ट्रेंडिंग:

>> भैरहवा विमानस्थलः उडान आन्तरिक, शुल्क अन्तर्राष्ट्रिय >> व्यापार मन्दीको ज्योतिषीय कारणहरू र समाधानको उपाय >> रोटरी क्लव अफ बुटवल चौतारीद्वारा सदस्यहरुलाई अभिमुखीकरण >> बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू >> कृषकको आम्दानी बढाउन बाख्रापालन >> ९९ वर्षकी कमलादेवीको सफल उपचार >> प्रतिष्ठानले प्रकाशन शुरु गर्यो आफ्नै बैज्ञानिक जर्नल ! >> नेपालको राजनीतिमा महामानव विपि >> सिमलताल बस दुर्घटना : हराएका यात्रु र बसको खोजीका लागि भारतीय उद्धार टोली खटिँदै >> मनसुनको एक महिना : बाढी, पहिरो र चट्याङबाट दुई सयको मृत्यु >> गुरुत्वले पूर्ण गुरु डा. स्वामी रामानन्द गिरि >> विभेदले जन्मिएकी अभियन्ता >> अखिल क्रान्तिकारीद्वारा बुटवल क्याम्पसमा छात्रा भेला >> नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन >> दाङ जिल्ला अदालतमा १८ महिना कटेका मुद्दा शुन्य >> आजको मौसम : देशका केही ठाउँमा भारी वर्षाको संभावना >> पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भेटियो भाइरस >> जलवायु परिवर्तनको जोखिममा सिमान्तकृत समुदाय >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> उच्च अदालतको ठहर– गौशाला–२६ बालिग नै हुन्, सन्दीपसँगका सबै घटनाक्रम सहमतिमै >> सडक बत्ती जडानमा अनियमितताको आरोप >> उपसभामुख रानालाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी >> महिला एसिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जित, यूएई ६ विकेटले पराजित >> उपसभामुख रानामगरले भनिन्- करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियो >> महिला एशिया कप: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य >> नाबालिका वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ >> माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित >> रगत अभाव रोक्न रक्तदान अभियान >> प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> महिला एसिया कप : यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने >> राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई शुभकामनासहित बिदाई >> संसद भवनको निर्माण ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफल >> सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत >> त्रिशुलीमा हाम फालेर ट्रकका सहचालक बेपत्ता >> ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन-युक्रेनी राष्ट्रपति जेलेन्स्की >> मौद्रिक नीति सार्बजनिक आज नहुने >> सिंहदरबारमा खादा र मालाको लर्को छोडेर उद्धार तथा राहतमा ध्यानदिन सरकारसँग कांग्रेस नेता महरको आग्रह >> नवलपुरमा कोरा साइक्लिङ >> क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स >> बुटवल ईजलासमा आठ वर्षयताकै उच्च फैसला >> रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु >> आज देशैभर भारी वर्षाको चेतावनी >> विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै >> नगरसभा नहुँदा बजेटविहीन लमही >> वडाध्यक्षले पढाउँछन् निःशुल्क ट्युसन कक्षा >> पाल्पाका सहरी क्षेत्रका बालबालिकामा कुपोषण बढि >> शिक्षकमाथिको भेदभाव रोकिने कहिले ? >> जग्गामा महिला स्वामित्व बढ्दै >> राहदानीबाट ६ करोड राजस्व

नियन्त्रण अभियानमा ढिलाई किन र?

