ट्रेंडिंग:

>> आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना >> सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन >> बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु >> बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति >> चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार >> बुटवल कोरा २०२४ को तयारी पुरा >> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

रोल्पाका सबै स्थानीयतह पूर्ण खोप सुनिश्चित

३० जेष्ठ २०८१, बुधबार
३० जेष्ठ २०८१, बुधबार

रोल्पा, ३० जेठ । रोल्पाका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएका छन् । एक नगरपालिका सहित दश स्थानीय तह रहेको रोल्पाका सवै पालिकाहरू पूर्ण खोप सुनिश्चित पालिका घोषित भएका हुन । पालिकास्तरीय खोप समन्वय समितिहरूको आयोजनामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ ।

जिल्लाका दश वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख विशाल सुवेदीले बताए । जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएका छौं, सुवेदीले भने । अब निकट भविष्यमा नै रोल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्छौ कार्यालय प्रमुख सुवेदीले भने । त्यसका लागि २७ जेठमा बसेको जिल्लास्तरीय खोप समन्वय समितिको बैठकले प्रदेशस्तरीय खोप समन्वय समितिलाई अनुगमन गर्न आग्रह गर्नेल निर्णय गरेको थियो । अनुगमन पश्चात मापदण्ड पूरा भएको सुनिश्चित हुने वित्तिकै रोल्पा जिल्लालाई असार पहिलो हप्ता पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दैछौं कार्यालय प्रमुख सुवेदीले भने ।
रोल्पा जिल्लाका दश स्थानीय तहमध्ये सबैभन्दा पहिला गत जेठ २ गते सुनिलस्मृति गाउँपालिका र अन्तिममा जेठ २५ गते गंगादेव गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका थिए । जेठ ३ गते त्रिवेणी गाउँपालिका, जेठ ७ गते रोल्पा नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो । यस्तै जेठ १३ गते लुङ्ग्री गाउँपालिका , जेठ १७ गते माडी गाउँपालिका, जेठ १८ गते सुनछहरी गाउँपालिका, जेठ १० गते परिवर्तन गाउँपालिका, जेठ २२ गते रुन्टिगढी गाउँपालिका, जेठ २४ गते थबाङ गाउँपालिका र जेठ २५ गते गंगादेव गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा भएको स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ ।

स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न नेपाल सरकारले तयार गरेको राष्ट्रिय खोप तालिकाअनुसार बालबालिकाले विभिन्न १३ प्रकारका खोप निःशुल्क लगाउनुपर्छ । शुन्य देखी ५९ वर्षका सवै वालवालिको यी खोप लगाएको सुनिश्चितता भए पश्चात मात्रै पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?