ट्रेंडिंग:

>> किन गरिन्छ पितृहरुको लागि श्राद्ध कर्म ? >> एमाले बागमति अध्यक्षमा कैलाश र सचिवमा नवराज विजयी >> थानकोटबाट झर्दै गर्दा >> परीक्षामा कम नम्बर ल्याएको भन्दै निर्घात कुटपिट >> ‘उडान तालिकामा’ रेसुङ्गा विमानस्थल >> ‘आर्थिक मन्दी’ मा उद्योगीका ‘हिम्मत’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ह्वील चियर वितरण >> राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता >> दाङमा मुटुका बिरामीको छैन तथ्याङ्क >> बुटवल उद्योग बाणिज्य संघको नेतृत्वका लागि अर्यालको प्यानल घोषणा >> बुटवलको समृद्धिको लागि औधोगिक क्षेत्र विकासको फड्को मार्ने थलो >> तिलोत्तमा–१३ को जनता माविमा निःशुल्क औद्योगिक प्रशिक्षण तालिम हुने >> एमाले कर्णाली अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक >> अभिनेता अनमोल केसी पक्राउ >> सल्यानमा जीप दुर्घटना, १५ जना घाइते >> बजार अनुगमनमा तीव्रता (फोटो फिचर) >> आयोग प्रभावकारी भए मात्र संसद र सरकार प्रभावकारी >> डाक्टर कुट्नेलाई कारवाही गर्न निर्देशन >> राजेश स्मृतिको विजयी शुरुवात >> मृगौला रोगीलाई ११ हजार रुपैया आर्थिक सहयोग >> एमाले बागमतीको मतदान फेरि एक बजे सर्‍यो >>  राष्ट्रिय फुटबल टोलीका विमल अस्ट्रेलिया पलायन >> एमाले बागमती अध्यक्ष चुन्न आज मतदान >> रविको चेतावनी : २०८४ को चुनावमा पुराना दल वा रास्वपा मध्ये एउटाको राजनीति सकिन्छ >> प्रधानमन्त्री प्रचण्ड पाण्डा प्रजनन केन्द्र हेर्न छेन्दुमा,भोलि नेपाल फर्कने >> आज विश्व मुटु दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै >> एमाले कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै >> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी
सम्पादकीय

रक्षक नै भक्षक भएपछि (सम्पादकीय)

