ट्रेंडिंग:

>> बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू >> कृषकको आम्दानी बढाउन बाख्रापालन >> ९९ वर्षकी कमलादेवीको सफल उपचार >> प्रतिष्ठानले प्रकाशन शुरु गर्यो आफ्नै बैज्ञानिक जर्नल ! >> नेपालको राजनीतिमा महामानव विपि >> सिमलताल बस दुर्घटना : हराएका यात्रु र बसको खोजीका लागि भारतीय उद्धार टोली खटिँदै >> मनसुनको एक महिना : बाढी, पहिरो र चट्याङबाट दुई सयको मृत्यु >> गुरुत्वले पूर्ण गुरु डा. स्वामी रामानन्द गिरि >> विभेदले जन्मिएकी अभियन्ता >> अखिल क्रान्तिकारीद्वारा बुटवल क्याम्पसमा छात्रा भेला >> नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन >> दाङ जिल्ला अदालतमा १८ महिना कटेका मुद्दा शुन्य >> आजको मौसम : देशका केही ठाउँमा भारी वर्षाको संभावना >> पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भेटियो भाइरस >> जलवायु परिवर्तनको जोखिममा सिमान्तकृत समुदाय >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> उच्च अदालतको ठहर– गौशाला–२६ बालिग नै हुन्, सन्दीपसँगका सबै घटनाक्रम सहमतिमै >> सडक बत्ती जडानमा अनियमितताको आरोप >> उपसभामुख रानालाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी >> महिला एसिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जित, यूएई ६ विकेटले पराजित >> उपसभामुख रानामगरले भनिन्- करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियो >> महिला एशिया कप: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य >> नाबालिका वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ >> माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित >> रगत अभाव रोक्न रक्तदान अभियान >> प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> महिला एसिया कप : यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने >> राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई शुभकामनासहित बिदाई >> संसद भवनको निर्माण ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफल >> सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत >> त्रिशुलीमा हाम फालेर ट्रकका सहचालक बेपत्ता >> ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन-युक्रेनी राष्ट्रपति जेलेन्स्की >> मौद्रिक नीति सार्बजनिक आज नहुने >> सिंहदरबारमा खादा र मालाको लर्को छोडेर उद्धार तथा राहतमा ध्यानदिन सरकारसँग कांग्रेस नेता महरको आग्रह >> नवलपुरमा कोरा साइक्लिङ >> क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स >> बुटवल ईजलासमा आठ वर्षयताकै उच्च फैसला >> रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु >> आज देशैभर भारी वर्षाको चेतावनी >> विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै >> नगरसभा नहुँदा बजेटविहीन लमही >> वडाध्यक्षले पढाउँछन् निःशुल्क ट्युसन कक्षा >> पाल्पाका सहरी क्षेत्रका बालबालिकामा कुपोषण बढि >> शिक्षकमाथिको भेदभाव रोकिने कहिले ? >> जग्गामा महिला स्वामित्व बढ्दै >> राहदानीबाट ६ करोड राजस्व >> शान्ति नमुना माविको व्यवहारिक सीप कार्यक्रमः विद्यार्थीलाई ‘गड्यौला पैँचो’ >> एसीसी महिला टी–२० एसिया कप क्रिकेट: नेपालले युएईको सामना गर्दै >> रातिदेखिको वर्षाले रुपन्देही, पाल्पा, चितवन, सिन्धुपाल्चोक र काठमाण्डौमा बाढी

लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति जगाउ

१९ असार २०८१, बुधबार
१९ असार २०८१, बुधबार

पाँच दशकअघि शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी अविकसित अवस्थामा थियो । सामान्य अवस्थामा थियो । संयुक्त राष्ट्र सङ्घका तत्कालीन महासचिव उ थान्तले जव लुम्बिनीको भ्रमण गरे, त्यसपछि मात्र लुम्बिनीको विकासले गति लिन थालेको हो । म्यानमार (बर्मा) का नागरिक उ थान्त स्वयं बौद्ध धर्मावलम्वी थिए । उनले भ्रमण गर्दा लुम्बिनीको दुरावस्था देखेर उनको आँखाबाट दुःखका आँसु बगे । त्यसपछि उनले यसको विकासका लागि पहल थाले । नेपालका तत्कालीन राजा महेन्द्रको ध्यानाकर्षण गराए । संयुक्त राष्ट्रसङ्घका महासचिव उ थान्त र नेपालका राजा महेन्द्रबीच लुम्बिनीको विकासकालागि ठोस योजना बनाउने सहमति भयो । फलस्वरूप १९७० मा लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति गठन भयो । यसको अध्यक्षता संयुक्त राष्ट्रसङ्घमा नेपालका स्थायी प्रतिनिधिले गर्ने व्यवस्था गरियो । यो अन्तर्राष्ट्रिय समितिमा नेपाल, भारत, श्रीलङ्का, थाइल्याण्ड, चीन, जापान, दक्षिण कोरिया, म्यानमार, कम्बोडिया, बंगलादेश, भुटान, पाकिस्तान, अफगानिस्तान आदी १५ देश सदस्य थिए । कतै कतै १६ देश भन्ने उल्लेख भएको पनि पाइन्छ । यो अन्तर्राष्ट्रिय समिति लुम्बिनीको विकासकालागि कोशेढुङ्गा सावित भयो । प्रारम्भमा यो समिति सक्रिय थियो । धेरैपटक बैंठक पनि बसे । यो समिति सक्रिय हुनुको परिणाम स्वरूप सन् १९७२ मा लुम्बिनी गुरुयोजना बनाउने काम अघि बढ्यो । सन् १९७८ मा लुम्बिनी विकासको गुरुयोजना बन्यो । उ थान्तले यही समितिलाई सक्रिय तुल्याएर गुरुयोजना निर्माण गराएका थिए । यसकालागि संयुक्त राष्ट्रसङ्घले १७ लाख ५० हजार डलर सहयोग समेत उपलब्ध गराएको तथ्याङ्क भेटिन्छ । सन् १९७८ मा तयार भएको लुम्बिनी विकासको गुरुयोजना सोही वर्षबाटै कार्यान्वयनको आरम्भ गरिएको थियो । सन् १९८५ मा पहिलो चरणको काम सम्पन्न गर्ने र सन् १९९५ मा पूर्णरूपले सम्पन्न गर्ने भनिएको यो गुरुयोजना सन् २०२४ बित्न लाग्दासम्म अधुरो छ ।

