ट्रेंडिंग:

>> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना >> सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन >> बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु >> बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति >> चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार >> बुटवल कोरा २०२४ को तयारी पुरा >> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न

विश्व बालश्रम बिरुद्धको दिवस

३० जेष्ठ २०८१, बुधबार
३० जेष्ठ २०८१, बुधबार

‘बालश्रम अन्त्य गर्ने प्रतिवद्धता गरौं’ भन्ने नाराका साथ विश्व बालश्रमविरुद्धको दिवस आज मनाईदैछ । नेपालमा यो दिवस मनाउँदै गर्दा १६ बर्ष उमेर पूरा नभएका बालबालिकाहरू श्रम गर्न बाध्य छन । बालबालिकाहरू अनेकौं शारीरिक तथा मानसिक शोषणको शिकार भैरहेका छन । सिमान्तकृत बालबालिकाहरू पढाईको अवसरबाट बञ्चित छन । बाल श्रम शोषणको श्रृंखला बर्षौदेखि यसैगरी चलिआएको छ । बालश्रम नियन्त्रणको कुरा कानुनमा उल्लेख गरिएपनि ब्यवहारमा शोषणको पहाड छ । त्यो जुनकुनै बाल श्रम होस, श्रमभित्र शोषण छ । निश्चितरुरूपमा शारीरिक वा मानसिक तवरले परिपक्व मान्छेले गर्ने काम श्रम हो तर बालबालिकाहरू सकि नसकि श्रममा जोतिन बाध्य छन । उनीहरूलाई हेर्ने दृष्टिकोण समेत सकारात्मक बन्न सकेको छैन । उमेर नपुगी बालश्रममा लगाउनेहरूले समेत बालबालिकालाई शोषण गरिरहेका छन । भर्खरै मात्र काठमाण्डौंमा शान्ति सुरक्षा, अमनचयन र कानुन कार्यान्वयन गर्ने जिम्मेवारीमा रहेका प्रहरी निरिक्षकले नै घरमा राखेकी बालिकामाथि शारीरिक शोषण गरेको घटना बाहिर आएको छ । यस्ता धेरै घटना छन, जसले बालबालिकाहरू अहिलेपनि अनेक प्रकारको भेदभाव, दुव्र्यवहारको शिकार भएका छन ।

नेपाल सरकारले १६ बर्ष नपुगी कोही कसैलाई पनि कुनैपनि प्रकारको काम वा श्रममा लगाउन नपाउने कानुन वनाएको छ तर व्यवहारमा त्यसको ठाडै उल्लंघन भैरहेको छ । बाल श्रम शोषणका घटनाका कारण प्रताडित बालबालिकाहरूको बेदना हरेक दिन सञ्चार माध्यमबाट सार्वजनिक भैरहेको छ । बाल श्रमविरुद्धको विश्व दिवसको उद्देश्यपनि बाल श्रमको विश्वव्यापी विस्तार र यसको नियन्त्रणमा आवश्यक कार्य र प्रयासहरूमा ध्यान केन्द्रित गर्नु हो । तसर्थ बालश्रम शोषण अन्त्यमा सम्बद्ध सवै पक्षको ध्यान जाओस् । खासगरि इटाभट्टामा बालश्रमको कहालीलाग्दो अवस्था हामी सवैले देखेको हो । पछिल्लोसमय इटाभट्टालाई बालश्रम मुक्त घोषणा गरिएको छ । इटाभट्टालाई बालश्रम मुक्त घोषणा गरिएपनि औद्योगिक क्षेत्रमा बालश्रमको अवस्था चिन्ताजनक रहेको छ । बेलाबखत सार्वजनिक हुने विभिन्न रिपोर्टहरूले औद्योगिक प्रतिष्ठानहरूमा बालश्रमको अवस्था बिकराल रहेको देखाएका छन । निश्चितरूपमा औद्योगिक प्रतिष्ठानमामात्रै होइन, घरेलु कामदारको रूपमा अझैपनि उमेर नपुगेका बालबालिकालाई घरको काममा राख्ने गरेको देखिएको छ । घर बनाउने काममा पनि उनीहरूको श्रम शोषण भैरहेको छ । त्यसैगरी कृषिका क्षेत्रमा पनि उमेर नपुगेका बाल श्रमिकहरूको प्रयोग भैरहेको छ । अवको दिनमा बालश्रम अन्त्यका लागि सरकार, रोजगारदाता र श्रमिक संठनहरूले ऐक्यबद्धता प्रकट गर्नुपर्दछ । प्रतिवद्धता कार्यान्वयन गरेरमात्रै होइन, देखिनेगरी लागू हुनु जरुरी छ । यो बर्षको नाराले पनि बालश्रम अन्त्य गर्ने प्रतिवद्धता गर्न आह्वान गरेको छ । दिवसले भनेजस्तै नेपालबाट मात्रै होइन, विश्वबाटै बालश्रम अन्त्यको लागि अव पहल गर्न ढिलाई गर्नु हुँदैन । त्यसका लागि फेरीपनि बालश्रम नियन्त्रणको लागि सवैले ऐक्यबद्धता प्रदर्शन गर्नु जरुरी छ । कहालीलाग्दो बालश्रम न्यूनिकरणको सवाललाई अझै पेचिलो बनाउनेतर्फ पनि अव पहल आवश्यक छ । त्यसका लागि फेरीपनि सरकार, रोजगारदाता, नागरिक समाज, श्रमसंग सम्वन्धित संगठनहरूले गंभीर चासो दिनु जरुरी छ । बालश्रम मुक्त भनेर हुँदैन तर न्यूनिकरण गर्न सकिन्छ । गहिरो बनेर बसेको यो समस्या समाधानमा संयुक्त राष्ट्रसंघले समेत पहल गर्दै आएको छ । अवको दिनमा यो समस्याको चासो र चिन्ता दिवसको दिनमा मात्रै होइन, अरू दिनमा पनि गर्न सकियो भनेमात्र समस्या न्यूनिकरणमा हुन्छ । तसर्थ बाल श्रमको समस्या समाधानका लागि आजैदेखि आ– आफ्नो क्षेत्रबाट पहल गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?