ट्रेंडिंग:

>> लुम्बिनी प्रदेश : अल्पमतका मुख्यमन्त्रीको राजीनामा गर्न आलटाल >> अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना >> सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन >> बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु >> बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति >> चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार >> बुटवल कोरा २०२४ को तयारी पुरा >> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा

बुटवलको डेल्टा एजुकेशन मार्टमा भीषण आगलागी (भिडियोसहित)

६ असार २०८१, बिहीबार
६ असार २०८१, बिहीबार

बुटवल ।

बुटवलको डेल्टा एजुकेशन मार्टमा विहिवार साँझ ६ बजेदेखि लागेको भिषण आगलागी झण्डै चार घण्टापछि नियन्त्रणमा आएपनि मार्ट पूर्ण रुपमा जलेर ध्वस्त भएको छ । बुटवल उपमहानगरपालिका सहित सहित वरिपरीका आठ वटा दमकल प्रयोग गर्दा मार्टमा लागेको आगो समयमै नियन्त्रण हुन सकेन् । जसोतसो वस्ती त जोगियो तर मार्ट पूर्ण रुपमा जलेर खरानी भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) रंजितसिंह राठौरका अनुसार क्षतिको एकिन विवरण अझै आइसकेको छैन् । तर, करोडौँको क्षति भएको आकलन गरिएको छ । आगो नियन्त्रणका लागि छिमेकी तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगरपालिका भैरहवा, देवदह नगरपालिका, सुनवल नगरपालिका, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र शिवराज नगरपालिका कपिलवस्तुका दमकल प्रयोग गरिएको थियो ।

तीन तलाको मार्टको माथिल्लो तलाबाट आगो लागेको थियो । विद्युत्त सर्ट भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र, स्थानीयबासी लगायतको सहयोगबाट बस्तीमा आगो जानबाट जोगिएको छ । बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको उक्त मार्टमा शैक्षिक सामग्री सहित जुत्ताचप्पलको मेला लाग्ने गर्छ ।

डेल्टा एजुकेशन बुटवलमा अहिले भीषण आगलागी भैरहेको छ । बुटवल उपमहानगर पालिकाको एउटा बरुण अयन्त्रले आगो निभाउने प्रयास गरिरहेको छ । मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागीका कारण मार्टको तेस्रो तलामा रहेको खलकुद र स्टेसनारीका सामनहरु जलेर नष्ट भएका छन् ।

डेल्टा कम्प्लेसको चौथो तल्लामा लागेको आगो बुटवल उपमहानगर पालिका नेपाल प्रहरी र स्थानीय वासिन्दाको प्रयासमा निभाउने प्रयास भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने मार्टका संचालक घनश्याम पाठकले बताए । अझै आगो नियन्त्रणमा आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?