ट्रेंडिंग:

>> लुम्बिनीमा स्थानीय पाठ्यक्रमः अलमलमै बित्यो स्थानीय तहको सात वर्ष >> लुम्बिनी प्रदेश : अल्पमतका मुख्यमन्त्रीको राजीनामा गर्न आलटाल >> अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना >> सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन >> बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु >> बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति >> चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार >> बुटवल कोरा २०२४ को तयारी पुरा >> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा

अब जनवादी गणतन्त्र ल्याउन उठौं

६ असार २०८१, बिहीबार
६ असार २०८१, बिहीबार

वैदेशिक ऋण लिएर संघीयता धान्ने अहिलेको सन्दर्भ विकासको निम्ति त गारो मात्र होइन प्रत्युत्पादक सावित भैसकेको छ । तर, यो तथ्यालाई आँखा चिम्लेर आ–आफ्नै स्वार्थलिप्सामा रमाइरहेका स्वार्थ समूहहरू यस वास्तविकताप्रति सहमत हुन चाहदैनन् । केन्द्रमा मौलाएको आर्थिक विचलन र राजनीतिक अराजकताले देश जीर्ण रोगी बनेको त छदैछ, यसको छायाँ प्रदेशमा समेत पर्न जाँदा प्रदेश सरकारका आलोच्य क्रियाकलापहरू पनि कम्ता छैनन् । प्रशासन, समाज र राष्ट्र कुनै पक्ष पनि सन्तोषजनक गतिमा अगाडि बढ्न सकेको छैन । प्रशासनमा ढिलासुस्ती, घुसखोरी, दण्डहीनता तथा सेटिड मिलाएर भ्रष्टाचार गर्नेहरूको वाहुल्यता छ भने समाज नस्ल, जाति, भाषा र धर्मको नाममा विभाजोन्मुख वन्दैछ । राष्ट्र एङ्लो इष्डियन र युरोपेली युनियनको पञ्जामा छ । तीन तीन चारचार महिनासम्म तलब नपाउने तल्ला कर्मचारी, प्रहरी जवान, शिक्षक र नर्सहरूले आफ्नो पाकेको तलब पाउन पनि लेखा अधिकृतलाई घुस खुवाउन परेको गुनासो सुनिन्छ । यसको एकमात्र कारण वेइमान ठगहरू ठूला ठूला पदमा जाने र इमान्दार देशभक्तहरू पाखा लाग्ने या पाखा लाग्नु पर्ने परिस्थति हो । जब वेइमान चोरहरू जिम्मेवारीको पदमा पुग्छन् भने उनीहरूलाई आफ्ना सह्योगीहरू पनि वेइमान, ठग, तुच्चा र चोरहरूको नै खाँचो पर्दछ । त्यसैले काले काले मिलेर खाम भाले हुन जाँदा त्यसको प्रत्यक्ष असर देश र जनतामा पर्न जान्छ । आज देश यस्ता तत्वहरूको कब्जामा परेको छ । त्यसैले जताततै भत्के विग्रेको अवस्था छ । जताततै सोचनीय स्थिति छ । सामन्ती राजाले जमिन्दार सामन्तहरूको हद भन्दा वढी भएको जग्गा अधिग्रहण गरेर देशको कृषि अर्थतन्त्रको विकास र पर्यावरण सन्तुलनको निम्ति काम गर्छन् । आफूलाई अब्बल नम्बरका व्रmान्तिकारी हौं भन्ने नेताहरूले त्यही जग्गा बेचेर कमिसन खान्छन् । यसको ज्वलन्त उदाहरण हो गिरीबन्धु चिया बगान । नेपालको राष्ट्रिय अर्थ व्यवस्थालाई जताततै घाटैघाटाको