ट्रेंडिंग:

>> बुहारीलाई कन्यादान >> लुम्बिनीमा स्थानीय पाठ्यक्रमः अलमलमै बित्यो स्थानीय तहको सात वर्ष >> लुम्बिनी प्रदेश : अल्पमतका मुख्यमन्त्रीको राजीनामा गर्न आलटाल >> अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना >> सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन >> बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु >> बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति >> चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार >> बुटवल कोरा २०२४ को तयारी पुरा >> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग

लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गर

४ असार २०८१, मंगलवार
४ असार २०८१, मंगलवार

शाक्यमुनी बुद्धको जन्मस्थल रूपन्देही जिल्लाको लुम्बिनीमा गत जेठ १० गते २५६८ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८१ भव्य कार्यक्रमकाबीच मनाइयो । लुम्बिनीमा आयोजित उक्त समारोहमा नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) स्वयं उपस्थित भई सम्बोधन गर्नुभयो । कार्यक्रममा स्वदेशी र विदेशी विशिष्ट व्यक्तित्वहरूको सहभागीता थियो । यो दिवस मनाउन नेपाल सरकारले एक दिने राष्ट्रिय विदा समेत दियो । यसबाट स्पष्ट हुन्छ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसलाई नेपालले राष्ट्रिय पर्वको रूपमा मान्यता दिएको छ । शाक्यमुनी बुद्धको जन्मस्थल लुम्बिनीको स्वदेश र विदेशमा समेत पछिल्लो समय राम्रोसँग प्रचार प्रसार भएका कारण पर्यटक आगमन पनि उत्साहजनक ढङ्गले बृद्धि भएको छ । समग्रमा लुम्बिनी क्षेत्रको महिमा दिन प्रति दिन बढ्दो छ । यस क्षेत्रमा नयाँ नयाँ खोज अनुसन्धानका कामहरू पनि दिन प्रतिदिन अघि बढ्दै गईरहेका छन् । पछिल्लोपटक शाक्यमुनी बुद्धले २९ वर्ष सम्मको जीवन व्यतित गरेको स्थल कपिलबस्तुको तिलौराकोट राजदरबार क्षेत्रलाई विश्व सम्पदामा सूचिकृत गर्न पहल भईरहेको छ । यो पहलले सिङ्गो नेपाल देशलाई नै उत्साहित तुल्याएको छ । यसरी शाक्यमुनि बुद्धको जन्मस्थल रूपन्देहीको लुम्बिनी, २९ वर्ष सम्म जीवन व्यतित गरेको स्थल कपिलबस्तुको तिलौराकोट राजदरबार क्षेत्र र अस्तु राखिएको स्थल नवलपरासीको रामग्राम क्षेत्रको महिमा दिन प्रति दिन संसार भरी फैलिदै गईरहेको छ । यो सुखद पक्ष हो । यसले नेपाल र नेपालीको प्रतिष्ठा संसारमा बढेको छ । थप बढ्ने छ । यसरी बाह्रय क्षेत्रमा लुम्बिनीको महिमा फैलिई रहँदा लुम्बिनी क्षेत्रमा लुम्बिनीको संरक्षण र प्रबद्र्धनकोलागि ठोस काम के भई रहेको छ भन्ने विषयमा खोजीनीति गर्नु यो लेखको उद्देश्य हो ।

