ट्रेंडिंग:

>> सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन >> बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु >> बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति >> चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार >> बुटवल कोरा २०२४ को तयारी पुरा >> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ >> नेप्सेमा हरियाली, ७० अंकले बढ्यो

नेपालको शिक्षा नीतिमै अलमल : नैतिकता र संस्कारको खडेरी

३२ जेष्ठ २०८१, शुक्रबार
३२ जेष्ठ २०८१, शुक्रबार

वास्तवमा कुनैपनि देशको सर्वाङ्गीण विकासका लागि शिक्षा अपरिहार्य, अनिवार्य र आवश्यक पर्ने कुरा हो । त्यो शिक्षाभित्र संस्कार, संस्कृति अनि नैतिकताका सन्दर्भहरु अन्तर्निहित हुनु अत्यन्तै आवश्यक पनि छ । जनचेतनाको सवालमा होस् वा राष्ट्र विकासमा योगदान पुर्याउने सवालमा होस् शिक्षाको भूमिका महत्वपूर्ण हुन्छ । शिक्षा के हो ? हामीलाई कस्तो शिक्षा आवश्यक पर्दछ ? गुणस्तरीय शिक्षा के हो ? भन्ने सवालमा छलफल, वहस गरी गहन अध्ययनबाट शिक्षाको विकास गर्नु वर्तमान समयको माग पनि बन्दै गएको छ ।

शिक्षाको ऐतिहासिक विकासक्रमलाई हेर्दा प्राचीन समयमा ठुलो रुखका फेदमा वसेर, ऋषिमुनिका कुटी तथा आश्रममा बसेर प्राप्त गर्ने गुरुकुल प्रणालीको शिक्षादेखि वर्तमान समयको आफ्नै घरको सुबिधाजन्य कोठामा बसेर आधुनिक विज्ञान तथा प्रविधिको प्रयोग गरी दिइने शिक्षामा आमुल परिवर्तन भएको छ । नेपालजस्तो विकासोन्मुख देशमा लागु गरिएको हालको शिक्षा प्रणालीलाई आत्मसाथ गरी धेरै भन्दा धेरै शैक्षिक उपलब्धि तथा गुणस्तरीय शिक्षा हासिल गर्नका लागि प्राप्त स्रोतसाधन, नीतिगत प्रणालीको सही कार्यान्वयन, दक्ष, सक्षम क्षमतावान जनशक्तिको समुचित परिचालनमा विशेष जोड दिनु पर्ने देखिन्छ ।

वास्तवमा कुनैपनि देशले निर्माण गरेको शैक्षिक नीतिलाई कार्यान्वयन गरी निर्धारित शैक्षिक उपलब्धि प्राप्त गर्नु गुणस्तरीय शिक्षा हो । गुणस्तरीय शिक्षा आर्जन गर्दै लगनशील, परिश्रमी विद्यार्थीहरु, कर्तव्यनिष्ट, इमान्दार तथा वफादार शिक्षक, आफ्नो कर्तव्यमा जिम्मेवार रहने जिम्मेवार अभिभावक, कुशल, चलाख तथा कौशल र निपुर्ण अभिभावक, कुशल व्यवस्थापक, सचेत समुदाय, निश्वार्थ भावनावाट प्रेरित नेतृत्व, हस्तक्षेपमुखी शिक्षण संस्था, निष्पक्ष निकाय एवम् स्थिर कारणमुलक वर्तमान समय एवम् सन्दर्भलाई राम्रोसँग स्थान दिएर आफ्ना कर्तव्यहरु पूरा गर्दै शैक्षिक गतिविधिलाई अगाडि बढाउँदै स्वावलम्बी नागरिक बनाउन तयार पारिएको सक्षम नीति नै गुणस्तरीय शिक्षाको परिचायक हो । गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक, विद्यार्थीको त्रिकोणात्मक सह– सम्वन्धको भूमिकामा विशेष जोड दिनु पर्दछ । यस्ता त्रिपक्षीय आधारबाट नै गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ ।

