ट्रेंडिंग:

>> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना >> सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन >> बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु >> बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति >> चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार >> बुटवल कोरा २०२४ को तयारी पुरा >> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न

लायन्सका अध्यक्षहरुलाई अभिमुखीकरण प्रदान

१७ जेष्ठ २०८१, बिहीबार
१७ जेष्ठ २०८१, बिहीबार

बुटवल, १७ जेठ ।

लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला परिषद ३२५ पी नेपालको आयोजनामा लायन्स बर्ष २०२४÷०२५ का लागि निर्वाचित अध्यक्षहरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातीप्राप्त ब्यक्तित्वले एक बर्ष सम्म लायन्स क्लवले गर्ने रणनीतिहरु, सामाजिक क्रियाकलाप, दायित्वको विषयमा बिभिन्न तालिम र मोटीभेशनल प्रशिक्षण प्रदान गरिएको थियो । बर्ष २०२३÷०२४ का गभर्नर अर्जुनमान संैजुले लायन्सवादको विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ एच का निवर्तमान गभर्नर दिनेश कुमार श्रेष्ठले एल.सी.आइ.एफ.बारेमा जानकारी गराएका थिए । कार्यक्रममा ३२५ आइ का वर्तमान गभर्नर चन्द्र कुमार केसी ले कसरी सफल र नमुना अध्यक्ष बन्न सकिन्छ भनेर उत्प्रेरणात्मक प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा इलेक्ट डिष्ट्रिक गर्भनर पुरुषोत्तमभक्त प्रधानाङ्गले ग्लोबल कष्ट अन्तर्गत डाईबेटिज, ईन्भाईरमेन्ट, हंगर, भिजन, चाईलहुड क्यान्सर, युथ, ह्युमेट्रिन फोर्स, डिजाष्टर रिलिफ लगायतका विषयलाई प्रथमिकतामा राखेर यो बर्ष काम गर्ने बताउँदै सोही प्रकृतिको प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा सामाजिक उद्यमशिलता सम्बन्धी मुकुन्द ज्ञवालीले प्रशिक्षण प्रदान गरेका थिए भने असल मिटिङ्ग कसरी सञ्चालन गर्ने र सफल बन्ने भन्ने बिषयमा राजिव गौतमले प्रशिक्षण दिए । सदस्यता किन आवश्यक छ भनेर एम.एल. पाण्डेले, सचिवालयमा कसरी समन्वयात्मक रहेर काम गर्ने भनेर प्रथम इलेक्ट गभर्नर बालाराम भट्टराईले, लायन्स कोड अफ कम्डक्ट र लायनिज्म मा दोश्रो इलेक्ट गभर्नर सन्दीप कसौधनले प्रशिक्षण दिएका थिए ।

यसैविच, कपिलवस्तुको चन्द्रौटामा तीन दिने डिष्ट्रिक क्याविनेट अफिसरहरुको लागि प्रशिक्षमा समेत प्रदान गरिएको छ । कार्यक्रममा लायन्स ईन्टरनेशनल डाईरेक्टर बालकृष्ण बुर्लाकोटीले प्रशिक्षण दिएका थिए । यस्तै रमण भट्राई, खगेन्द्र सिटौला, चन्द्र कुमार केसी, अर्जुनमान सैजु, सन्दीप कसौधन लगायतले प्रशिक्षण दिएका थिए ।

इलेक्ट डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले सफलता संभव छ भन्ने मुल नाराको विषयमा प्रशिक्षण दिएका थिए । सोही कार्यक्रममा लायन्सको लोगो अनवारण समेत गरिएको थियो । बर्ष २०२४÷०२५ का कोषाध्यक्ष प्रकाश कुमार श्रेस्ठले सहभागी सबैलाई धन्यवाद दिएका थिए । कार्यकालको शुरुवात देखि नै स्कुलिङ कार्यक्रमलाई फरक तरिकाले अगाडी बढाइएको सचिव माधव खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?