ट्रेंडिंग:

>> नारायणगढ- मुग्लिङ सडकमा बस र ट्याङ्कर ठोक्किए, १६ जना घाइते >> मलेसियामा नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले सम्हाले राजगद्दी >> लुम्बिनीका मुख्यमन्त्री महराले भोलि विश्वासको मत लिने >> गठबन्धनको सरकारबाट संसद विघटनको खेल हुन सक्छः चित्रबहादुर केसी >> भैरहवा विमानस्थलः उडान आन्तरिक, शुल्क अन्तर्राष्ट्रिय >> व्यापार मन्दीको ज्योतिषीय कारणहरू र समाधानको उपाय >> रोटरी क्लव अफ बुटवल चौतारीद्वारा सदस्यहरुलाई अभिमुखीकरण >> बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू >> कृषकको आम्दानी बढाउन बाख्रापालन >> ९९ वर्षकी कमलादेवीको सफल उपचार >> प्रतिष्ठानले प्रकाशन शुरु गर्यो आफ्नै बैज्ञानिक जर्नल ! >> नेपालको राजनीतिमा महामानव विपि >> सिमलताल बस दुर्घटना : हराएका यात्रु र बसको खोजीका लागि भारतीय उद्धार टोली खटिँदै >> मनसुनको एक महिना : बाढी, पहिरो र चट्याङबाट दुई सयको मृत्यु >> गुरुत्वले पूर्ण गुरु डा. स्वामी रामानन्द गिरि >> विभेदले जन्मिएकी अभियन्ता >> अखिल क्रान्तिकारीद्वारा बुटवल क्याम्पसमा छात्रा भेला >> नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन >> दाङ जिल्ला अदालतमा १८ महिना कटेका मुद्दा शुन्य >> आजको मौसम : देशका केही ठाउँमा भारी वर्षाको संभावना >> पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भेटियो भाइरस >> जलवायु परिवर्तनको जोखिममा सिमान्तकृत समुदाय >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> उच्च अदालतको ठहर– गौशाला–२६ बालिग नै हुन्, सन्दीपसँगका सबै घटनाक्रम सहमतिमै >> सडक बत्ती जडानमा अनियमितताको आरोप >> उपसभामुख रानालाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी >> महिला एसिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जित, यूएई ६ विकेटले पराजित >> उपसभामुख रानामगरले भनिन्- करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियो >> महिला एशिया कप: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य >> नाबालिका वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ >> माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित >> रगत अभाव रोक्न रक्तदान अभियान >> प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> महिला एसिया कप : यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने >> राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई शुभकामनासहित बिदाई >> संसद भवनको निर्माण ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफल >> सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत >> त्रिशुलीमा हाम फालेर ट्रकका सहचालक बेपत्ता >> ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन-युक्रेनी राष्ट्रपति जेलेन्स्की >> मौद्रिक नीति सार्बजनिक आज नहुने >> सिंहदरबारमा खादा र मालाको लर्को छोडेर उद्धार तथा राहतमा ध्यानदिन सरकारसँग कांग्रेस नेता महरको आग्रह >> नवलपुरमा कोरा साइक्लिङ >> क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स >> बुटवल ईजलासमा आठ वर्षयताकै उच्च फैसला >> रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु >> आज देशैभर भारी वर्षाको चेतावनी >> विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै >> नगरसभा नहुँदा बजेटविहीन लमही >> वडाध्यक्षले पढाउँछन् निःशुल्क ट्युसन कक्षा

राजा परीक्षित र सुनको महिमा

५ असार २०८१, बुधबार
५ असार २०८१, बुधबार

सुन एउटा धातु हो । यसलाई सुवर्ण, स्वर्ण, सुनौलो विभिन्न नामबाट पुकारिन्छ । सुवर्ण, स्वर्ण जे भने पनि उही हो र उस्तै हो । खासगरेर सुनलाई गरगहनामा प्रयोग गर्ने गरिन्छ । कहिले कुनै मानिसको अन्तिम अवस्था आयो भने उसलाई सुनपानी खुवाउने प्रचलन पनि छ । यो सुनपानी खुवाउनाले हुने फाइदा जान्नु भन्दा पनि यो चलन चल्तीमा आएको कुरा बनेको छ । कतिले थाहा पाएर सुनपानी खुवाउँछन भने कतिले थाहा नपाएर पनि अन्तिम अवस्थामा खुवाउनुपर्छ भनेर खुवाउँछन । कुनै स्थान अपवित्र भएको खण्डमा सुनपानी छर्केर पवित्र बनाउने पनि भनिन्छ । सुन अर्थात यो धातुलाई चोखो धातुमा मानिन्छ भन्ने कुरा यसबाट प्रष्ट हुन्छ ।