वास्तवमा परम्परागत युगमा शिक्षा विशिष्ट जस्तो थियो । किनभने यसलाई पूर्वीय दर्शनले अगाडि परिकल्पना गरी वर्तमान समयको व्याख्या गरिसकेको इतिहास छ । शिक्षा प्राप्त गर्ने सवालमा रंगिन पानाका चित्रहरु, कितावी कोरा ज्ञानले मात्र व्यक्तिको व्यवहारमा परिवर्तन आउँदैन वा नीतिगत कितावी ज्ञानको निर्णयले मात्रै हुँदैन । वर्तमानमा व्यावहारिक, वैज्ञानिक, आधुनिक, व्यावसायिक, रोजगारमूलक, प्राविधिक, जीवनोपयोगी शिक्षा नै आजको आवश्यकतासमेत हो । नेपालजस्तो विकासोन्मुख आर्थिक अवस्था, धर्म, भाषा, संस्कृति, रीतिरिवाज, परम्पराको विविधता रहेको सन्दर्भमा त्यसै अनुकूलको शिक्षा नीति अपरिहार्य देखिन्छ ।

जहाँ नैतिकता प्रबल देखिनु पर्ने हो त्यस ठाउँमा नैतिकताको नै अभाव खड्किएको जस्तो देखिन्छ । विद्यालयलाई शिक्षाको मन्दिर भनिन्छ तर त्यही मन्दिर भित्र गैर जिम्मेबार, कमिसन, भ्रष्टाचार, ढिलासुस्ती, कामचोर प्रवृत्ति, अराजकता, नातावाद कृपावाद, पार्टीवाद, परिवारवाद, व्यक्तिवाद, जातीवाद र अतिवाद समेतको अखडा बनाइएको छ । यो अत्यन्त दुखद् हो । छोराछोरीको भविष्य उज्वल बनाउनु नै आजका आमाबाबुको पहिलो सपना हो । यो प्राप्तिका लागि उनीहरूले धेरै कठिनभन्दा कठिन कामलाई पनि सहर्ष स्वीकार गरेका हुन्छन् । हाम्रो वर्तमान शिक्षा प्रणालीले कारिन्दा भन्दा ठालु र बाबु–साहेव उत्पादन गरिरहेको छ । हाम्रोजस्तो विकासोन्मुख देशमा डिग्री पास गरेको भोलि पल्टैदेखि उसले आफ्नै खुट्टामा उभिएर काम गर्नसक्ने हुनुपर्ने हो । प्राविधिक–व्यावहारिक ज्ञानवाला शिक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ । यसप्रकारको शिक्षामा सीप र दक्षतालाई नै बढी जोड दिइएको हुन्छ । तर हाम्रो शिक्षाले सामाजिक संस्कार, त्यसको मर्म र भावनासँग मेल खाएको देखिदैन । पारिवारिक, सामाजिक, सांस्कृतिक मूल्य–मान्यतासहितको नैतिक शिक्षा दिन आवश्यक ठानिएको छैन । व्यक्तिको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनका लागि तथाकथित ठूलो होइन । असल, कर्तव्यनिष्ठ र इमान्दार व्यक्ति हुनु आवश्यक छ ।

