ट्रेंडिंग:

>> अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना >> सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन >> बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु >> बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति >> चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार >> बुटवल कोरा २०२४ को तयारी पुरा >> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी

सन्दर्भः बालश्रम विरुद्धको विश्व दिवस

३० जेष्ठ २०८१, बुधबार
३० जेष्ठ २०८१, बुधबार

मानिसहरू आमाको गर्भबाट धर्तीमा अवतरण गरेपश्चात बयस्क नहुँदासम्म बालबालिकाहरूको रूपमा रहेका हुन्छन् । यो मानवीय विकासको महत्वपूर्ण समय हो । आजका बालबालिकाहरू कस्ता छन्, भोलीको समाज त्यस्तै बन्ने हो । बालबालिकाहरूलाई कहिलेबाट कामकाजमा लगाउने, काममा पनि आयआर्जन हुने काममा लगाउने वा लाग्ने कुरा बाल श्रमसँग जोडिएको हुन्छ । विश्वव्यापीरूपमा बालबालिका भन्नाले सामान्यतया जन्मदेखि १८ बर्षसम्मको उमेरका बालबालिकाहरूलाई बुझिन्छ । बयस्क नभएसम्म बालबालिकाहरूलाई श्रमिकको रूपमा काममा लगाउनु हुँदैन भनिएको छ । तर विश्वमा नै बालश्रमिकको अवस्था भयावह रूपमा रहेको छ । यो वा त्यो नाममा बालबालिकाहरूलाई श्रममा लगाउने प्रचलन कायम रहेको छ । सहरमा पढाइदिने लोभमा कति बालबालिकाहरूलाई अर्काका बालबालिका बृद्धवृद्धाहरूको स्याहार सुसार गर्न काममा लगाएको देखिन्छ । गाउँगाउँमा भने आमाबावुले आफ्नै दैनन्दिन आवश्यकता परिपूर्तीको लागि आफ्नै बालबालिकाहरूलाई काममा लगाएको अवस्था छ । ठूला मान्छेहरू स–साना काममा जान दुःख लागेर साना बालबालिकाहरूलाई काममा पठाउने गरेको देखिन्छ । खासगरी इटाभट्टा, कवाड संकलन, सडक तथा हाटबवार व्यापार, होटल, समाज सेन्टर लगायतका ठाउँमा र घरायसी सरसफाइको काममा बालबालिकाहरूलाई श्रमिकको रूपमा काममा लगाउने चलन व्यापक रहेको छ ।

नेपालमा १६ वर्षको उमेरमा नेपाली नागरिकताको प्रामाणपत्र प्रदान गरिन्छ । नागरिकता प्राप्त गरिसके पश्चात उसलाई बयस्क मानिन्छ । निर्वाचन आयोगले १८ वर्षको उमेर पूरा गरिसकेपछिमात्र मतदानको अधिकार प्रदान गरेको छ । लोकसेवा आयोग, शिक्षक सेवा आयोग र अन्य यस्तै औपचारिक क्षेत्रमा रोजगारी प्रदान गर्ने सेवा प्रदायकले पनि १८ वर्षको उमेर पूरा गरेपछि मात्र औपचारिक श्रम बजारमा प्रवेश गर्न पाउने व्यवस्था गरेका छन् । यसै आधारबाट भन्न सकिन्छ औपचारिक श्रमिक हुन पाउने उमेर हद १८ वर्ष हो ।