सुनमा खिया लाग्दैन । यसको रंग पहेंलो हुन्छ । पहेंलो रंग हुने भएकाले यो हेर्दा पनि सुन्दर देखिन्छ । यो बहुमूल्य धातु हो । केही समययता सुन तोलाको साठी हजारबाट एक्कासी आकाशिदै गएर केही दिन पहिले एकलाख चालिसहजार भन्दा वेशी मूल्य पुगेको थियो । यसरी सुनको मूल्य आकासिनुमा विविध कारणहरू छन् भन्ने गरिन्छ । पहिले त कोरोनाको कारणले मूल्य वृद्धि भयो भनियो । त्यसपछि रुस युक्रेन युद्धका कारणले मूल्य वृद्धि भयो भनियो । जे नामबाट वृद्धि भएको भए पनि यसको मूल्य अहिले जमिनमा छैन र सर्बसाधारणले खरिद गर्न सक्ने अवस्था पनि छैन । वास्तवमा जसको साथमा सुन हुन्छ त्यो धनीमानीमा गनिन्छ । यो अहिलेको उपाधि होइन परम्परादेखि यही चलिआएको छ । आजभोली सुन खरिद गर्न सक्ने क्षमता धेरैमा छैन । हिन्दू धर्म अनुसार जन्मँदा र मर्दा सुनको आवश्यक्ता पर्दछ । जन्मादा ठाउँ शुद्धिकणमा प्रयोग गरिन्छ भने निधनको अवस्थामा पहिले भने जस्तै अन्तिम अवस्थामा सुनपानी खुवाउन र तेह्रौं दिनको कार्य सम्पन्न गर्नका लागि मृतात्माको प्रतिमादेखि लिएर विभिन्न गरगहना तयार गरेर दान गर्ने गरिन्छ । यसैगरेर विभिन्न पूजाआजामा पनि सुनको प्रयोग गरिन्छ ।

पहिले एक समय थियो गहनाको प्रतिष्पर्धा । कसको छोरी वा बुहारीले कति गरगहना लगाएकी छिन् ? यसमा प्रतिस्पर्धा गर्ने जमाना पनि थियो । सानो उमेर छँदा हाम्री आमाले फुली, बुलाकी, श्रीफूल, चन्द्रमा, किलिप, हातमा छापे औंठी कानमा ढुंग्री, माडवारी र लस्करी लगाएको सम्झना आउँछ । अरू दिनमा भन्दा तीज पर्वमा गाउँका हरेक महिलाहरू गहनामा ठाँटिएर डाँडाकटेरी भन्ने चौतारीमा छमछमी नाचेको दृश्य अहिलेपनि मानसपटलमा बसेको छ । गहना भिर्नका लागि को भन्दा को कम ? हरेकमा प्रतिस्पर्धा देखिन्थ्यो । घरमा पुगेर हो वा सुनको मूल्य सस्तो भएर हो हरेकका नाक कान, घाँटी र औंलामा पनि गहना झल्कन्थे । आजभोली यो तामझाम केही कम भए जस्तो लाग्छ । पुरै हटेको भने छैन । आफूलाई अली सभ्य भन्नेहरूले आजभोली सुनबाट मन हटाएको अवस्था छ । मैले बाल्यकालमा देखेजस्तो गहना भिरेको आजभोली अलिक कम देख्ने गर्छु । तर पनि यही समयमा यसको मूल्यले आकास छोएको छ । आकास छोएको पनि के भन्ने यो यही मूल्यमा स्थिर हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । यो भोलीका दिनमा झन वृद्धि हुन पनि सक्छ । कली युगमा सुनलाई प्राथमिकतामा राखिदैन भन्ने गरिन्छ । कलियुग र सुनका वारेमा महाभारतमा एउटा रोचक कथा छ । अभिमन्यु पुत्र परीक्षित जतिवेला भारत वर्षको राजा भएका थिए । राजा भएको समयमा उनी वनमा सिकार खेल्न जाने गर्दथे । केही समय यस्तै वित्यो । एकदिन सिकार खेल्न गएको समयमा उनलाई प्यास लागेछ । उनी वनमा पानीको खोजीमा लागे । हिंडदा केहीपर पुगेपछि उनले एउटा कुटी देखे । राजा परीक्षित कुटीको नजिक पुगे । कुटीको नजिकमा एकजना सन्त ध्यानमा बसेका थिए । उनले सन्तलाई ध्यानबाट उठाउने प्रयत्न गरे तर उनले आँखा खोलेनन् । राजा परीक्षितको शिरमा मुकुट (श्रीपेच) थियो । त्यो सुनको थियो । सन्तले आँखा नखोलेपछि राजा परीक्षितले नजिकमा मरेको एउटा सर्प रहेछ ती सन्तको घाँटीमा लपेटेर त्यहाँबाट हिंडे । जतिवेला उनले सन्तको घाँटीमा सर्प लपेटे त्यही समयबाट घडी पलाको हिसाबले कलियुग प्रवेश गरेको समय रहेछ । राजा परीक्षितको शिरमा रहेको सुनको मुकुटको कारणले गर्दा उनलाई त्यतिविधि अत्याचार गर्ने प्रवृति मनमा जागेर आयो भनिन्छ । त्यसै घटनाले गर्दा सन्तका पुत्रले राजा परीक्षितलाई सर्पले डसेर मर्नु परोस भन्ने श्राप दिए । राजा परीक्षितले यज्ञ गरेर सर्प दाह गर्न चाहेका थिए तर पछि उनलाई धेरैले यो कर्म पाप कर्म हो भन्ने सन्देश दिएकाले उनले यो यज्ञ रोके । केही सर्पहरू त्यो यज्ञमा होमिएर नष्ट भए । बाँकी अरू सबै बचे । यही घटनाले गर्दा तक्षक नागले डसेर अन्तमा राजा परीक्षितको ज्यान गयो । यो महाभारतमा उल्लेख भएको कथा हो । यो कथा गहिरोगरी सम्झने हो भने अति रोचक छ भन्ने लाग्दछ । महाभारतका सबैकथा रोचक हुँदा हुँदै पनि यो सुन र कलियुगसंग जोडिएर आएको हुनाले अहिले पनि उस्तै सान्दर्भिक छ भन्ने लाग्दछ । कलियुगमा सुनको चर्चालाई यस कथाले राम्ररी समेटेको छ ।

