ट्रेंडिंग:

>> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना >> सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन >> बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु >> बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति >> चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार >> बुटवल कोरा २०२४ को तयारी पुरा >> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न

‘हरेक ५० जना बालबालिकामा एकजनालाई अटिजम’

तिलोत्तमामा शिक्षक,स्वास्थ्यकर्मी र अभिभावकलाई सचेतना
३२ जेष्ठ २०८१, शुक्रबार
३२ जेष्ठ २०८१, शुक्रबार

तिलोत्तमा,३२ जेठ । तिलोत्तमा नगरपालिकाको सामाजिक विकास समितिले अटिजम सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापक, नगरभित्रका स्वास्थ्य संस्थाका कर्मचारी र अटिजमको समस्या भएका बालबालिकाका अभिभावकलाई अटिजमबारे जानकारी गराउन कार्यक्रम गरिएको हो । स्नायुमा हुने गम्भीर खराबीका कारण बालबालिकामा अटिजमको समस्या देखिने र यो जन्मजात समस्या हो । सो अवसरमा बोल्दै नगरपालिकाका सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीले अटिजमको समस्या भएका बालबालिकाको क्षमता विकास, सम्मानपुर्वक बांच्न पाउने अधिकार सुनिश्चित गर्न पहिलोपटक वजेटमै उल्लेख गरेर यो कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा अटिजम रोग विशेषज्ञ डा। जस्मिनले स्नायुमा हुने गम्भीर खराबीका कारण बालबालिकामा अटिजमको समस्या देखिने र यो जन्मजात समस्या भएको बताइन् । यो समस्याले बालबालिकामा बौद्धिक र शारिरिक अपांगता हुन्छ । हरेक ५० जना बालबालिकामा एक जनालाई कुनै न कुनै प्रकारको अटिजमको समस्या हुने भन्दै डा. जस्मिनले माया,सद्भाव र प्रेमपुर्वक व्यवहारबाट उनीहरुलाई खुशी बनाउन सकिने बताइन् ।

अटिजम भएका बालबालिकामा पनि कुनै एक विशेष क्षमता हुने भएकाले त्यसलाई पहिचान गरी उनीहरुलाई प्रशिक्षण दिएमा आत्मनिर्भर बन्न सक्ने संभावना समेत हुने बताइन् । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले नगरभित्रका अटिजमको समस्या भएका बालबालिकाहरु भएका घर पत्ता लगाएर उनीहरुका पक्षमा काम गर्ने र उनीहरुलाई अपहेलित हुन नदिन शिक्षक,अभिभावक र स्वास्थ्यकर्मीलाई यस्ता कार्यक्रम निरन्तरता दिइने बताए । कार्यक्रममा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले स्पीच थेरापी, फिजियो थेरापी आदि उपचार विधिबाट अटिजमको समस्या कम गर्न सकिने र उनीहरुलाई परिवारका अभिभावक र समाजको माया र सद्भाव महत्वपूर्ण हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?