ट्रेंडिंग:

>> लुम्बिनीमा स्थानीय पाठ्यक्रमः अलमलमै बित्यो स्थानीय तहको सात वर्ष >> लुम्बिनी प्रदेश : अल्पमतका मुख्यमन्त्रीको राजीनामा गर्न आलटाल >> अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना >> सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन >> बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु >> बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति >> चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार >> बुटवल कोरा २०२४ को तयारी पुरा >> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा

बजेटले प्रदेशको समृद्धिको आधार तयार पार्ने बिश्वास लिएका छौं–गिरी

६ असार २०८१, बिहीबार
६ असार २०८१, बिहीबार

दाङ, ६ असार ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा (एमाले) संसदिय दलका नेता लिला गिरीले बजेटले प्रदेशको समृद्धिको आधार तयार पार्नेमा बिश्वास लिएको बताएका छन् । नेकपा (एमाले) संसदीय दलको बैठकलाई सम्बोधन गर्दै गिरीले भने, ‘प्रदेशको समृद्धिका लागि बजेट फलदायी हुनेछ । बजेट प्रदेशबासीको आकांक्षा सम्बोधन गर्न सफल भएको छ ।’

कृषि, पर्यटन, उद्योग र वनलाई समृद्धिको आधार मानेर सरकारले बजेट ल्याएको बताउँदै पूर्व मुख्यमन्त्री गिरीले बजेटले प्रदेशको समृद्धिको बाटो तय गरेको दाबी गरे । ‘आर्थिक वर्ष २०८१÷२०८२ का लागि प्रदेश सरकारले ल्याएको बजेटमा प्रदेशलाई समृद्ध बनाउने थुप्रै आधारहरु छन्’, गिरीले भने, ‘कृषि, पर्यटन, उद्योग, वन प्रदेशका समृद्धिका आधार हुन् । यी क्षेत्रको विकास गरी समृद्ध प्रदेश निर्माणको अभिलाषा बजेटमा देखिन्छ । यो प्रदेशका लागि सकारात्मक पक्ष हो ।’

उक्त अवसरमा दलका नेता गिरीले बजेटलाई गम्भीरताका साथ अध्ययन गरी बजेटका सकारात्मक पक्षका बारेमा जनतालाई साक्षात्कार गराउन प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिए । ‘बजेटलाई गम्भीरताका साथ अध्ययन गरेर यसका सकारात्मक पक्षको बारेमा जनतालाई साक्षात्कार गर्ने काम सभाका सदस्यको हो । तपाईँहरु यो कार्यमा जुट्नुहोस्’, गिरीले सभाका सदस्यहरुलाई निर्देशन दिँदै भने, ‘आफ्नो निर्वाचन क्षेत्रमा योजना परे नपरेकोमा मात्रै ध्यान दिनु भन्दा पनि बजेटले दिन खोजेको सन्देशलाई जनतामाझ लैजानुहोस् ।’

उक्त अवसरमा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेटप्रति सकारात्मक प्रतिक्रिया आइरहेको बताए । प्रदेशको वर्तमान स्थितिलाई मध्यनजर गर्दै समृद्ध प्रदेशको आधार तयार पार्न बजेट सफल हुने बताए । २ अर्ब बढी चालु खर्च घटाएर पूँजीगत खर्च बढाएर बजेट ल्याइएको जानकारी दिँदै मन्त्री आचार्यले प्रदेशको राजश्व बृद्धिका आधार खोजी गर्दै प्रदेशलाई आत्मनिर्भर बनाउने आधार बजेटले तयार गरेको उनले बताए ।

बैठकमा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थी र सामाजिक विकास मन्त्री रत्न खत्रीले प्रदेशका सबै क्षेत्रलाई बजेटले समेटेको बताए । बैठकमा प्रदेश सभा सदस्यहरु रामजी घिमिरे, डिल्ली भुसाल, दुर्गा चौधरी, जानकी न्यौपाने, सीता शर्मा चौधरी, तुलसीराम शर्मा, खेम सारु, राजुप्रसाद श्रेष्ठ, इन्दिरा गहतराजले बजेटका बारेमा जानकारी गराएका थिए । बैठकको सहजीकरण प्रमुख सचेतक तुलसी चौधरी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?