२ भाद्र २०७५, शनिबार ०८:१४
२ भाद्र २०७५, शनिबार ०८:१४

नेपालीमा एउटा भनाइ छः रक्षक नै भक्षक । रक्षा गर्ने जिम्मेवारी लिएको मानिसलाई रक्षक भनिन्छ । रक्षा गर्ने जिम्मेवारी लिएबापत सरकारले उनीहरूलाई तलब दिन्छ । लत्ता कपडा दिन्छ । बाह्र महिना काम गरेबापत तेह्र महिनाको तलब पाउँछ । बिदा सुविधा पाएको हुन्छ । उसको सुरक्षा वापत जीवन बिमा, दुर्घटना बिमा, औषधोपचार, सञ्चयकोष र सेवानिबृत्त भएपछि परिवारको समेत भरणपोषण हुने गरी पेन्सनको ब्यवस्था गरिएको हुन्छ । यो सबै जनताले कर तिरेको पैसाबाट सरकारले दिने हो । तर, त्यहि रक्षक नै भक्षक भएर चोरी गर्छ, घुस खान्छ भने त्यसलाई के ठान्ने ? नवलपरासीमा यस्तै देखियो । नवलपरासीको सुनवलबाट चोरी भएको एउटा स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला प¥यो । बा १५ च २१०४ नं को गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नं.२६ गण बेलासपुरमा कार्यरत वरिष्ठ हवल्दार ठाकुरप्रसाद चौधरीको निवास बर्दघाट नगरपालिका–५ पालडाँडामा फेला प¥यो । अब त्यस्तो मानिसलाई कुन आडमा रक्षक मान्ने ? गाडी चोरीको आरोपमा चौधरीसहित रूपन्देही सैनामैना नगरपालिका–३ का दिलिप बोहोरा र बुटवल उपमहानगरपालिका–१३ बेलवासकी जानकी बराल पनि पक्राउ परेका छन् । गाडी चोरी भएपछि सुनवल इलाका प्रहरी कार्यालयका प्रहरी जवान गुमानसिंह कुमाललाई ग्राहक बनाएर पुरानो गाडी किन्नु छ भन्दै पठाएको अवस्थामा उनले सो गाडी फेला पारेका थिए । अहिले तीनैजनालाई हिरासतमा राखिएको छ ।
एक हप्तासम्म गाडी बिक्री नभएपछि चोरीका मुख्य नाइके चौधरीले गाडीको नम्बर निकालेर भारतीय नक्कली बिलबुकसमेत बनाउन भ्याए । बिआर २२ एन ०९८८ नं को नक्कली स्कारपियोको भारतीय बिलबुक बनाएका उनीहरूले एक दुई दिनमा भारत लगेर बिक्री गर्ने तयारी गरेको समेत अनुसन्धानमा खुलेको छ । संलग्न तीनैलाई चोरी मुद्दामा कारबाही अघि बढाइएकोे छ । चोरी गर्नेहरू त पक्रिए । तर, प्रबृत्ति जस्ताको तस्तै छ । हिँजो कसैले यस्ता काम गर्थे । आज उनीहरूले गरे । भोलि त्यसरी नै अर्को कुनै निस्कन्छ । यो सिलसिला दोहोरिइरहन्छ । किनभने यस्तो चोरी प्रबृत्तिलाई पुलिस संगठनले संरक्षण गरेको छ । सेनाले पनि संरक्षण गरेकै छ । यहाँको राजनीतिले संरक्षण गरेको छ । प्रशासन यन्त्रले संरक्षण गरेको छ । समष्टीमा भन्नुपर्दा सिष्टमले संरक्षण गरेको छ । प्रहरीको काम, कर्तब्य, अधिकार सबै कुरा उनीहरूको आचारसंहितामा लेखिएको हुन्छ । भर्तीहुँदा सपथ ग्रहण गर्नुपर्छ कर्तब्य पालना गर्नेछु भनेर । खोई कहाँ गयो त्यो सपथ ? तिनै सपथ खाएकाहरूबाट कसैका गाडी चोरेर नम्बर प्लेट बदलेर बेच्ने हिम्मत कसको आडमा हुन पुग्यो ?
पौराणिक कालमा कसैले चोरी गरेको प्रमाणित भयो भने हात काटिदिने चलन थियो । ताकि तिनी हातले भोलिका दिनमा कसैको कुनै बस्तु चोरी नगरोस् । झूटो बोलेमा जिब्रो थुतिदिने गरिन्थ्यो । ताकि त्यो मुखले कुरा झुठो नबोलोस् । बलात्कारीको जनेन्द्रिय काटिदिने चलन थियो । ताकि भोलिका दिनमा उसबाट कोही बलात्कृत हुनु नपरोस् । समाजमा सुधार ल्याउनको लागि त्यसले राम्रो भूमिका निभाएको थियो । मलाई यस्तो दण्ड हुन सक्छ भनेर मानिसले दण्डसँग डराएर आफूलाई सुधार्थे । तर, अहिले ती कानुन छैनन् । जो चोर छ त्यसैको गलामा धेरै किलो फूलबाट उनीएको हार पर्छ । बलात्कारीलाई कारबाही गर्नेभन्दा जोगाउनेहरूको ठूलो ताँती लाग्छ । कारबाही गर्नेहरू फिका पर्छन् । यहाँ चोरसँग ठूला नेता, कर्मचारीहरूको नजिकको साइनो गाँसिएको हुन्छ । किनभने चोरेकोे पैसाबाट हिस्सा दिन्छ । चौधरी, बोहोरा र बराल पनि भोलि निस्कलंकित बनाइन सक्छन् । कुन पार्टीका कुन नेताका कार्यकर्ता हुन् उनीहरूले सुन पानी छरेर चोखाइदिन्छन् । त्यसैले यो प्रबृत्ति मौलाउँदै गएको छ । चोरहरू निडर बन्दै जानुको पछाडि संगठनकै कमजोरी हो । सिष्टममा भएको खोट हो । यसलाई कसले सुधार्ने ? प्रश्न यो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?