बाल श्रम निषेध र नियमित गर्ने एन २०५६ ले कसैले पनि चौध वर्ष उमेर पूरा नगरेका बालकलाई श्रमिकको रूपमा काममा लगाउनु हुँदैन भनेको छ । कुनै प्रतिष्ठानले बालकलाई काममा लगाउनु परेमा सम्बन्धित श्रमिकको बाबु आमा वा श्रमिमको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । श्रममा लगाउनु परेमा काम गर्ने समय बालकलाई काममा लगाउँदा दिनमा छ घण्टा र एक सप्ताहमा छत्तिस घण्टा भन्दा बढी काममा लगाउनु हुँदैन भनेको छ । बालश्रम विरुद्धको अन्तराष्ट्रिय श्रम संगठनको महासन्धी र आइ.एल.ओ.का सबै मुलभूत महासन्धीको विश्वव्यापी अनुमोदनले बालश्रम उन्मूलनका लागि प्रभावकारी प्रगतिको सुनिश्चितता गर्नु पर्दछ भनेको छ । यसले बालश्रम विरुद्ध विश्वव्यापी अभियान निर्माण गर्ने कार्य गरेको छ । आइ.एल.ओ.को न्यूनतम उमेर सम्बन्धी महासन्धी १९७३ अनुसार सदस्य राष्ट्रले कुनैपनि व्यक्तिको रोजगारीमा संलग्न हुन पाउने न्यूनतम उमेर अनिवार्य शिक्षा समाप्त गर्ने उमेर भन्दा कम हुन नहुने गरी कानुनमा निर्दिष्ट गर्नुपर्ने छ र सो उमेर कुनैपनि अवस्थामा १ वर्ष भन्दा कम हुनु हुँदैन । तर अर्थतन्त्र र शैक्षिक सुविधा प्रयाप्त रूपमा विकास भइनसकेको सदस्य राष्ट्रले निश्चित सर्त पालना गरेरमात्र रोजगारीमा संलग्न हुन पाउने न्यूनतम उमेर १४ वर्ष तोक्न सक्नेछन् ।

निकृष्ट प्रकारको बालश्रम विरुद्ध आइ.एल.ओ. महासन्धी १९९९ को १८२ नं. ले निकृष्ट प्रकारका बालश्रमलाई प्रतिबन्धित गर्ने सुनिश्चितताका लागि तत्कालिन र प्रभावारी उपायलाई अत्यन्त जरुरी विषयको रूपमा अपनाउन आव्हान गरेको छ । निकृष्ट प्रकारका बालश्रममा सबै किसिमका दासत्व वा दासत्व समान व्यवहारका सबै स्वरूपहरू जस्तै बालबालिका ओसारपसार र बेचविखन ऋण बधुवा र बाँधा प्रथा साथै सशस्त्र द्वन्द्वमा प्रयोगका लागि बालबालिकाको बालजफ्ती वा अनिवार्य भर्ना लगायत बलपूर्वक लगाइएको वा अनिवार्य श्रम पर्दछ ।
वेश्यावृत्ति, अश्लिल चित्र प्रदर्शना लागि बालबालिकाको प्रयोग वा किनवेच, गैर कानुनी कृयाकलाप खासगरी सम्बन्धित अन्तराष्ट्रिय सन्धिहरूमा परिभाषा गरिए बमोजिमका लागुऔषधहरूको दुरूपयोग र ओसारपसारका निम्ति बालबालिकाहरूलाई प्रयोगगर्ने विषयसँग सम्बन्धित सवाल, राष्ट्रिय अख्तियार प्राप्त अधिकारीहरूले निर्णय गर्ने त्यस्तो कुनै पनि काम जसको प्रकृति वा सो काम गर्ने वातावरणका कारणले गर्दा बालबालिकाको स्वास्थ्य, सुरक्षा र नैतिकतामा दखल पर्ने संभावना रहन्छ । तर बास्तविक अवस्था त्यो भन्दा फरक छ । आमाबाबुको आर्थिक अवस्था कमजोर भएको कारणले बालबालिकाहरू श्रम शोषणमा परिरहेका छन् । कोभिडको कारण र विश्वव्यापि रूपमा आएको आर्थिक मन्दीले बाबुआमाको कामबाट निस्कासन वा अवकाश पश्चात दैनन्दिन क्रियाकलापमा बालबालिकाहरू श्रमिकको रूपमा प्रयोग भएको देखिन्छ । औपचारिक श्रमिकको रूपमा बालबालिकाहरू प्रयोग भएका छैनन् तर अनौपचारिक श्रमिकको रूपमा बालबालिकाहरू प्रयोग भइरहेका छन् । बजारी क्षेत्रमा घरायसी कामदारको रूपमा बालबालिकाहरू प्रयोग भइरहेका छन् । बालबालिकाको स्याहार गर्ने, गाउँका बालबालिकाहरूलाई सहरमा पढाइदिने, गाडीमा सहयोगीको रूपमा राख्ने, होटलहरूमा सरसफाइ कर्मचारीको रूपमा राख्ने जस्ता चलनले बालबालिकाहरू श्रम शोषणमा परिरहेका छन् ।

