ट्रेंडिंग:

>> रोटरी क्लव अफ बुटवल चौतारीद्वारा सदस्यहरुलाई अभिमुखीकरण >> बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू >> कृषकको आम्दानी बढाउन बाख्रापालन >> ९९ वर्षकी कमलादेवीको सफल उपचार >> प्रतिष्ठानले प्रकाशन शुरु गर्यो आफ्नै बैज्ञानिक जर्नल ! >> नेपालको राजनीतिमा महामानव विपि >> सिमलताल बस दुर्घटना : हराएका यात्रु र बसको खोजीका लागि भारतीय उद्धार टोली खटिँदै >> मनसुनको एक महिना : बाढी, पहिरो र चट्याङबाट दुई सयको मृत्यु >> गुरुत्वले पूर्ण गुरु डा. स्वामी रामानन्द गिरि >> विभेदले जन्मिएकी अभियन्ता >> अखिल क्रान्तिकारीद्वारा बुटवल क्याम्पसमा छात्रा भेला >> नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन >> दाङ जिल्ला अदालतमा १८ महिना कटेका मुद्दा शुन्य >> आजको मौसम : देशका केही ठाउँमा भारी वर्षाको संभावना >> पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भेटियो भाइरस >> जलवायु परिवर्तनको जोखिममा सिमान्तकृत समुदाय >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> उच्च अदालतको ठहर– गौशाला–२६ बालिग नै हुन्, सन्दीपसँगका सबै घटनाक्रम सहमतिमै >> सडक बत्ती जडानमा अनियमितताको आरोप >> उपसभामुख रानालाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी >> महिला एसिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जित, यूएई ६ विकेटले पराजित >> उपसभामुख रानामगरले भनिन्- करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियो >> महिला एशिया कप: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य >> नाबालिका वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ >> माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित >> रगत अभाव रोक्न रक्तदान अभियान >> प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> महिला एसिया कप : यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने >> राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई शुभकामनासहित बिदाई >> संसद भवनको निर्माण ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफल >> सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत >> त्रिशुलीमा हाम फालेर ट्रकका सहचालक बेपत्ता >> ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन-युक्रेनी राष्ट्रपति जेलेन्स्की >> मौद्रिक नीति सार्बजनिक आज नहुने >> सिंहदरबारमा खादा र मालाको लर्को छोडेर उद्धार तथा राहतमा ध्यानदिन सरकारसँग कांग्रेस नेता महरको आग्रह >> नवलपुरमा कोरा साइक्लिङ >> क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स >> बुटवल ईजलासमा आठ वर्षयताकै उच्च फैसला >> रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु >> आज देशैभर भारी वर्षाको चेतावनी >> विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै >> नगरसभा नहुँदा बजेटविहीन लमही >> वडाध्यक्षले पढाउँछन् निःशुल्क ट्युसन कक्षा >> पाल्पाका सहरी क्षेत्रका बालबालिकामा कुपोषण बढि >> शिक्षकमाथिको भेदभाव रोकिने कहिले ? >> जग्गामा महिला स्वामित्व बढ्दै >> राहदानीबाट ६ करोड राजस्व >> शान्ति नमुना माविको व्यवहारिक सीप कार्यक्रमः विद्यार्थीलाई ‘गड्यौला पैँचो’ >> एसीसी महिला टी–२० एसिया कप क्रिकेट: नेपालले युएईको सामना गर्दै

मकैमा फौजी किराको प्रकोप

२ असार २०८१, आईतवार
२ असार २०८१, आईतवार

पाल्पा, २ असार । मकैमा फौजी किराको प्रकोप बढ्न थालेपछि पाल्पाका किसान चिन्तित भएका छन् । भर्खर गोड्ने बेला हुँदै गरेको मकैमा किरा लागेपछि किसानलाई समस्या भएको छ । जिल्लाको तिनाउ, बगनासकाली, रम्भा, पूर्वखोला रिब्दीकोट लगायतका स्थानीय तहमा फौजी किराको प्रकोप बढेको छ ।

फौजी किराको प्रकोप देखिएपछि भर्खरै उम्रेका साना मकैको गुभामा गई मकैको स्वीइराहरू खाने र हुर्केका मकैको बोट किराले सखाप पारेको किसानले बताएका छन् । जिल्लाका अधिकांश स्थानमा लगाएको मकैबालीमा फौजी किराको प्रकोप देखा परेकोले यो वर्ष मकै उत्पादनमा ह्रास आउने देखिएको छ । बगनासकाली गाउँपालिका –१ चिलाङ्दीका नारायण रानाले घर नजिकैको बारीमा मकै खेती गरेका छन् । तर उनलाई यस बर्ष अनिकालले सताउने हो कि भन्ने चिन्ता लाग्न थालेको छ । मकै खेती गरेको जमिनमा अमेरिका फौजी किराको प्रकोप बढेपछि उनलाई चिन्ता थपिएको हो । रानाले ‘हाम्रो तिर विगतका वर्षमा यस्तो प्रकोप थिएन, गत बर्ष खडेरीले मकै भएन अहिले फौजी किराले सखाप पार्ला जस्तो छ ।’ उनको जस्तै सोही ठाउँकी सीता न्यौपानेको पनि उस्तै छ । ‘रोग नलाग्दा खान पुग्थ्यो । यहीबाट नुन तेल समेत खरिद गर्दथ्यौँ । रोग लागेपछि के खाने कसो गर्ने भन्ने भएको छ’ न्यौपानेले भनिन् ‘यसलाई कसरी निर्मूल गर्न सकिन्छ ? हामीलाई उपचारको खाँचो छ ।’ बारीमा लगाएको सबै मकै फौजी किराले खाइदिएको उनले गुनासो गरिन् । गत वर्ष पनि मकैबालीमा फौजी किराको प्रकोप देखिएपछि कृषि ज्ञान केन्द्रबाट विषादी उपलब्ध गराएको थियो । तर यसवर्ष औषधि नपाएको उनको गुनासो छ ।

जेठ १५ गतेदेखि पाल्पामा छिरेको फौजी किराले जिल्लाको तिनाउ, बगनासकाली, रम्भा, पूर्वखोला रिब्दीकोट लगायतका स्थानीय तहमा किसानले लगाएको मकैमा क्षति गर्न थालेपछि किसानहरू चिन्तित बनेका छन् । पाल्पाको मुख्य खाद्यान्न बालीका रूपमा रहेको मकैमा फौजी किराको प्रकोप बढेको कृषि ज्ञान केन्द्रका कृषि प्रसारण अधिकृत सुरत पालले बताए । उनले बजेट अभावले अहिले प्रकोप नियन्त्रणका योजना बनाउन नसकिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?