ट्रेंडिंग:

>> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना >> सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन >> बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु >> बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति >> चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार >> बुटवल कोरा २०२४ को तयारी पुरा >> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न

घोराही उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकास कार्यक्रम प्राथमिकतामा
२ असार २०८१, आईतवार
२ असार २०८१, आईतवार

दाङ, २ असार ।

घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ का नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकासलगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगरसभाको १५ औं अधिवेशनमा आइतबार नगर प्रमुख नरुलाल चौधरीले कूल ३३ पृष्ठको २ सय ६१ बुँदामा समेटिएको नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेका छन् । उनले कृषियोग्य भूमिमा नियमित सिँचाई गर्न नगर क्षेत्रभित्र रहेका सम्भावित खोलाखाल्सी, सिमसारलगायत क्षेत्रहरुको मुहान संरक्षण गर्ने, भूमिगत जलभण्डार स्थिर राख्न सिँचाई, पर्यटन, रोजगारी सिर्जना गरी नगरबासीको आर्थिक स्तर उकास्ने, किसानलाई दिइने उन्नत बिउ विजन र कृषि उपकरणमा अनुदानलाई निरन्तरता दिने, सूचना प्रविधिको माध्यमबाट कृषि सूचना उपलब्ध गराउन घोराही कृषि मोबाईल एप तयार गरी कार्यान्वयनमा ल्याई किसान परिचय पत्रको समेत व्यवस्था गरिने नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । जनहितका कार्यक्रम यथावत रहने नीति ल्याएको उपमहानगरले कृषि, स्वास्थ्य र शिक्षामा केही नयाँ नीति अवलम्वन गर्नेगरी थप कार्यक्रम पनि ल्याएको छ ।

पशुपंक्षीको उपचार, पशुआहारालाई व्यवस्थित गर्न नगरभित्र रहेका पशु सेवा केन्द्रको सुदृढीकरण गरिने भएको छ । यस्तै पशुपंक्षीमा देखिने संक्रामक रोग निवारण गर्न निःशुल्क खोप उपलव्ध गराउने र त्यसका लागि डोर टू डोर कार्यक्रम सञ्चालन गर्ने, गोठदेखि ओठसम्म स्वच्छ उत्पादन र उपभोग गर्न डिस्पेन्सरीसहितको प्रयोगशाला सञ्चालनमा ल्याउने उपमहानगरले आफ्नो नीतिमा उल्लेख गरेको छ ।

यसैगरी, माटोको गुणस्तरमा ह्रास हुन नदिन माटो परिक्षण कार्यलाई निरन्तरता दिँदै प्राङ्गारिक मल तथा जैविक विषादी उत्पादन र प्रयोगमा किसानलाई प्रोत्साहन गरी प्राङ्गारिक तथा अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिएको छ । सिकलसेलका बिरामीलाई निःशुल्क रगत, लैंगिक हिंसा निवारण, बालमैत्री अभियान, ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्यजाँच लगायतका थुप्रै पुराना कार्यक्रमलाई निरन्तरता दिइएको नगरप्रमुख चौधरीले बताए । आयुर्वेद उपचारात्मक, प्रवद्र्धनात्मक तथा पूर्वकर्म, पञ्चकर्म तथा शिरोधारासहितको आयुर्वेद स्वास्थ्य सेवा विस्तार गर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क बिमा गर्ने, जन्मजात बिकलाङ्ग न्यूनीकरण गर्न गर्भवतीहरुलाई नियमित निःशुल्क भिडियो एक्सरे सेवाको व्यवस्था गर्ने कार्यक्रममा उल्लेख छ ।

उपमहानगरले ल्यायो शिक्षामा केही नयाँ कार्यक्रम

राष्ट्रिय शिक्षा नीतिले सम्बोधन गरे बमोजिम ५ वर्षे नगर शिक्षा योजना तयार गर्ने भएको छ । एक वडा एक नमूना विद्यालय सञ्चालन गर्ने, प्राविधिक धारको शिक्षालाई व्यवस्थित गर्दै सीपयुक्त शिक्षा उपलव्ध गराउने र दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने, विद्यालय व्यवस्थापन समिति, शिक्षक, शिक्षक अभिभावक संघको क्षमता अभिबृद्धि गर्ने, विद्यालयहरुलाई स्रोत साधनयुक्त बनाउने, सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । विद्यार्थीहरुलाई छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, स्यानेटरी प्याड वितरण, विज्ञान र सूचना प्रविधि प्रयोगशाला तथा पुस्तकालयको व्यवस्था र शुक्रवारिय सिर्जनशील कार्यक्रम गरेर बालबालिकालाई शिक्षामा प्रोत्साहन गर्ने उल्लेख गरिएको छ ।