बाल अधिकारले बालबालिकाहरू जुनसुकै ठाउँमा जन्मेर हुर्के पनि उनीहरूको आधारभूत आवश्यकता माया, ममता, संरक्षण, स्वस्थ वातावरण, उचित पोषण, शिक्षा र विकासका अवसर पाउने कुराको वकालत गर्दछ । तर बालश्रममा परेका बालबालिकाहरू यस्ता नैसर्गिक अधिकारबाट बञ्चित भएका छन् । बालश्रममा परेका बालबालिकाहरूले बाल्यावस्थामा पाउनुपर्ने उचित वातावरण, स्याहार सम्मान, सहभागिताको कमीले भविष्यमा क्षमतावान मानव स्रोत बन्नबाट पछाडी परेका छन्  । अहिलेका बालबालिकाहरू राम्रा भएमा भोलिको समाज समुन्नत र समृद्ध हुनेछ । आफ्ना भावी सन्ततिको उज्वल भविष्यको निम्ति अभिभावक तथा राष्ट्रले विशेष जिम्मेवारी लिऊन् भन्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले बाल अधिकारसम्बन्धी महासन्धि पारित गरेको छ । यो सन्धि सन १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित गरिएको थियो । बालबालिकाको अधिकारका निम्ति पारित यो सन्धि राज्य राज्यहरूबीचको एक साझा कानुन हो । त्यसैले यो राज्य तथा अभिभावकले बुझ्नु महत्वपूर्ण हो ।

यस महासन्धिलाई नेपालले १४ सेप्टेम्बर १९९० मा निःशर्त अनुमोदन गरिसकेको छ । नेपालमापनि यस महासन्धिलाई अनुमोदन गरेपछि बालबालिका ऐन २०४८ लागू गरियो भने सो ऐनलाई संसोधन गरेर २०७५ मा बालबालिका सम्बन्धी ऐन लागू गरिएको छ । यो ऐन बाल अधिकार महासन्धि अन्तर्गत रहेको छ ।
र अन्यमा,

शारीरिक वा मानसिक तवरले परिपक्क मान्छेले गर्ने काम श्रम हो भने बालबालिकाले अपरिपक्क उमेरमा गर्ने शारीरिक वा मानसिक काम बाल श्रम हो । यसमा जुनसुकै प्रकारको रोजगारयुक्त काम जहाँ बालबालिकाको बाल्यकालमा प्रत्यक्ष असर पुग्दछ । स्कुल जान अवरोध पुग्दछ । मानसिक, सामाजिक र शारीरिक रूपमा बालबालिकाहरूलाई असर पु¥याउने नियमित कामहरूमा बालबालिका संलग्न हुन्छन् वा गराइन्छ भने त्यसलाई बालश्रम भनिन्छ । यसले भोलिको समाजलाई असर गर्दछ । बालबालिकाको लागि आवश्यक शिक्षा तथा उसको प्राकृतिक विकासको अवसरबाट बञ्चित गराउँदछ ।

बाल श्रमविरुद्धको विश्व दिवसको उद्देश्य बालश्रमको विश्वव्यापी विस्तार र यसलाई हटाउनका लागि आवश्यक कार्य र प्रयासहरूमा ध्यान केन्द्रित गर्नु हो । प्रत्येक वर्ष १२ जुनमा यो दिवस मनाउने गरिन्छ । विगतका वर्षहरूमा जस्तै यसले सरकार, रोजगारदाता र श्रमिक संगठनहरू, नागरिक समाजका साथै विश्वभरका करोडौँ मानिसहरूलाई बाल श्रमिकहरूको दर्दनाक अवस्था, यसले भविष्यमा पार्ने असर, उनीहरूलाई मद्दत गर्न के गर्न सकिन्छ भनेर यो दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले सन् २००२ देखि यो दिवस मनाउन थालेको हो । यस वर्षको नारा बाल श्रम अन्त्यको लागि सँगसँगै प्रतिवद्धता गरौँ भन्ने रहेको छ । यस नाराले भन्न खोजेको कुरा व्यवहारमा उतार्न सकियोस । कहिँ कतै बाल श्रमिकहरू देख्न नपरोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?