ट्रेंडिंग:

>> अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना >> सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन >> बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु >> बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति >> चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार >> बुटवल कोरा २०२४ को तयारी पुरा >> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी
शिक्षामा नयां अभ्यास :

खेल र खेती सिकाउन एकै ठाउंमा स्टेडियम, टनेल र स्वीमिङ पुल 

३१ जेष्ठ २०८१, बिहीबार
३१ जेष्ठ २०८१, बिहीबार

बुटवल, ३१ जेठ ।    गेटबाट प्रवेश गर्नेवित्तिकै हरियो दुबोले ढाकेको मैदान सहित आकर्षक गार्डेन र छेवैमा स्वीमिङ पुल छ तर तारे होटेल वा रिसोर्ट हैन । अलि पर तरकारी खेती गर्ने हाइटेक टनेल छ । तर कृषि फार्म हैन । अलि पश्चिम पुग्दा फुटबल र क्रिकेट मैदान सहित प्याराफिट छ । तर सार्वजनिक रंगशाला हैन । थरिथरिका आकर्षक पुर्वाधार र रमणीय दृश्य देखेपछि एकछिन धेरै मानिस आखिरमा यो के हो भनेर अलमल पर्छन् ।
यो हो रुपन्देहीको एक निजी विद्यालयले शिक्षा क्षेत्रमा थालनी गरेको नौलो अभ्यास । शहरी क्षेत्रका सबैजसो निजी विद्यालयहरुको मापदण्ड अनुसारको आफ्नै खेल मैदान र अन्य सिकाई पुर्वाधार नभएको परिप्रेक्ष्यमा तिलोत्तमाको बुटवल पब्लिक स्कूलले दुई बिघा क्षेत्रफलमा १५ करोड बढी लगानीमा आफ्नै स्टेडियम, स्वीमिङ पुल, टनेल र हरियालीयुक्त उद्यान बनाएको हो । साथै खाद्यान्न बालीको खेती कसरी गरिन्छ भन्ने विद्यार्थीलाई सिकाउन खेत पनि लिजमा लिएको छ । २०५९ सालमा स्थापना भएको यो स्कूलले यो शैक्षिक सत्रदेखि विद्यालय भवन भन्दा १५ किलोमिटर टाढा तिलोत्तमा ११ बेलडांडामा २ बिघा जग्गा खरिद गरेर रिसर्च एण्ड स्पोर्टस् सेन्टरका पुर्वाधार बनाएको हो ।

पढाईमा व्यस्त हुनुपर्दा विद्यार्थीलाई शारीरिक ब्यायाम कम हुने र आफ्नै खेल मैदान नहुदा खेल प्रतियोगिता र अभ्यास गराउन पनि कठीन भएपछि एउटै मैदानमा क्रिकेट र फुटबल खेल्न मिल्ने स्टेडियम सहित स्वीमिङ पुल र हाइटेक टनेल बनाएर विद्यार्थीलाई व्यवहारमार्फत सिकाउन थालेको विद्यालयका अध्यक्ष हेमलाल शर्मा भुसालले बताए ।
‘विकसित मुलुकमा विद्यालयको अनुमति लिन खेल मैदान,स्वीमिङ पुल र कृषिसंग सम्बन्धित संरचना अनिवार्य भएको हुनुपर्छ,त्यसैलाई अनुशरण गर्दै संभवतः नेपालमै पहिलोपटक एकैथलोमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्टेडियम र अन्य संरचना बनाएका हौं’–भुसालले भने– ‘निजी विद्यालयहरु नाफा मात्र कमाउने तर विद्यार्थीलाई गुणस्तरीय सिकाई सुविधा नदिने भन्ने आम धारणा छ, यसलाई गलत सावित गर्न र विद्यार्थीको सर्वाङगीण विकासमा आवश्यक पुर्वाधारमा लगानी गर्नुपर्छ भन्ने उदाहरण देखाउन रिसर्च एण्ड स्पोर्टस् सेन्टरका पुर्वाधार बनाएका हौं ।’

बढ्दो शहरीकरणका कारण खेतबारी देख्न नपाउने अहिलेको पुस्ताका विद्यार्थीलाई दैनिक उपभोगमा आउने खाद्यान्न देखि आलु,प्याज र तरकारी कसरी उत्पादन हुन्छ भन्ने समेत जानकारी नहुने अवस्था भएकाले उनीहरुलाई प्राक्टिकल्ली खेती गराएर ज्ञान दिन हाइटेक टनेल बनाएको र लिजमा लिएको खेतमा धान,गहुं मकै, दाल खेती कसरी हुन्छ भन्ने सिकाइने भुसालले बताए ।
स्वीमिङ पुलमा विद्यालयका सबै विद्यार्थीलाई पालैपालो हरेक हप्ता पौडी प्रतिस्पर्धा पनि गराइरहेको र आगामी वर्षदेखि हरेक वर्ष पौडी प्रतियोगिता गर्ने योजना रहेको उनले बताए ।

शहरको कोलाहल र विद्यालयको बन्द कोठा भन्दा बाहिर आकर्षक हरियालीयुक्त फराकिलो उद्यान (बगैंचा) मा घुमिफिर, विभिन्न खेलकुद अभ्यास र पौडी खेल्न पाउंदा विद्यार्थीलाई पढाईप्रति थप जांगर र उत्साह थपिएको संस्थापक प्रिन्सिपल मीरा शर्माले बताइन् ।
व्यववहारमार्फत सिकाईले विद्यार्थीको पठनपाठनमा सकारात्मक प्रभाव पार्ने विद्यालयको विश्वास छ । अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले बुटवल पब्लिक स्कुलको यो अभ्यास अरु निजी तथा सरकारी विद्यालयले पनि अनुशरण गर्नसके देशकै शिक्षाको गुणस्तर माथि उठाउन टेवा मिल्ने बताए ।

पत्रकार समेत रहेका एक अभिभावकले नाम नलेख्न आग्रह गर्दै विद्यालयको नयां खेल पुर्वाधारले बालबालिकालाई खेल प्रतिभा प्रष्फुटन संगै शारीरिक तन्दुरुस्ती बनाउन र कृषिप्रधान भनिएको मुलुकका विद्यार्थीलाई कृषि सम्बन्धी व्यवहारिक ज्ञान दिलाउने भएकाले बालबालिका खुशी र सन्तुष्ट भएको बताए ।
स्टेडियम, स्वीमिङ पुल र टनेलमा अभ्यास गर्दा विद्यार्थीलाई हाल कुनै अतिरिक्त शुल्क नलिइएको प्राचार्य भुसालले बताए । कक्षा १२ सम्म पढाई हुने यो विद्यालयमा १२ सय विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?