थारु तथा मगर भाषामा कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम अनुसारको पाठ्यक्रम अनुसार पाठ्यपुस्तकको व्यवस्था गर्ने भएको छ । पाँच वर्षमुनि उमेर समूहका सबै बालबालिकालाई प्रारम्भिक बालशिक्षाको अवसर दिने भनेको उपमहानगरले शिक्षामा पहुँच सुनिश्चित गर्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । लैंगिक समानता तथा सामाजिक समोवशीकरणको नीतिलाई अवलम्बन गर्ने, सन् २०२६ सम्ममा घोराहीलाई लैंगिक हिंसा नियन्त्रित पालिका घोषणा गर्न लैंगिक हिंसा नियन्त्रणका सूचक बमोजिम निरोधात्मक, प्रवद्र्धनात्मक एवम् संरक्षणात्मक कार्यक्रम संचालन गरिने भएको छ ।

त्यसैगरी घोराही उपमहानगरले स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ । असहाय, विपन्न तथा प्रसूतिजन्य सेवाका लागि निःशुल्क एम्बुलेन्स उपलव्ध गराउने, प्रजनन् रुग्णता कार्यक्रम अन्तरगत पाठेघर बचाऊँ अभियान कार्यक्रम संचालन गरिने भएको छ । पाठेघरको निशुल्क भिआईए स्क्रिनिङ गरी क्यान्सरको प्रारम्भिक जाँच तथा उपचारको व्यवस्था मिलाउने नीति लिएको छ ।

घोराहीलाई लागूऔषध दुव्र्यसनमुक्त नगर घोषणा गर्ने, नगरक्षेत्रका निर्माणाधीन स्वास्थ्य संस्थाहरुको भवन सम्पन्न गर्ने, उपप्रमुख खुत्रुके वचतलाई निरन्तरता दिने भएको छ । घोराही उपमहानगरपालिकाले सामाजिक सुरक्षा र विकासका कार्यक्रमलाई पनि थप व्यवस्थित गर्ने नीति अख्तियार गरेको छ । सुरक्षित आवासका लागि भवनसंहिताको पालनामा कडाइ र अनुगमन गर्ने, पालिकाका हरेक वडालाई विद्युतीकरण पूर्ण गरी उज्यालो नगर घोषणा गर्ने नीति लिएको छ ।
नगरको पूर्वाधार विकासका ५ लाख भन्दा माथिका योजनालाई ठेक्कामार्फत गर्ने, आयोजनाहरुको गुणस्तर परीक्षण गर्न घोराहीको आफ्नै परीक्षण प्रयोगशाला स्थापनाको लागि आवश्यक पूर्वाधारको तयारीको शुरुवात गर्ने नीति लिएको छ ।सरयु नदीको सांस्कृतिक महत्व झल्किने गरी पूर्वाधार निर्माण गर्न वृहत सरयु करिडोर आयोजना सम्भाव्यता अध्ययन गर्ने, प्रस्तावित चक्रपथ कार्यान्वयनमा सघाउ पुुग्ने गरी पहुँच मार्ग, सहायक मार्ग, वैकल्पिक मार्ग, गाउँ टोल भित्रका साना सडकहरु निर्माण तथा स्तरोन्नतिको कामलाई प्राथमिकता दिने भएको छ ।

उपमहानगरले वातावरणको संरक्षण गर्न ४० माइक्रोनभन्दा कमको प्लाष्टिक झोला उत्पादन र बिक्रीमा प्रतिबन्ध लगाउने, कोशेली घरलगायत उत्पादनमा आधारित क्षेत्र र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने, करदाता शिक्षा कार्यक्रम चलाउने र उत्कृष्ट करदातालाई सम्मान गर्ने, हरित नगरको अभियानलाई सार्थक बनाउन बजार क्षेत्रका सडक किनारमा रोड साईड प्लान्टेशन कार्यक्रम संचालन गर्ने नीति उपमहानगरले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?