लुम्बिनी गुरुयोजना शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनीको संरक्षण र प्रबद्र्धनको लागि प्रमुख कार्यक्रम वा योजना हो । यसको सफल कार्यान्वयनमा लुम्बिनीको संरक्षण र प्रबद्र्धन निर्भर छ । तर दुःखको कुरा शुरुवात भएको १७ वर्षमा पुरा गरी सक्ने लक्ष्य राखिएको यो योजना ४६ वर्ष वितिसक्दा पनि पुरा हुन सकेको छैन । सन् १९७८ मा शुरुवात भएको यो गुरुयोजना सन् १९९५ मा पुरा गरिसक्ने लक्ष्य थियो तर सन् २०२४ सम्ममा पनि पूरा हुन सकेको छैन । अझै अनुमानित २५–३० प्रतिशत कार्य बाँकी रहेको लुम्बिनी विकास कोषको भनाई छ । म्यानमार (बर्मा) मा जन्मेका संयुक्त राष्ट्रसङ्घका तत्कालिन महासचिव उ थान्त, जो स्वयं बौद्ध धर्मावलम्बी थिए, उनले लुम्बिनी भ्रमण गर्दा यो क्षेत्र निकै अस्तव्यस्त र लथालिङ्ग अवस्थामा देखे । त्यसपछि उनले यो विषयप्रति तत्कालिन नेपालका राजा महेन्द्रको ध्यानाकर्षण गराए । लुम्बिनीको संरक्षण र प्रबद्र्धन गर्नुपर्छ भन्ने विषयमा उ थान्त र राजा महेन्द्रबीच सहमति भएपछि यसको विकास र संरक्षणको लागि गुरुयोजना बनाउने निर्णय भयो । सन् १९७२ मा गुरुयोजना बनाउन जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टाँगेलाई यसको जिम्मेवारी दिइयो । १० लाख डलर लगानीमा प्रोफेसर टाँगेले गुरुयोजना बनाए । नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घको संयुक्त लगानीमा उक्त गुरुयोजना बनेको थियो । सन् १९७८ मा उक्त गुरुयोजना तयार भएको थियो र १९७८ बाटै यसको कार्यान्वयन गर्ने निर्णय पनि भएको थियो । कार्यान्वयनको निर्णय भएपनि व्यवहारमा भने काम अगाडी बढ्न सकेन । यस कामको लागि एउटा स्थायी संयन्त्रको आवश्यकता महसुस गरी सन् १९८५ मा लुम्बिनी विकास कोषको स्थापना गरियो । जबकी १९८५ मा गुरुयोजनाको पहिलो चरण सम्पन्न गर्ने लक्ष्य थियो । लुम्बिनी गुरुयोजना कार्यान्वयनको लागि लुम्बिनी विकास कोषको स्थापना भएको हो । कोष स्थापना भएको ३९ वर्ष भईसक्यो तर दुःखको कुरा लुम्बिनी गुरुयोजना सम्पन्न गर्नको लागि स्थापना भएको संस्था, जसलाई १० वर्ष भित्र गुरुयोजना सम्पन्न गर्नुपर्ने जिम्मेवारी थियो तर त्यसले ३९ वर्ष वितिसक्दा पनि गुरुयोजना सम्पन्न गर्न सकेको छैन । गुरुयोजना निर्माण कालमा यसको लागत अनुमान ८.५ मिलियन डलर अर्थात ५ अर्ब रूपैयाँ थियो । हालसम्म यसमा ७–८ अर्ब रूपैयाँ लगानी भईसक्यो । अझै करिब ७ अर्ब रूपैयाँ लगानी आवश्यक पर्ने लुम्बिनी विकास कोषको अनुमान रहेको कोषका सूचना अधिकृत हरि राईको भनाई छ । समयावधि लम्बिदै जाँदा लागत पनि बढेको हो । संयुक्त राष्ट्रसङ्घका महासचिवका हैसियतले संसारका महत्वपूर्ण देश र सम्पदा स्थल पुगेका उ थान्तलाई लुम्बिनीको दुरावस्था देखेर आँखाबाट आसु बगेपछि शुरुवात भएको लुम्बिनी क्षेत्रको विकासले पाँच दशक अवधिसम्ममा पनि तिब्र गति समात्न सकेको छैन । कछुवा गतिमा काम भईरहेको छ । समय लम्बिदै जाँदा गुरुयोजना विपरितका संरचना निर्माण भएका छन् ।

