ट्रेंडिंग:

>> व्यापार मन्दीको ज्योतिषीय कारणहरू र समाधानको उपाय >> रोटरी क्लव अफ बुटवल चौतारीद्वारा सदस्यहरुलाई अभिमुखीकरण >> बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू >> कृषकको आम्दानी बढाउन बाख्रापालन >> ९९ वर्षकी कमलादेवीको सफल उपचार >> प्रतिष्ठानले प्रकाशन शुरु गर्यो आफ्नै बैज्ञानिक जर्नल ! >> नेपालको राजनीतिमा महामानव विपि >> सिमलताल बस दुर्घटना : हराएका यात्रु र बसको खोजीका लागि भारतीय उद्धार टोली खटिँदै >> मनसुनको एक महिना : बाढी, पहिरो र चट्याङबाट दुई सयको मृत्यु >> गुरुत्वले पूर्ण गुरु डा. स्वामी रामानन्द गिरि >> विभेदले जन्मिएकी अभियन्ता >> अखिल क्रान्तिकारीद्वारा बुटवल क्याम्पसमा छात्रा भेला >> नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन >> दाङ जिल्ला अदालतमा १८ महिना कटेका मुद्दा शुन्य >> आजको मौसम : देशका केही ठाउँमा भारी वर्षाको संभावना >> पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भेटियो भाइरस >> जलवायु परिवर्तनको जोखिममा सिमान्तकृत समुदाय >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> उच्च अदालतको ठहर– गौशाला–२६ बालिग नै हुन्, सन्दीपसँगका सबै घटनाक्रम सहमतिमै >> सडक बत्ती जडानमा अनियमितताको आरोप >> उपसभामुख रानालाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी >> महिला एसिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जित, यूएई ६ विकेटले पराजित >> उपसभामुख रानामगरले भनिन्- करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियो >> महिला एशिया कप: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य >> नाबालिका वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ >> माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित >> रगत अभाव रोक्न रक्तदान अभियान >> प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> महिला एसिया कप : यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने >> राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई शुभकामनासहित बिदाई >> संसद भवनको निर्माण ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफल >> सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत >> त्रिशुलीमा हाम फालेर ट्रकका सहचालक बेपत्ता >> ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन-युक्रेनी राष्ट्रपति जेलेन्स्की >> मौद्रिक नीति सार्बजनिक आज नहुने >> सिंहदरबारमा खादा र मालाको लर्को छोडेर उद्धार तथा राहतमा ध्यानदिन सरकारसँग कांग्रेस नेता महरको आग्रह >> नवलपुरमा कोरा साइक्लिङ >> क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स >> बुटवल ईजलासमा आठ वर्षयताकै उच्च फैसला >> रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु >> आज देशैभर भारी वर्षाको चेतावनी >> विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै >> नगरसभा नहुँदा बजेटविहीन लमही >> वडाध्यक्षले पढाउँछन् निःशुल्क ट्युसन कक्षा >> पाल्पाका सहरी क्षेत्रका बालबालिकामा कुपोषण बढि >> शिक्षकमाथिको भेदभाव रोकिने कहिले ? >> जग्गामा महिला स्वामित्व बढ्दै >> राहदानीबाट ६ करोड राजस्व >> शान्ति नमुना माविको व्यवहारिक सीप कार्यक्रमः विद्यार्थीलाई ‘गड्यौला पैँचो’

होटल ब्यवसायलाई सुरक्षित र मर्यादित पेशा बनाउन सुझाव

७ असार २०८१, शुक्रबार
७ असार २०८१, शुक्रबार

बुटवल, असार ७ । आर्थिक मारमा परेका पर्यटन उद्योगका रुपमा रहेका होटल व्यवसायीहरुलाई जोगाउने गरि सरकारबाट पहल जरुरी रहेको रुपन्देहीका ब्यवसायीहरुले माग गरेका छन । मर्यादित र सचेतता अप्नाएका ब्यवसायीहरुलाई सधै प्रहरी प्रशासनबाट सुरक्षाको ग्यारेन्टी हुनुपर्ने उनिहरु आग्रह गरे । कुनै पनि अपराधिक गतिविधिको योजना बन्ने स्थानका रुपमा होटल हुने गरेको धेरै उदाहरण रहेको भन्दै ब्यवसायीहरु समयमा नै सचेत भएमा जोखिम न्युनिकरण गर्न सकिने उनिहरुको तर्क छ । होटल तथा रेस्टुरेन्ट व्यबसायी संघ रूपन्देहीको आयोजनामा शुक्रबार भएको शान्ति सुरक्षा तथा व्यवसायिक सचेतना कार्यक्रममा बोल्ने वक्ताहरू पाहुनालाई गुणस्तरीय सेवा प्रदान गर्दै मर्यादा पेशामा जोड दिन आग्रह गरे ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले होटल व्यवसाय क्षेत्र संवेदनशील रहेको भन्दै व्यवसायी सचेत हुन सुझाव दिए । उनले होटलमा सेवा लिने सेवाग्राहीहरुको पहिचान गर्नुपर्ने भन्दै आवश्यक आधुनिक सुरक्षा प्रविधिमा जोड दिन आग्रह गरे । ‘होटलहरुमा प्रयाप्त सिसि टिभी क्यामेरा जडान गर्नुहोस ।’ —उनले भने । शान्ति सुरक्षा र होटलमा हुनसक्ने गतिविधिलाई केही हदसम्म यसबाट पत्ता लगाउन सहयोग मिल्ने उनको दाबी छ । होटलहरु खाद्य सुरक्षातर्फ पनि विशेष ख्याल गर्नुपर्ने भन्दै पछिल्लोसमय मासुजन्य अनुगमनमा धेरै समस्याहरु देखिएको उनले तर्क दिए ।

कार्यक्रममा संघका केन्द्रीय सल्लाहकार देवीकुमार श्रेष्ठले प्रहरीको साथभएमात्र व्यवसायीहरु आफनो ब्यवसायमा सफल हुने बताए ।
कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले व्यवसायको मूल्य मान्यता र विधिभित्र रहेर व्यवसाय सञ्चालन गर्न सबै व्यवसायीलाई आग्रह गर्दै संस्थामा आवद्ध होटल ब्यवसायीहरुको हकहितमा सधै अग्रसर रहने बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले ब्यबसायी पनि कानून मातहत रहेर सञ्चालन रहेको बताउँदै अबान्छित गतिविधि गर्ने व्यवसायीको साथमा संघ कहिल्यै साथ नदिने स्पष्ट पारे । कार्यक्रममा संघका निर्वतमान अध्यक्ष रामप्रसाद गौतम, संघका महासचिव अर्जुन थापाले होटल ब्यवसायीहरु पर्यटन उद्योगका रुपमा अघि बढेको बेला सरकारबाट आवश्यक नीतिगत रुपमा पहल गर्नुपर्ने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?