ट्रेंडिंग:

>> लुम्बिनीमा स्थानीय पाठ्यक्रमः अलमलमै बित्यो स्थानीय तहको सात वर्ष >> लुम्बिनी प्रदेश : अल्पमतका मुख्यमन्त्रीको राजीनामा गर्न आलटाल >> अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना >> सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन >> बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु >> बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति >> चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार >> बुटवल कोरा २०२४ को तयारी पुरा >> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा

बुटवलमा चुरेको जोखिम र अवसर

४ असार २०८१, मंगलवार
४ असार २०८१, मंगलवार

महाभारत पर्वत शृंखलाको दक्षिणी सिमानादेखि तराई मैदानको उत्तरी सिमाना विचको होंचो डाँडा र पर्वत शृंखला नै चुरे हो । यो क्षेत्र पाकिस्तानको इन्दुस नदीदेखि नेपाल हुँदै भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको छ । समुन्द्री सतहको १२० मिटर देखि २००० मिटर सम्मको उचाइमा अवस्थित चुरेले नेपालको करिव १३ प्रतिशत भूभाग ओगटेको छ । तराईका २१ र पहाडका १६ गरि ३७ जिल्लामा फैलिएको चुरेलाइ हिमालय पर्वतीय क्षेत्रको सबै भन्दा कान्छो र कमजोर भूधरातल मानिन्छ । बालुवा, गिर्खे चट्टान,कंकड माटो र पत्रे चट्टानबाट बनेको चुरे क्षेत्रसंगै दक्षिणमा नदीले बगाएर ल्याएका ढुंगा, गिट्टी, बालुवा र कंकडले बनेको भावरको समथर भूभाग छ । नेपालको प्राकृतिक वन मध्ये २६ प्रतिशत वन चुरे क्षेत्र मै रहेको छ । चुरेमा ३ प्रतिशत कोणधारी (सल्लो प्रजाति) , ८३ प्रतिशत साल तथा उष्ण प्रदेशीय वन र १४ प्रतिशत मिश्रित वनस्पतियुक्त वन पाइन्छ । चुरेमा १३ किसिमका पारिस्थितिकीय प्रणाली (इकोसिस्टम) छन्, जहाँ हजार ५ सय ७० भन्दा बढी प्रजातिका फूल फुल्ने वनस्पति र अन्यत्र नपाइने वन्यजन्तु पाइन्छन् ।

चुरेलाई तराईको जीवन मानिन्छ । चुरेको ६० प्रतिशत भूभाग वन जंगलले ढाकेको छ । यही कारणले चुरे र भावर क्षेत्रले वर्षा र नदीको पानीलाई सोंसेर राख्दछ, जुन तराईको भूमिगत पानीको मुख्य श्रोत हो । तराईमा बग्ने सबैजसो खहरे र मझौला खोलाहरुको मुहान तराई मै रहेको छ । चुरेमा रहेको वनजंगलले तराईमा सुन्दरता थप्ने काम मात्र गरिरहेको छैन, तराईलाई शितलता प्रदान गर्ने र स्थानीय बासिन्दाका वन पैदावार सम्बन्धी अवाश्यकताहरु पूरा गर्ने काम समेत गरिरहेको छ । चुरेले माटो र पानी संरक्षण गरेर तराईको उर्वर भूमि जोगाउँदै खाद्यान्न उत्पादनमा योगदान दिईराहेको छ । चुरेसँग १ करोड ५६ लाख ३४ हजार ६ जना नेपाली अर्थात् कूल जनसंख्याको ५३.६१ प्रतिशत जनसंख्याको जीवन गाँसिएको छ । नेपालका झन्डै १५ लाख परिवार प्रत्यक्ष रूपमा चुरे भावर क्षेत्रमै आश्रित रहेको बताइन्छ ।