लुम्बिनी गुरुयोजनाले ३ वर्ग माइल अर्थात १ हजार १ सय ५५ विगाह वा ७ सय ७७ एकड क्षेत्रफल ओगटेको छ । लुम्बिनी विकास कोषका सुचना अधिकृत हरि राईका अनुसार उत्तरतर्फको १ वर्ग माइल क्षेत्रमा लुम्बिनी ग्राम रहेको छ । विचको १ वर्ग माइल क्षेत्रमा विहार क्षेत्र रहेको छ । दक्षिण तर्फको १ वर्ग माइल क्षेत्रमा पवित्र उद्यान क्षेत्र रहेको छ । विहार क्षेत्रमा ४२ वटा विहार निर्माण गर्ने प्रस्ताव गरिएकोमा ३० वटा विहार निर्माण भईसकेका छन् । जसमा नेपाल, कोरिया, चिन, जापान, फ्रान्स, अष्ट्रिया, सिंगापुर, श्रीलङ्का, क्यानडा, कम्बोडिया, म्यानमार, अमेरिका आदी देशहरूले विहार निर्माण गरिसकेका छन् । प्रस्तावित ३ किसिमका डिलक्स, मिडियम र बजेट क्लासका होटलहरू निर्माण सम्पन्न भईसकेका छन् । सञ्चालनमा समेत छन् । प्रस्तावित विद्यालयको ठाउँमा लुम्बिनी बौद्ध विश्वविद्यालयको कार्यालय भवन छ । कर्मचारी आवास भवनहरू बनेका छन् । प्रस्तावित ३ वटा कल्चरल सेन्टर बन्नुपर्ने छन् । कोषको प्रधान कार्यालय बनेको छ । कोसेली घरहरू बन्दैछन् । सङ्ग्रहालय (म्यूजियम) निर्माण सम्पन्न भयो । पुस्तकालय (लाइव्रेरी) बन्यो । गुरुयोजना विपरित ५ हजार मानिस अटाउने क्षमताको एउटा सभाहल बनेको छ । गुरुयोजनाको मूल काम भने बाँकी छ । मायादेवी मन्दिर, पोखरी, पवित्र उद्यान, ध्यान केन्द्र आदी मुख्य संरचना निर्माणको काम बाँकी छ । ढल व्यवस्थापन प्रणाली व्यवस्थित गर्न र फोहर मैला व्यवस्थापन प्रणालीको काम गर्न पनि बाँकी छ । हरहवा नदीलाई डाइभर्सन गर्ने काम पनि बाँकी छ । अहिले भित्री सडक निर्माणका काम धमाधम भईरहेका छन् । अहिलेको मायादेवी मन्दिर अस्थायी प्रकृतिको हो । यसको ठाउँमा विशाल मायादेवीको मन्दिर बनाउने योजना छ ।

यसरी लुम्बिनी गुरुयोजना कछुवा गतिमा अघि बढीरहेको छ । गुरुयोजना सम्पन्न गर्ने तर्फ नेपाल सरकार वा लुम्बिनी विकास कोषको ध्यान केन्द्रित भएको अनुभूति हुँदैन । डेढ दशकमा सम्पन्न गर्ने लक्ष्य राखिएको सो गुरुयोजना पाँच दशक पुग्न लाग्दासम्म सम्पन्न नहुनुले यसमा सरकारको ध्यान केन्द्रित छैन भन्न हिचकिचाउनु पर्दैन । यदी सरकारको यस विषयमा ध्यान केन्द्रित हुने हो भने आर्थिक श्रोतको कमी हुन्छ जस्तो लाग्दैन । संयुक्त राष्ट्रसङ्घलाई यस विषयमा गुहार्ने हो भने आर्थिक समस्या हल हुन सक्छ । जव संयुक्त राष्ट्रसङ्घले लुम्बिनीको विकास, संरक्षण र प्रबद्र्धन गर्न गुरुयोजना बनाउन पहल गरेको थियो भने आर्थिक स्रोत जुटाउन पनि संयुक्त राष्ट्रसङ्घलाई गुहार्न हिचकिचाउनु पर्दैन । ७ अर्ब रूपैयाँ बजेटको व्यवस्था गर्न नेपाल सरकार स्वयंले नसक्ने होइन । खाँचो नेपाल सरकारको प्रतिबद्धताको मात्र हो । बौद्ध धर्मावलम्बीहरूको अन्तर्राष्ट्रिय तिर्थस्थल लुम्बिनीको विकास, संरक्षण र प्रबद्र्धन गर्न लुम्बिनी गुरुयोजनाको सफल र सुन्दर ढङ्गले कार्यान्वयन गर्नुको विकल्प छैन । यसतर्फ नेपाल सरकारको तत्काल ध्यानाकर्षण हुनु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?