ट्रेंडिंग:

>> आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना >> सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन >> बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु >> बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति >> चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार >> बुटवल कोरा २०२४ को तयारी पुरा >> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

‘बिरामीले पाउने सास्ती अन्त्य होस्’

६ असार २०८१, बिहीबार
६ असार २०८१, बिहीबार

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लुम्बिनी प्रदेशको गौरवको आयोजना हो । यो अस्पताल अहिलेपनि लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका विरामीले सेवा लिने गन्तब्य हो । यो अस्पतालप्रति आम विरामीको भरोसा र विश्वास छ । पछिल्लोपटक अस्पतालले अनलाइन ओपीडी टिकट सेवा सुरु गरेको छ । यो खुसीको कुरा हो । अव विगतमा जस्तो टिकटकै लागि लाईन बस्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ । तर, अस्पतालमा विरामीको चाप र लाईन देख्दा अनलाईन टिकटले मात्रै विरामीले सहजरूपमा सेवा पाउँछन् भन्ने अवस्था छैन । जहिलेसम्म अस्पतालको बहिरंग सेवामा विरामीले निर्धक्क भएर चिकित्सकीय सेवा लिन पाउँदैनन् तबसम्म अस्पतालको सेवामा सुधार भएको ठान्नु गलत हुनेछ । बजेसम्मको अवस्था हेर्दा लाग्छ– अस्पतालप्रति विरामीको अगाध भरोसा र विश्वास छ तर उपचार सेवा पाउन उत्तिकै संघर्ष गर्नुपर्ने अवस्था छ । निश्चितरूपमा नहुनुभन्दा भएको राम्रो हो । अनलाईन टिकट सेवाले विरामीलाई टिकटकै लागि लाईन बस्नु नपर्ने भएको छ । यो स्वागतयोग्य कुरा हो तर अस्पतालमा सुधार गर्नुपर्ने कुरा धेरै छन् । कुनैपनि विरामीले सहजरूपमा चिकित्सकीय सेवा नपाउँदासम्म अस्पतालप्रति गुनासो रहिरहन्छ । तसर्थ अस्पताल प्रशासनले बहिरंगतर्फका विरामीको दैनिक चापलाई व्यवस्थापन गर्नेतर्फ ध्यान दिनु आवश्यक छ ।

त्यसो त लुम्बिनी प्रदेश सरकारले यो अस्पतालप्रति सुरुदेखि नै स्नेह देखाईरहेको छ । लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्री शंकर पोखरेलकै नेतृत्वको सरकारले यो अस्पताललाई प्रदेशकै गौरवको आयोजना घोषणा गरेको हो । त्यसयता अस्पतालको सुधारमा धेरै काम भएका छन । पछिल्लोपटक अस्पतालको भब्य एवं आधुनिक भवन बनाउन प्रदेश सरकारले यो बर्ष एक अर्ब ८० करोड विनियोजन गरेको छ । त्यसैगरी अस्पतालमा एमआरआई सेवा सुरु गर्न १५ करोड विनियोजन भएको छ । प्रदेश सरकारले अस्पतालप्रति दर्शाएको अपनत्वले अव हजारौं विरामीले सेवा पाउने कुरामा ढुक्क हुने स्थिति आएको छ । अव अस्पतालको नयाँ भवन निर्माणको काम समयमै सम्पन्न गर्नेतर्फ अस्पतालको ध्यान जाओस । अर्बौं रूपैया लगानी गरी बन्ने नयाँ आधुनिक भवनबाट हुने उपचार सेवा पनि स्तरीय र छिटोछरितो हुनैपर्दछ । अस्पतालले पनि चिकित्सकीय सेवा बढाउँदै विरामीका लागि सहज र छिटो उपचार सेवा पाउने ग्यारेन्टी गर्नुपर्दछ । त्यसका लागि अस्पतालले शून्यको अवस्थाबाट सुधार सुरु गर्नुपर्दछ । अहिलेपनि अस्पतालको शौचालयको अवस्था दुर्गन्धित छ । शौचका लागि छिर्ने वातावरण नै छैन । अस्पतालको शौचालयको अवस्था नै राम्रो छैन भने यसले दिने सेवाको कस्तो अवस्था होला ? निश्चय नै सेवाग्राहीले प्रश्न उठाउँछन् । सरसफाईको अभावमा फोहोरमैलाले शौचालय वरिपरी नाक थुन्नुपर्ने बिजोगको अवस्था छ । कतिसम्म भेदभाव छ भने अस्पतालका चिकित्सक र कर्मचारीका लागि आन्तरिक शौचालय छन । ती सफा र दुर्गन्धरहित छन तर सेवाग्राहीलाई भने दुर्गन्धित शौचालय त्यो पनि अधिकांश ढोका नभएको अवस्थामा छन । सेवाग्राही मुस्किलले शौच गरेर बाहिर निस्कँदा कुनै ठूलो अपराध गरेर जेलबाट बाहिर निस्कँदाको स्वच्छन्दताको अनुभूति गर्नुपर्ने अवस्था छ । के यस्ता शौचालयको सुधार हुँदैन ? सेवाग्राहीले प्रश्न गर्न थालेका छन् । तसर्थ अस्पताल प्रशासनले ढिलाई नगरी सुधारतर्फ ध्यान दिनु जरुरी छ । साना साना कामबाट सुरु भएको सुधार दिगो हुन्छ । तसर्थ अस्पतालले उपचार सेवासंगै सरसफाईलाई पनि पहिलो प्राथमिकतामा राखोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?