बुटवल र चुरे

रुपन्देही जिल्लाको उत्तरी क्षेत्र चुरे र भावर प्रदेशले ओगटेको छ । रुपन्देही जिल्लाको एक लाख ३६ हजार हेक्टर कूल क्षेत्रफल मध्ये २३ हजार ५०५ हेक्टर भूभाग चुरे क्षेत्रमा पर्दछ । तिनाउ नदीको फैलावट क्षेत्रमा नदीले बनाएको मैदानमा बसेको भएपनि बुटवल भित्रि चुरेसम्म घुसेको छ । बुटवल उपमहानगरपालिकाको कूल क्षेत्रफल १० हजार ३९८ हेक्टर मध्ये ६ हजार ६ सय ४५ हेक्टर चुरे रहेको छ । साबिकको मोतिपुर गाविसमा ३२ हेक्टर र सेमलार गाविसमा २०३ हेक्टर चुरे क्षेत्र छ भने बाँकी सबै चुरे साविकको बुटवल नगरपालिकामै रहेको छ भने साविकको बुटवल नगरपालिकाको ९५ प्रतिशत भूभाग चुरे र भावरमै रहेको छ । एडीबीको अध्ययन अनुसार बुटवलको चुरेको अधिकतम उचाई १०६० मिटर रहेको छ । भौगोलिक रुपमा हेर्दा तिनाउ पश्चिमको र ज्योतिनगर क्षेत्रको चुरे बढी भिरालो देखिन्छ भने पूर्वी बुटवलको चुरे होचो र कम भिरालो रहेको छ । चुन मिश्रित पत्रे चट्टान, गिर्खे ढुंगा, ढुंगा, गिट्टी, बालुवा र कंकडले बनेको बुटवलको चुरे क्षेत्र निकै चलायमान र कमजोर किसिमको रहेको छ ।

जीवनदायी चुरे

चुरे बुटवलको जीवनदायी अंग हो । चुरेले बुटवललाई पर्यावरणीय र भौतिक रुपले निरन्तर सेवा प्रदान गर्दै आएको छ । बुटवलको ५ हजार ७ सय हेक्टर वन चुरेमा नै पर्दछ । यही वनले बुटवललाई सुरक्षा र सौन्दर्यता प्रदान गरिरहेको छ । वडा नम्बर १० को मैदानी भूभाग र तिनाउ किनारा बाहेक बुटवलमा हरियाली भएको क्षेत्र चुरे मात्र हो । चुरेको वनले बुटवललाई वन पैदावार निरन्तर उपलब्ध गराइरहेको छ. । वन पैदावारको लागि बुटवल नगरबासीहरु मात्र नभएर शुद्धोधन गाउँपालिकाका बासिन्दाहरु समेत चुरेमै निर्भर रहेका छन् । बुटवल हँुदै पुर्व रोहिणी नदीमा मिसिन जाने सुखौरा र भनभने खोलाका साथै बुटवल पश्चिम दानो नदीमा मिसिन जाने सबै खहरे खोलाहरु चुरेबाटै उत्पन्न भएका छन् । तिनाउ नदीको ठुलो जलाधार क्षेत्र चुरे भएकोले तिनाउमा पानी निरन्तरताको लागि बुटवलको चुरेले महत्वपूर्ण भूमिका खेलेको छ । अहिलेपनि पुर्व पश्चिम राजमार्गको उत्तरी क्षेत्रमा वितरण भैरहेको खानेपानीका सबैजसो मुहानहरु चुरे क्षेत्रमा नै रहेका छन् भने बाँकी क्षेत्रमा चुरेले जोगाइदिएको भूमिगत पानीलाई डीप बोरिङ्ग गरेर तानेर वितरण गरिएको छ । चुरे जीवित नभैदिएको भए बुटवल उहिल्यै काकाकुल वस्ती बनिसक्ने थियो ।