आजको मान्छे नैतिकताबाट टाढिंदै गएको छ । व्यभिचार, छल, कपट, चोरी डकैतीमा मानिस बढी रमाउन थालेको छ । मानिसले नैतिकता भन्ने कुरा नै भुलेको छ । कुनै पनि सभ्य नागरिकको पहिचान भनेको नैतिकता भनेर स्वीकार गरिए तापनि आज त्यही नैतिकता विहीन अवस्थामा मानव समुदाय पुग्न लागेको होकी भन्ने चिन्ता व्याप्त छ । त्यसैले पनि नैतिक शिक्षा आजको आवश्यकता जस्तै भएको छ । नैतिक शिक्षा प्राप्त गर्ने मुख्य थलो विद्यालय र घरपरिवार हो । वास्तवमा नैतिक शिक्षा लिनु जीवनको तेस्रो नेत्र खोल्नुजस्तै हो । शिक्षा कोक्रोबाट सुरु भएर चितामा अन्त्य हुन्छ त्यसैले नैतिक ज्ञानले सुमार्गमा डो¥याउँछ । मान्छेलाई लोभ, अहङ्कार, खिचातानी जस्ता अनेकन दलदले हिलोमा पनि स्वच्छ कमल झैँ शोभायमान हुन सिकाउँछ । युग बदलिन्छ, आवश्यकता बदलिन्छ, समाजको आकांक्षाा बदलिन्छ तर मानिसका लागि सुखको आवश्यकता र खुसीको चाहना कहिल्यै बदलिँदैन । यसर्थ आजका पुस्तामा नैतिकताको बिजारोपण गरिनु अति आवश्यक छ । त्यो बीजमा घामपानी, माटो, गोडमेल अनि उचित स्याहारको खाँचो छ । भोलिको भविष्यको बागडोर सुम्पने युवा पुस्तामा नैतिकताको सन्देश हस्तान्तरण गरिनु निकै चुनौतीपूर्ण देखिए पनि आवश्यक छ ।

‘नीति र इक’ मिलेर बनेको नैतिक शब्दसँग मितेरी गाँस्न पुगेको पवित्र ‘शिक्षा’ शब्दभित्र जीवनको जादु छ । आदर्श भावनाको एक अपरिमेय ज्ञानपुञ्ज पुष्पित छ । यही पुष्पगुच्छाभित्र मानिसले खोजेको सुख पनि त छ । गङ्गा झैँ पावन पवनले हृदयको कल्मष धुने खुबी राखेजस्तै पवित्र हुन्छ– नैतिक शिक्षा । मानिसलाई मानिसकै स्वरूपमा बाँच्न सिकाउने आधार । जीवन र जगतको व्यावहारिक सार्थकता पढाउने अनि समृद्धिका सोपानमा चढाउने भ¥याङ पनि हो नैतिक शिक्षा । श्रवणकुमारका कथा किन प्रिय हुन्छन्, बुद्धका सन्देश किन मननीय हुन्छन्, सीताको आदर्श र रामको कथामा किन व्यक्तिस्वार्थ तुच्छ हुन्छ किनकि त्यहाँ नैतिकता छ । ’असतोमा सत् गमय’को भाव छ । ’तमसोमा ज्योतिर्गमय’को चिन्तन छ । जीवन र जगतको सान्दर्भिकताभित्र मानवताको सुन्दर उपवन त्यहाँ मग्मगाउँदो अनि हर्हराउँदो हुनुपर्छ ।

