तथा भारत दुवै आइकावो (अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन) को सदस्य भएकाले भारतले नेपाललाई आफ्नो आकाश मार्ग दिन्नँ भन्न सक्दैन । यसका लागि नेपालले उच्च राजनीतिक तहबाट अग्रसरता लिई यो समस्याको निराकरण गर्नेतर्फ लाग्नुपर्छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा आउन खुसी भएका हामी नेपाली त्यसको संचालनमा समस्या हुँदा समाधानको लागि सरकारलाई दवाव किन दिदैनौ ? सरकारले पनि भारतसंग कुटनीतिक रूपमै भारतीय आकास उपलब्ध गराउने बिषयमा पहल गरोस् । अर्बौं ऋण सहयोग लिएर बनाएको विमानस्थल कतै प्रयोगमा नआएरै थन्कियो भने त्यो नेपालकै लागि दुर्भाग्य हुनेछ । अतः बिमानस्थल संचालनमा दवाव दिनु जरुरी छ । संसदीय समितिले समेत यस बिषयमा आफ्नो रिपोर्ट दिनेछ । जसबाट बिमानस्थल संचालनका लागि सहज हुने अपेक्षा गर्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?