ट्रेंडिंग:

>> गठबन्धनको सरकारबाट संसद विघटनको खेल हुन सक्छः चित्रबहादुर केसी >> भैरहवा विमानस्थलः उडान आन्तरिक, शुल्क अन्तर्राष्ट्रिय >> व्यापार मन्दीको ज्योतिषीय कारणहरू र समाधानको उपाय >> रोटरी क्लव अफ बुटवल चौतारीद्वारा सदस्यहरुलाई अभिमुखीकरण >> बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू >> कृषकको आम्दानी बढाउन बाख्रापालन >> ९९ वर्षकी कमलादेवीको सफल उपचार >> प्रतिष्ठानले प्रकाशन शुरु गर्यो आफ्नै बैज्ञानिक जर्नल ! >> नेपालको राजनीतिमा महामानव विपि >> सिमलताल बस दुर्घटना : हराएका यात्रु र बसको खोजीका लागि भारतीय उद्धार टोली खटिँदै >> मनसुनको एक महिना : बाढी, पहिरो र चट्याङबाट दुई सयको मृत्यु >> गुरुत्वले पूर्ण गुरु डा. स्वामी रामानन्द गिरि >> विभेदले जन्मिएकी अभियन्ता >> अखिल क्रान्तिकारीद्वारा बुटवल क्याम्पसमा छात्रा भेला >> नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन >> दाङ जिल्ला अदालतमा १८ महिना कटेका मुद्दा शुन्य >> आजको मौसम : देशका केही ठाउँमा भारी वर्षाको संभावना >> पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भेटियो भाइरस >> जलवायु परिवर्तनको जोखिममा सिमान्तकृत समुदाय >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> उच्च अदालतको ठहर– गौशाला–२६ बालिग नै हुन्, सन्दीपसँगका सबै घटनाक्रम सहमतिमै >> सडक बत्ती जडानमा अनियमितताको आरोप >> उपसभामुख रानालाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी >> महिला एसिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जित, यूएई ६ विकेटले पराजित >> उपसभामुख रानामगरले भनिन्- करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियो >> महिला एशिया कप: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य >> नाबालिका वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ >> माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित >> रगत अभाव रोक्न रक्तदान अभियान >> प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> महिला एसिया कप : यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने >> राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई शुभकामनासहित बिदाई >> संसद भवनको निर्माण ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफल >> सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत >> त्रिशुलीमा हाम फालेर ट्रकका सहचालक बेपत्ता >> ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन-युक्रेनी राष्ट्रपति जेलेन्स्की >> मौद्रिक नीति सार्बजनिक आज नहुने >> सिंहदरबारमा खादा र मालाको लर्को छोडेर उद्धार तथा राहतमा ध्यानदिन सरकारसँग कांग्रेस नेता महरको आग्रह >> नवलपुरमा कोरा साइक्लिङ >> क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स >> बुटवल ईजलासमा आठ वर्षयताकै उच्च फैसला >> रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु >> आज देशैभर भारी वर्षाको चेतावनी >> विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै >> नगरसभा नहुँदा बजेटविहीन लमही >> वडाध्यक्षले पढाउँछन् निःशुल्क ट्युसन कक्षा >> पाल्पाका सहरी क्षेत्रका बालबालिकामा कुपोषण बढि >> शिक्षकमाथिको भेदभाव रोकिने कहिले ? >> जग्गामा महिला स्वामित्व बढ्दै

एचआईभी संक्रमितलाई छात्रवृत्ति, शैक्षिक र पोषण सामग्री वितरण

२ असार २०८१, आईतवार
२ असार २०८१, आईतवार

तिलोत्तमा,२ असार । तिलोत्तमा नगरपालिकाले नगरभित्रका एचआईभी संक्रमितका लागि छात्रवृत्ति,शैक्षिक एवं पोषणा सामग्री वितरण गरेको छ ।
नगरपालिकाले आइतबार नयांमिलमा एक कार्यक्रमका बीच क्याम्पस तहमा अध्यनरत विद्यार्थी ५ जनालाई २० हजारका दरले छात्रवृत्ति, विद्यालय तहका ७ जना विद्यार्थीलाई झोला,कापी, क्यालकुलेटर लगायत शैक्षिक सामग्री र अन्य ६० जनालाई चामल,दाल,तेल,अण्डा लगायत पोषण सामग्री वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै तिलोत्तमाका मेयर रामकृष्ण खांणले छात्रवृत्ति, पोषण सामग्री वितरण गर्नु सन्देशका हिसाबले महत्वपूर्ण छ भन्दै आफ्नो कारणले मात्र नभई रगत लिंदा वा अन्य हिसाबले एचआईभी संक्रमण हुने भएकाले समाजले यसलाई दुर्घटनाका रुपमा सहज लिनुपर्ने बताए । नगरवासीलाई विभेद नगर्ने, समान व्यवहार गर्ने नीति नगरपालिकाको रहेको उनले बताए ।
संक्रमित मध्ये घरवास नभएकालाई घर बनाउन जग्गा उपलब्ध गराउन पहल गरिने उनले आश्वासन दिए ।

नगरपालिकाका सामाजिक विकास समिति संयोजक रवि सेन्चुरी कुनै पनि वर्ग समुदायलाई विभेद नहोस् भनेर समितिले नीति तथा कार्यक्रम र वजेटमा छात्रवृत्ति र पोषण वितरण गरेको बताए । संक्रमति विद्यार्थीलाई रोजगारमूलक तालिम, सीप दिएर आत्मनिर्भर बनाउनुपर्ने उनले बताए । १५७ जनामा एकजनालाई एचआईभी संक्रमण हुनु गम्भीर विषय भएको उनले बताए ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले नगर भित्र १७५ जनामा एचआईभी संक्रमण रहेको भन्दै यसपटक ७२ जनालाई लागि छात्रवृत्ति, शैक्षिक एवं पोषणा सामग्री वितरण गरिएको बताए ।उनले चालु वर्षमा एचआईभी संक्रमितका लागि ५ लाख वजेट रहेको बताए ।
जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले एआरभी औषधि नियमित सेवन गरे रोग निको हुने र अरु जस्तै नियमित काम, रोजगारी गर्न सकिने बताए ।
एचआईभी संक्रमित शोभाखर पोखरेलले संक्रमित हुंदैमा आत्तिन नपर्ने नियमित रुपमा रोजगारी र काम गर्न सकिने बताए । आफूहरु श्रीमान श्रीमती नै संक्रमित हुदा पनि सन्तानमा संक्रमण नभएको अनुभव सुनाए ।
एचआईभी क्षेत्रमा काम गर्ने एनएपीएनका प्रदेश संयोजक अर्जुन ज्ञवालीका अनुसार रुपन्देहीमा १७ सय जना एचआईभी संक्रमित छन् । ती मध्ये १५ सय जनाले लुम्बिनी प्रादेशिक अस्पताल र २ सय जनाले भीम अस्पतालबाट औषधि सेवन र उपचार सेवा लिइरहेका छन् । तिलोत्तमा, सिद्धार्थनगर, बुटवल, देवदह, लुम्बिनी सांस्कृतिक, सियारी र शुद्धोधनले संक्रमितका लागि वजेट छुट्टाएर सहयोग गरेको भन्दै बांकी पालिकाहरुले पनि यसलाई अनुरण गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?