कहालीलाग्दो अवस्थालाई थोरै भए पनि मत्थर गर्न नेपालकै कच्चा पदार्थ र नेपालकै श्रमशक्ति उपयोग गरेर थोरे भएपनि देशको आम्दानी बढेको र विदेशबाट आयात रोकिएकोमा यिनीहरूलाई औडाहा भयो । विदेशबाट चिया आयात गर्दा आफूलाई कमिशन आउने भएकोले दुष्टहरू कमिसनको लागि यहाँसम्म गिरी अहिले स्थानीय निकायको बेरुजू खराब भन्दा खराब तहमा पुगेको छ । केन्द्रमा बेरुजू, प्रदेशमा बेरुजु, गर्दागर्दा स्थानीय निकायमा समेत बेरुजू, केन्द्रमा मनपरी, प्रदेशमा मनपरी, स्थानीय निकायमा मनपरी अनि केन्द्रमा चलखेल, प्रदेशमा चलखेल, स्थानीय निकायमा चलखेल । राष्ट्रिय हितका कुराहरूमा जताततै तिलाञ्जली । जनतामा सधै पीडा । प्रत्येक टाठाबाठा, स्वार्थी र अवसरवारी तत्वहरूले भरिएको केन्द्र, प्रदेश र स्थानीय निकाय यति विषाक्त वनेको छ कि अबपनि यसतर्फ आम सर्वसाधारण नागरिकको चिन्ता र चासो गएन भने यस्तो दुर्गतीले हाम्रो राष्ट्रको अस्तित्वलाई विनासको खाल्डोमा जाक्ने संभावना प्रवल छ । त्यसैले जागौं साथी हो जागौं, यसरी भएन अब जागौं ।
आज नेपाली जनता अशान्त छन् । गरिवीले अशान्त छन् । महङ्गीले अशान्त छन् । पक्षपातले अशान्त छन् । भेदभावले अशान्त छन् । वैदेशिक हस्तक्षेपले अशान्त छन् । भेदभावले अशान्त छन् । वैदेशिक हस्तक्षेपले अशान्त छन् । अन्यायले, अत्याचारले, विभिन्न प्रशासनिक दुराचारले, रोजगारीको अभावले, सहकारी ठगीले, शान्ति सुरक्षाको अभावले, सांसदहरूका आलोच्य क्रियाकलापले, नेताहरूका द्वैध चरित्रले, पत्रकारहरूका संदिग्ध व्यवहारले, व्यापारीहरूका खाद्यान्नमा मिसावट र फलफूल तथा तरकारीमा विषादी प्रयोगले यी यावत् क्षेत्र असन्तुष्ट छ । यो असन्तुष्टीलाई लिएर देशका हरेक संवेदनशील नागरिकहरूले चिन्ता प्रकट गर्नु स्वाभाविकै हो । तर, संघीय लोकतान्त्रिक गणतन्त्र भनिने यस व्यक्तिवादी पूँजीवादी राजनीतिक व्यवस्थाले माथिका कुनैपनि असन्तुष्टीलाई सम्बोधन गर्न सक्दैन । आजसम्मको अनुभवले के सावित ग¥यो भने लोकतन्त्रका नाममा यस व्यवस्थाले लुटतन्त्र मच्चाएर जनतालाई धेरै ठग्यो । हाम्रो सामाजिक जीवनका हरेक पक्षमा व्यक्तिवादी प्रवृत्तिलाई प्रोत्साहित गरी जहिले पनि अवसरवादी तत्वहरूलाई स्थान दियो । इमान्दारहरू लखेटिए । व्यक्ति आधारित यो लुटतन्त्रमा नीतिप्रधान नभई नेता प्रधान हुने परिपाटी हावी भयो । केपी बा, शेरबहादुर दाई, माकुने, प्रचण्ड, उपेन्द्रको वरिपरी सत्ता राजनीति केन्द्रित भयो । तर यिनीहरूको दुर्बुद्धिले कुनैपनि समस्याको कहिल्यै सही निकास दिन सकेन । किसानलाई अरब दुधको पैसा दिन वाँकी छ । ४० अरब ठेकेदारहरूलाई दिन बाँकी छ । उखु किसानको वषौंदेखिको भुक्तानी वाँकी छ । सुशासनमा