जहाँ नैतिकता प्रबल देखिनु पर्ने हो त्यस ठाउँमा नैतिकताको नै अभाव खड्किएको जस्तो देखिन्छ । विद्यालयलाई शिक्षाको मन्दिर भनिन्छ तर त्यही मन्दिर भित्र गैर जिम्मेबार, कमिसन, भ्रष्टाचार, ढिलासुस्ती, कामचोर प्रवृत्ति, अराजकता, नातावाद कृपावाद, पार्टीबाद, परिवारवाद, व्यक्तिवाद, जातीवाद र अतिवाद समेतको अखडा बनाइएको छ । यो अत्यन्त दुखद् हो । छोराछोरीको भविष्य उज्वल बनाउनु नै आजका आमाबाबुको पहिलो सपना हो । यो प्राप्तिका लागि उनीहरूले धेरै कठिनभन्दा कठिन कामलाई पनि सहर्ष स्वीकार गरेका हुन्छन् । हाम्रो वर्तमान शिक्षाप्रणालीले कारिन्दा भन्दा ठालु र बाबु–साहेव उत्पादन गरिरहेको छ । हाम्रोजस्तो विकासोन्मुख देशमा डिग्री पास गरेको भोलि पल्टैदेखि उसले आफ्नै खुट्टामा उभिएर काम गर्नसक्ने हुनुपर्ने हो । प्राविधिक–व्यावहारिक ज्ञानवाला शिक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ । यसप्रकारको शिक्षामा सीप र दक्षतालाई नै बढी जोड दिइएको हुन्छ । तर हाम्रो शिक्षाले सामाजिक संस्कार, त्यसको मर्म र भावनासँग मेल खाएको देखिदैन । पारिवारिक, सामाजिक, सांस्कृतिक मूल्य–मान्यतासहितको नैतिक शिक्षा दिन आवश्यक ठानिएको छैन । व्यक्तिको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनका लागि तथाकथित ठूलो होइन । असल, कर्तव्यनिष्ठ र इमान्दार व्यक्ति हुनु आवश्यक छ । तर आजको हाम्रो शिक्षाले त्यो गरेको देखिदैन । पहिले पहिले शिक्षामा व्यक्तिको नैतिक मूल्य–मान्यता, इमान्दारिता, सहिष्णुता र कर्तव्यजस्ता विषयलाई प्राथमिकतामा राखिन्थ्यो । यसर्थ पहिलेका बहुसंख्यक मानिस तेजिला, कर्तव्यपरायण, नैतिकवान र इमान्दार हुने गर्दथे । तर आजको शिक्षा प्रणालीको परिवार, समाज र राष्ट्रप्रतिको कर्तव्यमा जोड्नेतर्फ ध्यान गएको देखिँदैन । नैतिक शिक्षाको अभावकै कारण देशमा अहिले गुण्डागर्दी, तोडफोड, प्राकृतिक सम्पदाहरूको अवैज्ञानिक दोहन र संस्थागत भ्रष्टाचार फस्टाउँदै आएको छ । नैतिक शिक्षा कमजोर भएको अवस्थामा स्वच्छ परिवार, स्वच्छ समाज र स्वच्छ देशको परिकल्पना नै गर्न सकिँदैन । तसर्थ सभ्य, सु–संस्कृत र समृद्ध समाज र देश निर्माणका लागि नैतिक शिक्षामा जोड दिनु आजको आवश्यकता हो । आधुनिकताका नाममा प्राचीन तथा पुराना शिक्षा पद्धतिलाई बिर्सिंदा शैक्षिक उपलब्धि धेरैजस्तो देखिए तापनि गुणात्मक रूपमा त्यो उपलब्धिले खासै महत्व नराख्ने निश्चित छ ।

वर्तमान शिक्षाले विद्यार्थीहरुमा आध्यात्मिक चेतना प्रवाह गर्न सकेको देखिदैन । आध्यात्मिक चेतना प्रवाह गर्न नसकेकै कारण तथा भौतिक सुखसुबिधालाई सर्वस्व मान्न लगाइएका कारण पछिल्लो पुस्ताका युवाहरुमा विदेशमोह बढ्दै गएको देखिन्छ । कोही पनि युवा स्वदेशमा बसेर यहीँको माटोलाई सिंगार्ने सोच नराख्नु, आफ्नो भाषा, धर्म, संस्कार, संस्कृतिको माया गर्नुको साटो अपवाख्या गर्ने प्रवृत्तिले देशको राष्ट्रियता, स्वाधीनता नै खतरापूर्ण अवस्थामा पुगेको छ ।

अतः शिक्षालाई नैतिक, संस्कारयुक्त र मानव मूल्य, मान्यतालाई प्रवर्द्धन गर्न सकिने गरी विकास गरिनु आवश्यक छ । यसको लागि संघ, प्रदेश तथा स्थानीय तह सवैको ध्यान जानु आवश्यक छ । जसले यान्त्रिकीकरण हँुदै गरेको नेपाली समाजलाई थोरै भएपनि मानवमूल्ययुक्त, नैतिक र संस्कारयुक्त बनाई राख्न सहयोग पुग्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?