ट्रेंडिंग:

>> लुम्बिनी प्रदेश : अल्पमतका मुख्यमन्त्रीको राजीनामा गर्न आलटाल >> अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना >> सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन >> बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु >> बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति >> चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार >> बुटवल कोरा २०२४ को तयारी पुरा >> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा

नेपाली क्रिकेटले बढाएको गौरव

३१ जेष्ठ २०८१, बिहीबार
३१ जेष्ठ २०८१, बिहीबार

अहिले अमेरिका र वेष्टइण्डिजमा एकसाथ टी–२० विश्वकप भैरहेको छ । नेपालले समेत टी–२० विश्वकपमा सहभागिता जनाउने अवसर पाएको छ । नेपालले टी– २० विश्वकपमा भाग लिन पाउनु नेपालको गौरव हो । नेपालको खेल क्षेत्रमा राज्यको लगानी शून्य प्रायः भएपनि नेपालको क्रिकेटले भने फड्को मार्दै गएको छ । नेपाली खेलाडीहरूले नेपालको शान र मान दुवै राखेका छन । नेपालले क्रिकेटमा राम्रो प्रगति गरेको छ । क्रिकेट खेल र खेलाडीका लागि सरकारको प्रोत्साहन हुने हो भने एक दिन नेपालले क्रिकेटमा विश्व किर्तिमान कायम गर्न सक्छ भन्ने कुरा अहिलेको खेलले पुष्टी गरेको छ । तर, बिडम्वना नै भन्नुपर्दछ– नेपालमा खेलको विकासमा राज्यको न्यून लगानी छ । अहिलेपनि खेल क्षेत्रलाई सौताको व्यवहार गरिएको छ । विभिन्न दलहरूले आफ्ना घोषणापत्रमा खेल क्षेत्रलाई प्राथमिकतामा राखे पनि सत्ता आफ्नो हातमा आउँदा खेल क्षेत्रको प्रतिवद्धता बिर्सने काम भएको छ । भाषणमा ठूला कुरा गर्ने तर खेल विकासका लागि सिन्को पनि नभाँच्ने सरकारी रवैया हामी सवैले बुझेको बिषय हो । जेहोस विश्व क्रिकेटमा पूर्वाधारविना पनि खेलाडीहरूले गरेको मेहनतलाई भने सबैले उच्च प्रशंसा गरेका छन् । अभावै अभावको बीचमा पनि खेलाडीहरूले नेपालको शिर उच्च राख्ने काम गर्नु राष्ट्रकै लागि गौरवको विषय बनेको छ । राज्यले नेपाली क्रिकेटमा लगानी गर्ने हो भने एसिया कप मात्र होइन विश्व कप नै खेल्न सक्ने ल्याकत राख्छन् भन्ने कुरा टी–२० विश्वकपले पुष्टी गरेको छ । भाषण गरेजस्तै नेताहरूले खेल क्षेत्रमा लगानी गरिदिए नेपालले अझै धेरै गर्न सक्ने देखिन्छ । नेपालले टी – २० विश्वकपमा भारत, पाकिस्तान, श्रीलंका, अष्ट्रेलिया जस्ता उत्कृष्ट टोलीसँग खेल्न पाउनु नेपालका लागि शौभाग्य हो । यसले नेपालको पहिचान बढाउन मद्दत गरेको छ । खेलको विकासका लागि राज्यले गर्ने लगानीमा ध्यान दिन सके क्रिकेट मात्र होइन फुटबल, तेक्वान्दो, करातेजस्ता खेलले पनि नेपाललाई विश्वमा चिनाउन मद्दत पुग्ने थियो । विश्वका न्यून आय भएका मुलुकले समेत खेल क्षेत्रमा मनग्य लगानी गरेर विश्वमा आफ्नो पहिचान बढाउन सफल भएका उदाहरण धेरै छन् । नेपालले पनि खेल क्षेत्रको विकासका लागि नाममात्रको बजेट होइन उल्लेख्य मात्रामा बजेट विनियोजन गर्न सके नेपाली खेल क्षेत्रले ठूलो उपलब्धि हासिल गर्ने कुरामा अव शंका गरिरहनु परोइन् ।

नेपालको खेलकुदले व्यावसायिक रूपमा सफलता पाउन अझैपनि सकिरहेको छैन । तिनवटै तहका सरकारले खेल क्षेत्रको विकासमा खासै ध्यान दिएका छैनन् । अर्को बिडम्वना के छ भने नेपालमा भएका खेल पूर्वाधारसमेत उचित संरक्षणको अभावमा दयनीय अवस्थामा पुगेका छन । अहिले खेलाडी उत्पादन, खेल मैदानको पूर्वाधार निर्माण, खेलाडी प्रोत्साहन र खेल प्रतियोगिता आयोजनामा धेरै कमी भएको छ । नयाँ खेलाडी उत्पादन र प्रोत्साहनको खाँचो छ । खेल प्रतियोगिता सञ्चालनमा राज्यको भन्दा नीजि क्षेत्र धेरै अगाडि देखिएको छ । क्लवहरूले खेलकुदको गौरब धानिरहेका छन । नेपालमा पर्याप्त अवसर नहुँदा खेलाडीहरू विदेश पलायन हुन बाध्य भैरहेका छन । तसर्थ अव सरकारले नेपालको खेल क्षेत्रको विकास गर्ने हो भने खेलसंगै खेलाडीलाई प्रोत्साहनको खाँचो छ । यसतर्फ नेपाल सरकारको ध्यान जानु जरुरी छ । पछिल्लोसमय नेपालको क्रिकेट र फुटवलले अन्तर्राष्ट्रिय स्तरमै नेपालको साख जोगाउने प्रयास गरेको छ । अवको दिनमा खेलाडीलाई प्रोत्साहन गर्नेतर्फ जोड दिनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?