यस्तो गाईजात्रा हँुदैन । राजनीति हाँक्ने व्यक्तिहरूले यस्तो स्थितिप्रति गम्भीर भएर सोच्दछन् चिन्तित बनेर समस्याको निदान खोज्दछन् । समस्याहरू केवल भाषण दिएर समाधान हुँदैनन् । केवल अपिल जारी गरेर समस्याहरूको निदान निस्कदैन । सार्थक प्रयास हुनुपर्छ । सार्थक प्रयत्न भनेको निःस्वार्थ भावले गरिने यज्ञ हो । तर, यहाँ सर्वत्र स्वार्थ छ । हाम्रा नेता मान्छेका भाँडा भएनन् । चाहे निर्वतमान सत्तासीन गुटहोस् चाहे वर्तमान सत्तासीन गुट नै किन नहोस् । सत्तासीन स्वार्थ समूहहरूले जस्तासुकै पाइला चाले पनि जेसुकै पाइला चालेपनि आफू, आफनो गुट, आफ्ना आसेपासे, झोलेझाम्टे आ–आफ्नो नातापाताको परिधि भन्दा वाहिर आज सकेनन् । उनीहरूको यो अचाक्ली विरुद्ध आवाज उठाउने कोही छैनन् । भनौं भने धेरै छन् र कुनै प्रभावशाली व्यक्ति छैन भन्ने हो भने काठमाण्डुका मेयर बालेन जस्ता प्रखर व्यक्तित्व पनि नभएका होइनन् तर सत्ता इतर तथा सत्ता भितरका चारैतर्फका स्वार्थी समुहहरूको ऐक्यवद्धताका पछाडी कसैको केही लाग्दो रहेनछ । आज निहित स्वार्थको लागि एक पक्षले अर्को पक्षको विरोधमा संसदमा हंगामा मच्चाउँछ, सडकमा राँको बाल्छ, भोलि उनीहरूको साझा स्वार्थमा धक्का लाग्ने अवस्था आयो भने तुरुन्तै कहिले वालुवाटार पुगेर, कहिले बुढानिलकण्ठ दौडेर त कहिले बालकोट हानिएर एक ठाउँ उभिन्छन् र जनतालाई भित्री कपडा खोलेर देखाइ दिन्छन् ।
दुग्ध व्यवसायी कृषकहरूले किन पाएनन् दुधको पैसा ? डी.डी.सी.लाई चार अरब दुधको भुक्तानी दिन किन बाँकी रुाखियो ? कि उपभोक्ताले पोका र बोतलका दुध उधारो लगेपछि पैसा नतिरेर हो ? होइन त्यो पनि होइन उपभोक्तहरूले डेरी उत्पादनको पैसा हाताहाती तिर्ने गर्दछन्् । तर त्यो पैसा कहाँ गएर जम्मा भयो ? किसानले तत्कालै पाउनु पर्ने दुग्ध पदार्थको मूल्य किन समयमा पाउन सकेनन् ? निर्माण व्यवसायीहरूले आफनो भुक्तानी किन समयमा पाउँदैनन् ? उखु किसानहरूले उखुको पैसा किन बेलैमा पाउँदैनन् ? किनभने स्वार्थको जगमा आधारित यो नवउदारवादी राज्य व्यवस्थाको चरित्र नै स्वार्र्थी हुन्छ । तसर्थ यसका संचालकहरू स्वतः स्वार्थी हुन्छन् । सामन्त, दलाल पुँजीपति र माफिया तस्करहरूको यो व्यवस्थाले जनताको अहितबाहेक हितका कुरा सोच्नै सक्दोरहेनछ भन्ने यी नेताहरूका आजसम्मका व्यवहार, चरित्र, क्रियाकलाप र नाटकहरूले छर्लङ्ग पारे । अव जनताको जनवादी गणतन्त्र ल्याउने हो । पुँजीवादी गणतन्त्र ल्याइयो, भोगियो, अनुभव गरियो तर यो जनताको गणतन्त्र रहेनछ । यो नेताहरूको गणतन्त्र रहेछ । हामीलाई जनताको जनवादी गणतन्त्र चाहिन्छ । अब यसैको निम्ति संगठित बनौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?