गुरुयोजनाको मूख्य काम बुद्धको माता मायादेवीको मन्दिर निर्माण, पवित्र उद्यान, पोखरी, हरहवा नदी डाइभर्सन आदी काम सम्पन्न हुन बाँकी नै छन् । उ थान्त संयुक्त राष्ट्रसङ्घमा रहुन्जेल यो अन्तर्राष्ट्रिय समिति सक्रिय भयो र गुरुयोजना बन्यो । जब उ थान्त संयुक्त राष्ट्रसङ्घबाट विदा भए, त्यस सँगसँगै यो अन्तर्राष्ट्रिय समिति पनि निष्कृय भयो । गुरुयोजना कार्यान्वयन गर्न गठित लुम्बिनी विकास कोष पनि बाटो विराएको यात्रु झैं दिशाहीन बन्यो । कोषले गुरुयोजना सम्पन्न गर्ने मूल जिम्मेवारी अझैसम्म पूरा गर्न सकेको छैन । लुम्बिनी विकासका लागि संयुक्त राष्ट्रसङ्घले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । गुरुयोजना कार्यान्वयनको क्रममा जग्गा अधिग्रहणको लागि समेत संयुक्त राष्ट्रसङ्घले आर्थिक सहयोग गरेको कुरा कोषका प्रमुख सूचना अधिकृत डा. हरि राई सुनाउँछन् । संयुक्त राष्ट्रसङ्घको यही भूमिकाको कारण उ थान्तका साथै हेभेज दि कोयर, वानकी मुन, लगायत संयुक्त राष्ट्रसङ्घका ६ जना महासचिवले लुम्बिनी भ्रमण गरेका छन् । यसबाट स्पष्ट हुन्छ कि संयुक्त राष्ट्रसङ्घले लुम्बिनीलाई बौद्ध धर्मावलम्वीको अन्तर्राष्ट्रिय तिर्थस्थल मात्र नभई अन्तर्राष्ट्रिय शान्ति केन्द्रको रूपमा पनि विकास गर्न चाहेको छ । यसका योजनाकार उ थान्त हुन् ।
लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समितिको उद्देश्य लुम्बिनीको विकासकालागि आर्थिक सहयोग जुटाउने । प्राविधिक सहयोग जुटाउने । लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्ने । साँस्कृतिक आदान प्रदान कार्यक्रम गर्ने । कुटनीतिक सहयोग जुटाउने आदी रहेका छन् । समितिले प्रारम्भमा लुम्बिनी विकासकालागि केही अर्थ सङ्कलन गरेको बताइन्छ । जुन रकमले जग्गा अधिकरणमा सहयोग मिलेको थियो । संयुक्त राष्ट्रसङ्घले पनि केही आर्थिक सहयोग प्रदान गरेको थियो । उक्त समिति गठन भएको ५४ वर्ष पुगेछ । आधा शताब्दीमा उक्त समितिले ठोस काम गर्न सकेको छैन भन्दा अतिशयोक्ति नहोला । प्रारम्भमा यसले राम्रो र प्रभावकारी ढङ्गले काम गरेको देखिन्छ । त्यसपछि यो समिति पूर्ण रूपले निष्कृय देखिन्छ ।

लुम्बिनी क्षेत्रको विकासका लागि धेरै प्रयत्न र काम नभएका होइनन् । गुरुयोजनाले निर्धारण गरेको १ हजार १ सय ५५ विगाह क्षेत्रफल जग्गा अधिकरणको काम सकिएको लामो समय भयो । विहार क्षेत्रमा संरचना निर्माणका काम अघि बढी रहेका छन् । लुम्बिनी विकास कोषको प्रधान कार्यालय भवन निर्माणको काम सम्पन्न भएको छ । केही काम भएका छन् । केही काम निर्माणको क्रममा छन् । भित्री सडक बनाउने काम धमाधम भईरहेको छ । लुम्बिनीको अन्तर्राष्ट्रिय जगतमा व्यापक प्रचार प्रसार भएका कारण विदेशी पर्यटक आउने क्रम पनि बढ्दो छ । वार्षिक १० लाख बढी पर्यटकले लुम्बिनी भ्रमण गर्ने गरेका छन् । सरकारले यसलाई बढाएर २० लाख पु¥याउने लक्ष्य लिएको पाइन्छ । लुम्बिनी भ्रमणमा आउन चाहने विदेशी पर्यटकलाई सजिलो होस् भनि भैरहवा (सिद्धार्थनगर) को विमानस्थललाई स्तरोन्नती गरी क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको बनाई सञ्चालनमा ल्याइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य उद्देश्य बुद्ध जन्मस्थल लुम्बिनी र चितवनको भ्रमणमा आउने विदेशी पर्यटकलाई सुविधा प्रदान गर्नु हो । लुम्बिनीदेखि चितवनसम्म पुग्न पर्यटकहरूलाई सहज होस् भनि भैरहवादेखि नारायणगढसम्मको राजमार्ग सडकलाई पनि स्तरोन्नती गरी ६ लेनको बनाउने काम धमाधम चलिरहेको छ । यसरी लुम्बिनीको महिमा दिन प्रतिदिन बढ्दो छ । लुम्बिनी आउने पर्यटकलाई सहज होस् भनि पूर्वाधार निर्माणका काम अघि बढिरहेका छन् । तर, लुम्बिनी आउने पर्यटकको बसाई अवधि छोटो छ । एक दिनमै लुम्बिनी भ्रमण सकेर पर्यटकहरू अन्यत्रतर्फ लाग्दछन् । यसको मूल कारण लुम्बिनीमा पर्यटकलाई आकर्षित गरी लामो अवधी विताउन लायक पूर्वाधार निर्माण नहुनु हो । पर्यटकको बसाई अवधि छोटो हुनुको कारण यस क्षेत्रका पर्यटन व्यवसायीहरू मारमा परेका छन् । भैरहवामा गौतमबुद्ध विमानस्थलको स्तरोन्नती गरी क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको बनाइएपछि विदेशी पर्यटकहरूलाई लक्षित गरी आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा व्यवसायीहरूले अर्बौ रकम लगानी गरी व्यवसायीक संरचना निर्माण गरेका छन् तर अपेक्षा बमोजिम पर्यटक नआएका र आएकाको पनि बसाई अवधि छोटो भएपछि व्यवसायीहरू निरास हुँदै पलायन हुने क्रम बढ्दो छ ।