१९ असार २०८१, बुधबार
१९ असार २०८१, बुधबार

अहिले हरेक दिन बर्षा भैरहेको छ । बर्षाका कारण गाउँ र शहर बजार सवैतिर कुलो, ढल, नाली भरिएका छन । फोहरका कारण भरिएका ती ढल तथा नाली र कुलोहरू मच्छटको आहालमा परिणत भएका छन । बर्षा लागेसंगै डेंगुको जोखिम नेपालका ७२ जिल्लासम्म पुगेको छ । अहिले के तराई के पहाड सवैतिर डेंगुको जोखिम बढेको छ । त्यसमाथि तराईमा झनै डेंगु बढेको छ । संघीय राजधानी काठमाण्डौं समेत अहिले डेंगुको उच्च जोखिममा छ । हरेक दिन हुने बर्षा र डुवानले लामखुट्टेको प्रकोप बढ्ने समय आएको छ । नेपालमा बर्षेनी डेंगुको प्रकोप बढ्दै गएको छ । यो बर्ष डेंगुको प्रभाव बढ्दै गएको छ । नेपालका तराईका जिल्लाहरूमा डेंगुको संक्रमण यसरी नै बढ्दै जाने हो भने यसले भयावह अवस्था सिर्जना गराउन सक्छ । तराईका चितवन, रूपन्देही, नवलपरासी र कपिलवस्तु जिल्ला डेंगु रोगको संभावित जोखिमयुक्त जिल्ला हुन । डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने सरुवा रोग हो । लामखुट्टेले टोकेपछि सर्ने यो रोग नियन्त्रणका लागि सम्वन्धित जिल्लाका स्वास्थ्य संस्थाहरूको ध्यानाकर्षण हुनु जरुरी देखिएको छ । होइन भने यसको संजालभित्र अव गरिवमात्र होइन सम्भ्रान्त धनी वर्गका मानिसपनि पर्नुपर्ने निश्चित छ ।

गएका वर्षहरूमा विभिन्न जिल्लामा डेंगुको संक्रमण फैलिन नदिनकालागि लामखुट्टे खोज र नष्ट गर अभियान नगरपालिकाहरूले सञ्चालन गर्दै आएका थिए । तर, यो बर्ष अहिलेसम्म खोज र नष्ट गर अभियान सञ्चालन भएको छैन । अभियान सञ्चालनमा धेरै ढिलाई भएको छ । हरेक बर्ष चलाईने अभियानले निश्चितरूपमा डेंगु नियन्त्रणका लागि ठूलो भूमिका खेल्छ । तर, अव यत्तिले मात्र नपुग्ने अवस्था आएको छ । यसमा सिंगो सरकार र नागरिक समाजको ध्यानाकर्षण हुनु जरुरी देखिएको छ । नागरिकको जीवन रक्षा गर्ने दायित्व सरकारको हो । स्वयं व्यक्तिको भूमिका अझै धेरै हुन्छ । त्यसमा पनि आफू बस्ने वातावरण वरपरको सरसफाईमा ध्यान दिने आफैले हो । डेंगुको संक्रमणबाट बच्नका लागि होसियार बन्न जनस्वास्थ्य कार्यालयले आग्रह गर्दै आएको छ । तर उसले गरेको आग्रहलाई पनि वेवास्ता गर्ने काम भएको छ । डेंगु भनेको लामखुट्टेले टोकेर हुने भयावह रोग हो । यसको संक्रमण त्यहाँ हुन्छ जहाँ घर वरपरका गमला, थोत्रा टायर, थोत्रा प्लास्टिक तथा टिनका डव्वा, अलकत्राका ड्रमहरूमा फोहोरो पानी जम्मा भएको हुन्छ । यिनै स्थानमा लामखुट्टेले फूलपार्ने सम्भावना बढी हुन्छ । जसवाट लामखुट्टेको लार्भा उत्पन्न भएर त्यहीवाट डेंगुको संक्रमण बढ्न सक्छ । यो भनिरहँदा रोग लाग्नु भन्दा लाग्न नदिनु नै उत्तम उपाय हो । डेंगु नियन्त्रणको अभियान चलाउन पालिकाहरूले ढिलाई गर्दा जोखिम अझै बढ्ने निश्चित जस्तै छ । अत रूपन्देहीका १६ वटै स्थानीय तहले डेंगु खोज र नष्ट गर अभियान चलाउन ढिलाई नगरौं । जति ढिलाई हुन्छ, त्यति नै डेंगुको जोखिम बढ्ने भएकोले पालिकाहरूको ध्यान जाओस् । पालिकाहरूसंगै प्रदेश र संघीय सरकारको समेत सहकार्यमा डेंगु नियन्त्रणको प्रभावकारी उपायको खोजी जरुरी छ । चिन्ताको कुरा के छ भने तराईमा मात्रै देखिने डेंगु पहाड र हिमालमा समेत उकालो लागेको अवस्था छ । तसर्थ डेंगु राष्ट्रिय समस्या बनिसकेकोले यसको नियन्त्रणमा पनि ढिलाई नगरौं । तत्काल खोज र नष्ट गर अभियान चलाऔं । राज्यका तीनवटै तहका सरकारसंगै नागरिक समाजले पनि होस्टेमा हैंसे गरेर डेंगु नियन्त्रणको अभियानमा ऐक्यबद्धता जनाउनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?