सुनको मूल्य बढेका कारणले हुन सक्छ आजभाली विभिन्न मार्गबाट हाम्रो मुलुकमा सुन आउने गर्दछ । कहिले कम्मर पेटीमा झुण्डिएर आउँछ । यसैगरी कहिले मोटर साइकलबाट र कहिले विभिन्न बहानमाबाट आउने गर्दछ । कम्मर पेटीबाट झण्डै सय किलो आएको हुनाले सुर्खेतका एकजना पूर्व साँसदको उपनाम नै सुनबुढा भन्ने रहेको छ । अहिले पनि उनी त्यही नामबाट चिनिन्छन् । वर्तमानको कुरा गर्ने हो भने पूर्वसभामुख देखि कतिपय साँसद र मन्त्रीका नाम समेत यसै सुनकाण्डमा जोडिएर आउने गरेको हामीले सुनेका छौं । सर्बसाधारणले सुन ओसारपसार गर्दा तोला वा किलोसम्म हुने गर्दथ्यो । पूर्व सभामुख जस्तो मानिस सुनकाण्डमा जोडिएको घटनामा त तोलाको कुरा होइन किलोबाट पनि माथि उठेर लम्वरी र क्वीन्टलका कुरा आएका छन् । यतिविधि के को सञ्चय गर्न लागेका होलान ? कहिले प्रश्न गर्न मन लाग्छ । तर प्रश्न कसलाई गर्ने ?
राजा परीक्षितको सुनको मुकुट हुनु र त्यही समयमा प्यासले गर्दा पानी खोज्न जानुपर्ने अनि कलिको घडीपला अनुसार कलियुग आरम्भ हुनुले उनको मनमा मरेको सर्प सन्तका घाँटीमा राख्ने कुविचार जाग्न गयो । सबैलाई जोडेर हेर्ने हो भने सुनले गहना बनेर झकिझकाउ देखिने मात्र नभएर उज्यालो जीवनमा अँध्यारो थपिदै जाने समेत रहेछ । वर्तमानमा सुनको कारोवार गर्नेहरूले एकपटक राजा परीक्षितको जीवनमा घटेको घटना याद गर्नुपर्ने थियो । दुईचार करोडको लहैलहैमा लागेर राजनीति पनि सेलायो । जीवन समाप्त भएको भन्दा अझ निच जीवन बाँच्नु परेको अवस्था आइलाग्यो । सुनलाई बहुमूल्य धातु मान्ने हो भने यसलाई यसैको रूपमा प्रयोग गर्नुपर्ने रहेछ भन्ने एउटा राम्रो पाठ राजा परीक्षितको जीवनबाट र वर्तमानमा पूर्व सभामुख र उनका आसेपासे सबैबाट सिक्न सकिन्छ । यसकारण स्वर्ण दिवस मनाऔं, सुवर्ण अवसरको प्रयोग गरौं । सुनौलो विहानीको अपेक्षा गरौ तर सुन विनाको मात्र । यदि सुन नै हातमा लिएर संकल्प गर्छु भन्ने भावना मनमा जाग्यो भने सुन जति अर्काको हातमा नारकीय जीवन आफ्ना लागि हुने रहेछ । चेतना भया ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?