ट्रेंडिंग:

>> लुम्बिनी प्रदेश : अल्पमतका मुख्यमन्त्रीको राजीनामा गर्न आलटाल >> अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना >> सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन >> बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु >> बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति >> चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार >> बुटवल कोरा २०२४ को तयारी पुरा >> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा

सुर्तीजन्य पदार्थको प्रयोग रोक्न विद्यालयबाट सुरु गर्नुपर्ने

६ असार २०८१, बिहीबार
६ असार २०८१, बिहीबार

दाङ, ६ असार ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्र कुमार पुनले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि प्रयोगकर्ताको आनीबानी सुधार गर्ने कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
सुर्तीजन्य पदार्थको प्रयोगकर्तालाई सचेतनासँगै यसको प्रयोगले मानव स्वास्थ्यमा परिरहेको गम्भीर असर कम गर्न सबै पक्ष जिम्मेवार ढंगले भुमिका निर्वाह गर्न सकेमा सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य समस्यामा सुधार गर्न सकिने बताए ।

सुशील कोईराला प्रखर क्यान्सर अस्पताल बाँकेको आयोजना तथा हेल्थ आवाजको सहकार्यमा बुधबार लमहीमा आयोजित सुर्तीजन्य पदार्थको कारणले हुने क्यान्सर निवारणका लागि आयोजित अन्तरक्रियामा मन्त्री पुनले वर्तमान अवस्थामा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्न सबै पक्षले गम्भीरतापूर्वक नियन्त्रण गर्ने काममा खटिनुपर्ने, सुर्तीजन्य पदार्थको पहुँच कम गर्न ध्यान दिनुपर्ने र हरेक व्यक्तिमा सचेतना बढाउने काममा जुट्नुपर्ने बेला आएको बताए ।

उनले पछिल्लो समय कम उमेरका व्यक्ति पनि सुर्तीजन्य पदार्थको लतमा फस्दै गएका घटना प्रति चासो राख्दै विद्यालय तहबाटै व्यापक सचेतना कार्यक्रम बढाउनुपर्नेमा जोड दिए । उनले सुर्तीजन्य पदार्थको प्रयोगबाट भावी पिढीलाई कसरी सुरक्षित राख्ने भन्ने नै अहिलेको चुनौति रहेको भन्दै क्यान्सरलगायत नसर्ने रोग लाग्नुका कारण बारे सचेतनाका कार्यक्रम विद्यालय तहमा पुर्याउन तीन तहका सरकारको विशेष भुमिका हुनुपर्ने धारणा राखे ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका निर्देशक डा. प्रकाश शाहले सर्नेभन्दा नसर्ने रोगको जोखिम भयावह रहेको बताए । सुर्तीजन्य पदार्थको प्रयोग रोकथामका लागि सचेतनासँगै सुर्तीजन्य पदार्थको प्रयोगबाट मानव स्वास्थ्यमा हुने असर र जोखिम बारे हरेक व्यक्तिलाई स्पष्ट रुपमा बुझाउन अति आवश्यक भईसकेको बताए ।
सरकारले बिरामी भई उपचारका लागि सहयोग गर्नुभन्दा सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने क्यान्सर रोकथाममै केन्द्रित कार्यक्रममा जोडीन आग्रह गरे ।

अहिले क्यान्सर अस्पतालमा उल्लेख्य रुपमा बिरामी उपचारका लागि आउने गरेको भन्दै उनले रोग लागेर उपचार गर्नुभन्दा रोग नै नलाग्ने वातावरण बनाउने अभियानलाई प्राथमिकता दिनुपर्ने बताए ।

राजनीतिक अस्थिरता, कर्मचारी समायोजन, तीन तहका सरकारको कामको समन्वय अभाव देखाएर कोही कसैले पनि सुर्तीजन्य पदार्थको नियमनमा लापरवाही गर्न नहुने बताए कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ईमर्जेन्सी ईन्चार्ज डा. उमाकान्त तिवारीले सुर्तीजन्य पदार्थको असर, रोकथामका उपाय र नियन्त्रणका लागि बनेको कानुनको कार्यान्वयनको अवस्था बारे प्रस्तुतिकरण राखेका थिए ।

उनले नेपालमा वर्षेनी ३७ हजार मानिस सुर्तीजन्य पदार्थको प्रयोगबाट मृत्युको मुखमा पुग्ने गरेको बताए । ७० प्रतिशत नसर्ने रोगका कारण मानिसको मृत्यु भईरहेको अवस्थामा अहिले ४६ प्रतिशतको मृत्यु सुर्तीजन्य पदार्थको प्रयोगका कारण लाग्ने रोगबाट भईरहेको तथ्यांक प्रस्तुत गरेका थिए । सरकारले विद्यमान नीति, नियम र कानून कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने बताए ।

नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगको अवस्था र असर बारे गरिएको अध्ययनले प्रयोगकर्ताको संख्यामा कमी हुँदै गएको देखाए पनि नियमित रुपमा प्रयोग गर्नेको दर भने बढ्दै गएको पाईएको छ ।
सुर्तीजन्य पदार्थको हाल प्रयोगकर्ता ३० प्रतिशतले घटाउने लक्ष्य राखिएको भएपनि नेपाल दक्षिण एशियाली मुलुकहरुमध्ये सबैभन्दा कम कर लगाउने तेश्रो मुलुकमा रहेको छ । विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थको करको दर वृद्धि गर्नु सुर्तीजन्य पदार्थ नियन्त्रणको प्रभावकारी उपाय भनेपनि नेपालले करको दायरा वृद्धि गर्न सकेको छैन ।
यसैगरी, सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने नियमावली २०६८ को नियम १८ अनुसार नेपाल सरकारले लगाएको धुम्रपान तथा सुर्तीजन्य पदार्थको अन्तःशुल्क करबाट उठेको कुल रकमको कम्तिमा पच्चीस प्रतिशत रकम स्वास्थ्यकर कोषमा जम्मा गरिने प्रावधान रहेपनि स्वास्थ्य क्षेत्रले न्यून हिस्सा पाउँदै आएको छ ।

सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्ती सेवन गर्न नहुने, घर तथा निजि सवारी साधनभित्र धुम्रपान गर्न नहुने, सुर्तीजन्य पदार्थको बट्टा, र्यापर्, प्याकेट तथा पार्सलको प्याकेजिङमा ९० प्रतिशत भागमा चेतावनीमुलक सन्देश वा चित्र राख्नुपर्ने, विज्ञापन तथा प्रयोजन गर्न नपाईने, अठार वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई बिक्री वितरण गर्न वा गर्न लगाउन नपाईने तथा फुटकर रुपमा चुरोट, बिडी वा सिँगारको खिल्ली बिक्री वितरण गर्न नपाईने व्यवस्था गरेको छ । तर, अहिले पनि निषेध गरिएका स्थानहरुमा खुलेआम बिक्रि हुने गरेको छ भने प्रयोगकर्ता पनि बिना हिच्किचाहट सार्वजनिक स्थलमा प्रयोग गर्ने गरेको पाईन्छ ।
कार्यक्रममा लमही स्वास्थ्य केन्द्रका प्रमुख नारायण शर्माले पालिकामा क्यान्सरजन्य रोगको जोखिम बढ्दै गएको बताए । उनले पालिकाले उपचारका लागि ७० जनाको सिफारिस गरेकोमा ५५ जना क्यान्सरका बिरामी रहेको बताए ।
स्वास्थ्य पत्रकार लुम्बिनी प्रदेश संयोजक बासुदेब न्यौपाने , हेल्थ आवाजका भिसा काफ्ले लगायतले भनाइ राखेका थिए ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?