लुम्बिनी क्षेत्रको विकासका लागि मूल समस्या आर्थिक श्रोतको कमी र भ्रष्टाचार हो । यो कुरा प्रष्टसँग भन्न हिचकिचाउनु पर्दैन । लुम्बिनी विकास कोषका एक जना इन्जिनियर हालै भ्रष्टाचार मुद्दामा दण्डीत भएको तथ्यले यसलाई प्रमाणित गर्दछ । पूर्व पर्यटन मन्त्री सुदन किराँतीले आफ्नो कार्यकालमा लुम्बिनी विकास कोषमा भ्रष्टाचार रोक्न निर्देशन दिएको तथ्यले समेत लुम्बिनी विकासमा भ्रष्टाचार समस्याको रूपमा रहेको स्पष्ट हुन्छ । जहाँसम्म लुम्बिनी विकासका लागि आर्थिक श्रोतको समस्याको कुरा हो, अन्तर्राष्ट्रिय समिति जगाउने हो भने यो समस्या सहजै हल हुन्छ । साथै यो समिति जगाई सक्रिय तुल्याउने हो भने बृहत्तर लुम्बिनी क्षेत्रको विकासको ढोका पनि खुल्दछ । लुम्बिनीमा विकासका नयाँ नयाँ कामहरू अगाडी बढ्न सक्छन् । अन्तर्राष्ट्रिय समितिमा रहेका चिन, जापान, श्रीलङ्का, म्यानमार आदी बौद्ध धर्मावलम्वी बाहुल्य देश हुन् । प्रारम्भमा जस्तै फेरि पनि संयुक्त राष्ट्रसङ्घको अगुवाइमा लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति जगाउने हो भने लुम्बिनीको विकासले तुरुन्तै फड्को मार्न सक्छ । अधुरो गुरुयोजना छिट्टै सम्पन्न हुन सक्छ । बृहत्तर लुम्बिनी क्षेत्रमा पर्यटकीय पूर्वाधारहरू धेरै निर्माण हुन सक्छन् । अतः लुम्बिनी विकासकालागि अन्तर्राष्ट्रिय समिति यथाशिघ्र जगाउन नेपाल सरकारले पहल गर्नु आवश्यक भएको छ । लुम्बिनीको महिमा अन्तर्राष्ट्रिय जगतमा थप फैलाउन र विदेशी पर्यटक आगमन दर बढाउन पनि यो अन्तर्राष्ट्रिय समितिले ठोस योगदान पु¥याउन सक्छ । अन्तर्राष्ट्रिय समितिलाई जगाउनुको साथै लुम्बिनीमा विगतमा आयोजना गर्ने गरिएको विश्व बौद्ध शिखर सम्मेलनलाई पनि ठोस योजना र कार्यक्रम बनाएर आयोजना गर्ने व्यवस्था मिलाउन अत्यावश्यक देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?