चुरेको जोखिम

चुरेलाइ विश्वमै कान्छो र कमजोर पहाड मानिन्छ । खुकुलो भुवनोट, गिट्टी, बालुवा र गिर्खे माटोको प्रचुरताले गर्दा चुरे कमजोर छ, जुन सामान्य धक्का वा हलचलले नै भूस्खलन भएर खस्ने गरेको छ । प्राकृतिक वा मानवीय कारणले चुरेमा रहेका खोल्सा खोल्सीहरु थुनिदा, चुरेको तल्लो भाग खोतलिदा, सतहमा माटो अड्याउन सक्ने रुख विरुवा नहँुदा सामान्य वर्खामै पनि चुरेमा भु–स्खलन हुने गरेको छ । पछिल्ला ४० वर्षमा बुटवलले जे जति प्राकृतिक विपदहरु भोगेको छ त्यसमा चुरेको भूक्षय नै मुख्य जिम्मेवार रहेको देखिन्छ । वि.सं.. २०२७ सालमा चुरे खस्दा तिनाउ थुनिएर बनेको ताल फुट्दा तिनाउमा बाढी आएर तत्कालीन दाउरे टोल र तिनाउ छेउँछाउँका ९२ जना मानिसहरु बगेका थिए । २०३२ सालको बाढीले मैनाबगर बगाएको थियो भने २०३७ सालमा सहश्र धारा नजिक चुरेमा आएको पहिरोले निर्माणाधीन पक्की पुललाई मात्र भत्काएन, पारि बुटवलको भविश्य नै ओझेलमा पा¥यो । त्यही पहिरोको कारणले बनेको ताल फुट्दा ४१ जना मानिस र १२० घरहरु बगेका थिए । चुरे विनासको सबैभन्दा ठुलो क्षति बुटवलले २०५५ भदौ १९ र २० गते बुटवल ज्योतिनगर क्षेत्रमा भोगेको थियो । झण्डै २०० मिटर माथिबाट पहिरो झर्दा १०१ वटा घर र १९ वटा घडेरीहरु पुरिएका थिए भने एक जनाले ज्यान गुमाउनु परेको थियो । दुई वर्षअघि पनि त्यो क्षेत्रमा पहिरोले ठूलो क्षति पु¥याएको थियो । अहिले पनि ज्योतीनगर वस्तीमाथि नाङ्गोे पहिरो खतराको घन्टी बजाएर उभिइरहेको छ ।

चुरे र बुटवलको भविश्य

चुरे क्षेत्र बुटवलको लागि समृद्धि र समस्या दुबैको श्रोत हो । चुरेले बुटवललाई पर्यटकीय नगरी बनाउने क्षमता राख्दछ तर अहिलेसम्म त्यसतर्फ खासै पहल हुन सकेको छैन । अहिले पनि चुरेमा अतिचरिचरण, वन फडानी, वन डढेलो रोकिन सकेको छैन । यस्ता गतिविधिहरुले बुटवलको चुरे क्षेत्रमा वन घनत्व घटाउन र चुरेको सतहलाई कमजोर बनाउने काम भैरहेको छ । नुवाकोट–बेलबास सडकले चुरेको पश्चिमी भूभागमा भूक्षयको जोखिम बढाएको छ । तिनाउ गहिरिदै जाँदा तथा चुरे नाङ्गो हुदै जादा चुरेको सतहमा जल प्रवाह बढी हुने र त्यसले अझ बढी क्षति पु¥याउने देखिन्छ । अहिलेपनि लक्ष्मीनगर, चाँदवारी, ज्योतिनगर, पारि बुटवल, बेलबास क्षेत्रमा चुरेको फेदसम्ममै पहाड खनेर , चुरेबाट बग्ने खोल्साहरु थुनेर घर र अन्य भौतिक संरचनाहरु निर्माण गर्ने काम रोकिएको छैन । यस्ता गतिविधिहरुले चुरे कमजोर बन्दै गएको छ र भविष्यमा बुटवलले विगतका भन्दा ठुला विपदहरुको सामना गर्नुपर्ने अवस्था आउने देखिन्छ ।

हिड्नुपर्ने बाटो

चुरे जोगिए बुटवल जोगिनेछ । बुटवललाई स्वच्छ, हराभरा र जीवित बनाउनको लागि चुरेलाई जोगाउन ढिला गर्नु हँुदैन । बुटवलको चुरे क्षेत्र विनास भएमा पानीको हाहाकार हुने भएकोले चुरेमा हरियाली प्रवद्र्धन गर्ने र पानीका मुहानहरुलाई जोगाउने काम गरिहाल्नु पर्छ । चुरेबाट निस्कने खहरे व्यवस्थापन गर्ने, खोल्साहरुको पुरिने गरी कुनैपनि निर्माण कार्य गर्न नदिने, खोल्साहरुमा झाडी सरसफाई गर्ने र खाली ठाउँमा वृक्षारोपण गरेर रुख हुर्काउने काम गर्न सकेमा चुरेलाई र तिनाउलाई जोगाउन सकिनेछ । चुरेको बलियो क्षेत्रको पहिचान गरी त्यहाँ वर्षातको पानी संकलन गर्ने पोखरी बनाउन सकेमा पानीका मुहानहरुलाई जीवित राखिरहन सकिनेछ । खानेपानी, वन पैदावारको उपलब्धता र पर्यटनसंँग जोडेर चुरेको व्यवस्थापन गर्न सकेमा चुरे बुटवलको लागि समृद्धिको आधार बन्नेछ नत्र भने सधै टाउको माथि झुण्डिएको नाङ्गो तरवार बनिरहने छ ।

[email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?